स्वयम्भू मन्दिरको प्रांगणमा किरातकालिन मुर्ती किराती राजा सिंघु हाङको मुर्ती
काठमाण्डौको स्वयम्भू मन्दिरको प्रांगणमा किरातकालिन मुर्ती किराती राजा सिंघु हाङको मुर्ती रहेको पत्ता लागेको छ ।
विद्वान संस्कृतविद तथा राजनीतिज्ञ डा. केशबमान शाक्यले अर्का संस्कृतिविद भोगीराज चाम्लिङलाई सो कुराको जानकारी दिदै गरेको भिडियो सार्वजानिक भएको हो । सो मूर्तिमा किरात राजाले पछाडी पट्टि धनुषकाँड बोक्ने थोक्रो दाहिने र देब्रे दुवै तिर बोकेको, शिरमा दालो लगाएको र छात्तिमा दोलाई माला रहेको, घाँटीमा वाछि लगाएको प्रष्ट देखिन्छ । किरात राजालाई नेवारले यक्ष र भैरब भन्ने, मान्ने गरेको पनि बताएका छन् । डा. शाक्यको अनुसार उनलाई भुवनलाल प्रधानले यो मूर्ति देखाएको र बताएको भनेका छन । डा. शाक्यको अनुसार किरात शासन थियो भन्ने जिबन्त प्रमाण यो मूर्ति रहेको बताए उनका अनुसार सुङ्ग वंशले किरातलाई विस्थापित गरेका थिए ।

यो देश नेपालको प्राचिन नाम नै किरात देश हो। नेपालको ईतिहास नै नेपालको सबैभन्दा प्राचिन मानव सभ्यता किरात सभ्यताको ईतिहासबाट सुरुवात हुनेगर्दछ। प्राचीन हिन्दु धर्मग्रन्थ ऋगवेद/महाभारत/पुराण/बौद्ध ग्रन्थ/जैनग्रन्थ/समृती, काव्य, कथा, प्रशस्ती र अभिलेखहरुमा किरातको ईतिहास उल्लेख रहेको पाईन्छ। मरुतन्त्र हिमवतखण्डको श्लोकअनुसार काश्मिरदेखी पुर्व,कामरुप देखी पश्चिम, भुटानदेखी मानसरोवरको दक्षिणपश्चिम सम्म, कैलाली नदिको किनार देखी सरयुनदिको किनारसम्म, मानसरोवरदेखी चीनसम्म, नागदेश देखी महाचानसम्मको भुभाग लाई किरात देश भनिन्थियो ।
मरुतन्त्र हिमवतखण्ड श्लोकः-किरातदेशोदेवेशी,विन्ध्ये शैले च तिष्ठति!काश्मिरन्तु समारभ्य कामरुपात्तु पश्चिम्मे,भोटान्तदेशोदेवेशी,मानसेशाच्च,दक्षिणे! मानसेशा पक्ष पुर्वे चीनदेशः प्रकीर्तित!कैलालीशं (तिर)समारभ्य सरयुयोनितः-परे! नगदेशे महेशानि महाचिनानीमिध्यो भवेत! नटेश्वर समारभ्य योनगिन्यन्तं महेश्वरी! भनेर किरात देशको वर्णन गरेको पाईन्छ। ऋगवेदमा नेपालको नाम उल्लेख भएको पाईन्दैन तर प्राचीन संस्कृत वाङमयमा नेपाल शब्दको पर्यायको रुपमा किरात शब्द यत्रत्यत्र रुपमा प्रयोग भएको पाईन्छ। महाभारतमा किरातहरुको शाषन रहेको नेपाल एक स्वतन्त्र देश रहेको नाम उल्लेख भएको पाईन्छ। प्राचीन संस्कृत वाङमयमा हिमवत प्रदेश,पाशुपत शेत्र,किन्नरदेश भनेर किरात देशको रुपमा उल्लेख गरेको पाईन्छ।
प्राचीन भारतीय उपमहाद्विप (Indian Sub Continent) मा विभिन्न कालखण्डमा विभिन्न राज्य/सभा/समिती/जनपद तथा महाजनपदहरु जस्ता स्वतन्त्र गणराज्यहरु हुनेगर्दथिए। प्राचीन भारतवर्षमा प्राचिनकाल वैदिककाल/उत्तरवैदिककाल छैटौँ शताब्दी ईसा पूर्वतिर लगभग मानिसहरु स-सानो कबिला समूहमा नदिको किनारमा स-सना राज्य निर्माण गरेर बस्दथिए। भारतवर्षमा प्राचिनकाल वैदिककाल/उत्तरवैदिककाल छैटौँ शताब्दी ईसा पूर्व देखी बुद्धकालको समयसम्ममा भारतको राजनीतिक इलाका,स्वतन्त्र राज्य/गणराज्य(साम्राज्य)हरु थिए,जसलाई (जनपद)भनिन्थियो।
प्राचीन भारतिय उपमहाद्धिपमा रहेका ती विभिन्न जनपदहरु मध्ये हिमालय फेदमा रहेको एक प्रमुख जनपदको नाम किरात हो,जसलाई आजको नेपाल देशको नामले परीचित छ।






