साहित्य महासंघ युके दक्षिण शाखाद्धारा दुई स्रष्टा सम्मानित


बेलायत – गत ३० नोभेम्बर २०२५ का दिन विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) बेलायतको दक्षिण शाखाले आस्फोर्ड केन्टमा एक साहित्यिक कार्यक्रमको आयोजना गरी साहित्यकार सुनिल सङ्गम र गायक तथा सङ्गीतकार थिर थापालाई प्रशंसा–पत्र सहित सम्मान गरेको छ।

साहित्यकार संगमले भर्खर देवकोटा साहित्यिक पुरस्कार प्राप्त गरेको र गायक थापा भर्खरै मात्र नेपाली कलाकार प्रस्तोता समाज बेलायतको अध्यक्षमा चयन भएका हुन ।

गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष एव विश्व नेपाली साहित्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष साहित्यकार विश्वास दीप तिगेलाको बाहूलीबाट सम्मान हस्तान्तरण भएको थियो । प्रमुख अतिथि तिगेलाले स्रष्टाद्धयले हासिल गरेको उपलब्धिलाई आफ्नै परिवार भित्रको उपलब्धि सम्झिएको बताए ।

रात्रि भोज सहितको सिर्जना वाचन तथा स्रष्टा सम्मान कार्यक्रममा विश्वास दीप तिगेला, सर्व धन थुलुङ, दिपा लिम्बू, औतारी साइँला, गणेश पुन, थिर थापा, सुनिल सङ्गम, नरेश विक्रम नेम्वाङ, लाहाङ चेम्जोङ, ज्ञानु लिम्बू चरपे, देव लिम्बू लगायतले आ–आफ्ना रचनाहरू वाचन गरेको थिए।

विनेसाम दक्षिण शाखाका अध्यक्ष सर्व धन थुलुङको अध्यक्षतामा सम्पन्न उक्त सम्मान कार्यक्रमलाई सचिव लाहाङ चेम्जोङले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *