कविताः प्रचण्ड- माधव एकताः टेक बहादुर थापा

कोही जुटे जस्तो देखियो
कोही फुटे जस्तो देखियो
कोही पोइला आए जस्तो देखियो
कोही सौता पसे जस्तो देखियो
कोही भितृएको जस्तो देखियो
कोही बाहिरिएको जस्तो देखियो
कोही खुशीले पुल्किएको जस्तो देखियो
कोही घमण्डले सन्किएको जस्तो देखियो
कोही ईर्याले जले जस्तो देखियो
कोही निराशाले मरे जस्त्तो देखियो

कविः टेक बहाटुर थापा


तर,प्रचण्डको लागी यो एकता
साच्चिकै एकता जस्तो देखियो
किनकि,यो एकता प्रचण्डलाई
फेरी अध्यक्ष बनाउनलाई जस्तो देखियो |
प्रचण्ड- माधव एकतामा
वामदेवको पनि चुरिफुरी देखियो
माधव नेपाल गमक्क परेको देखियो
साइलो किराती युद्ध जितेर फर्किएको सेना जस्तो देखियो
सुदन किरातिका लागी यो एकता
वन साङ्लाले घर साङ्लालाई लखेटे जस्तो देखियो
तर, यो एकता प्रचण्डलाई फेरी सुपृमो बनाउनलाई जस्तो देखियो |
प्रचण्ड- माधव एकताले
भेडा- भेडा तिर बाख्रा – बाख्रा तिर बनायो
झालनाथलाई बिजोग बनायो
रामकुमारीलाई एमाले मै पुर्यायो
नाराणकाजिको खिसृक्क अनुहार बनायो
जनार्दन शर्मालाई विचलित बनायो
रामकार्किको बाटो हरायो
यो एकताले एउटालाई भित्र्यायो,अर्कोलाई हटायो |
आफु सँग मिल्नेलाई क्रान्तिकारी ठान्दियो
आफुसँग जोरी खोज्नेलाई अवसरवादी भन्दियो
कहिले क्रान्तिको कुरा गर्‍यो
कहिले भ्रान्तिको कुरा गर्‍यो
कहिले मार्क्सवादमा माओवाद हाल्दियो
कहिले त्यही माओवाद पार्टीबाट फाल्दियो
अहिले त यो एकाताले अचम्मै पार्दियो
कोही भन्छन, दक्षिणकाले,कोही भन्छन अदृष्य शक्त्तिले
खै कल्ले हो कल्ले माधव- प्रचण्डलाई एकै ठाउमा पो ल्याइदियो|

Leave a Reply

Your email address will not be published. Required fields are marked *