जन्तेढुङ्गाको रोमाञ्च –तेजप्रकाश श्रेष्ठ
खोटाङ बजार छोड्दै थियो ६ जेठ २०८३ को बिहानीको ठिक ४ बजे । प्रवीण पुमालाई चाहिँ आफ्नो पुख्र्यौली घरगाउँँ जन्तेढुङ्गा गाउँँपालिका देखाउन हतारो भैसकेको थियो । एक कुशल लेखक, प्रखर पत्रकार, नाट्यकर्मी, शैक्षिक प्रशासक, लोकवार्ताविद् र लोकवार्ता परिषद नेपालद्धारा आयोजित चौधाँै लोकवार्ता संगोष्ठीका केन्द्रीय संयोजक हाम्रा प्रिय मित्र प्रवीण पुमाको कुशल संयोजनमा लोकवार्ता परिषद नेपालद्धारा २०८३ जेठ १ गतेदेखि जेठ ६ गतेसम्म ओखलढुँगा र खोटाङ जिल्लामा आयोजित १४औ लोकवार्ता संगोष्ठी (परम्परागत ज्ञान सम्मेलन)–२०८३मा किरातभूमि ओखलढुङ्गा र खोटाङ जिल्लाका विभिन्न रमणीय गाउँबस्ती चाहार्दै लोकवार्ताको सम्वद्र्धनमा लाग्नपाएका छौँ, बुभ्mन पाएका छौँ । हामीले नाइनास्ती गर्ने कुरै भएन ।
बिहान ४ बजे झिसमिसेमै स्थानीय बसमा सवार भएर हामी सोझै जन्तेढुङ्गा गाउँँपालिकाको चिसापानी बजारमा उत्रियौँ । स्थानीय बस साँघुरो र कच्ची सडकमा पनि सुविस्तासाथ हुइँकिएको थियो कुनै डरत्रासबिना । बिहानको सात नबस्दै झिटीझाम्टा चिसापानी बजारकै पुमा होटलमा थन्काएर हामी सोझै जन्तेढुङ्गा अवलोकनका लागि खेदियौँ । बिहानीको कालो चिया खाने फुर्सद पनि नलिएर । पन्द्रबिस मिनेटको लम्काइपछि पुगियो गन्तव्य !
मुसुक्क हाँसेर स्वागत वर्सायो भ्mयाम्म परेका विशाल काफलका वृक्षहरूको सियाल ताप्दै गरेको जन्तेढुङ्गाले । जन्तेढुङ्गा गाउँँपालिको वडा ५मा पर्ने यस पवित्र भूमि सडक छेउँमै अग्लिएको पाखोमा ठुलै क्षेत्रफल ओगटेर पैmलिएको देखियो । पवित्र भूमिको सुन्दर अवयवले प्रफुल्लित तुल्यायो मेरो मन ! प्रकृतिप्रेमी मेरो आत्मा नै प्रज्वलित हुनपुग्यो ।
हामी उक्लियौँ जन्तेढुङ्गा । ठुलाठुला पत्थरको खातबाट निर्मित प्राकृतिक जन्तेढुङ्गा आकर्षक मात्र थिएन अद्भूत नै देखिन्थ्यो, झन्डै स्तूपजस्तो । हाम्रा अगुवा प्रवीण पुमाले पवित्र जन्तेढुङ्गालाई पुमा भाषामा दागमिलुङ वा रुजुम्लुङ पनि भनिन्छ भनेर चिनारी दिन भ्याए । हामीले जन्तेढुङ्गाको बुइँ चढ्दै आपूmलाई कैद ग¥यौँ मोबाइलमा ।
हाम्रो जिज्ञासा उम्लिँदै थियो, के हो जन्तेढुङ्गा ?
प्रवीण सरले जन्तेढुङ्गाको एउटा रोचक किंबदन्ती नै सुनाउन थाले । हामी मन्त्रमुग्ध भएर सुनिरह्यौँ । उनी भन्दै गए, परापूर्वकालमा यस क्षेत्रमा सारुक्लि नामका राजा थिए । उनकी फेङमा नाम गरेकी अति सुन्दरी छोरी थिइन् । उनी साहै्र हिसी परेकी र सिलस्वभावकी थिइन् । उनको बखान चारैतिर फैलिएको थियो । उनको विहाको उमेर पुगेपछि गोल्पाहाङले माग्न पठाए ।
सारुकलीहाङले छोरीको बिहे गोल्पाहाङसँग गर्ने निधो गरे । जन्तीसहित आउन खबर पठाए । फेङ्मासँग बिहे गर्न राजा गोल्पा दुलहा बनेर जन्तीको लावालस्कर लिएर आइपुगे । ढोल र भ्mयाम्टा बज्न थाल्यो । साकेला सिली हुन थाल्यो । भोजभत्तेरको बन्दोबस्त पनि भयो ।
अन्तमा फेङमाले बिहे गर्न अस्वीकार गरिन् । उनी बिहे नगर्ने निधोमा पुगिन् । जन्तीमा हाहाकार मच्चियो । गोल्पाहाङ खुब रिसाए । सारुक्लिहाङले छोरीलाई अनेकन कुरा सम्झाएर फकाउन थाले । तर बिहे नै नगर्ने जिद्दी लिइरहिन् । सारुक्लिहाङ पनि छोरीसँग खुब रिसाए । धेरै सम्झाए बुझाएपछि फेङमाले बिहेका लागि एउटा शर्त अघि सारिन् ।
उनले भनिन्, “म बिहे त गर्छु, तर मैले सिली टिपिरहँदा जसलाई म चिनो दिनपुग्छु, त्यसैसँग मात्र बिहे गर्छु ।”
सारुक्लिहाङले उनको शर्त माने । सारुक्लिहाङलाई विश्वास थियो छोरीले गोल्पाहाङलाई नै रोज्नेछिन् । किनकि दुलाहा बनेका गोल्पाहाङ सबैभन्दा राम्रा छन््, शक्तिशाली पनि छन् । गोल्पाहाङले पनि शर्त मन्जुर गरे । उनलाई पनि लाग्यो राजकुमारीले मलाई नै चिनो दिनेछिन् ।
दुलही बनेकी फेङमा दिनभरि र रातभरि रुँदै सिली टिपिरहिन् । बिलौना गरिरहिन् । अन्तमा उनले दुलाहालाई चिनो नदिएर अर्कै केटालाई दिइन् । त्यहाँ हाहाकार मच्चियो । गोल्पाहाङ रिसाएर झगडा नै गर्न थाले । घरगाउँँले र जन्तीपक्षमा ठुलै झगडा प¥यो । कैयौँ चुटिए पिटिए । अन्तमा दुलहा बन्ने गोल्पाहाङकै समूहले जितेर दुलही फेङमालाई बोकर हिँडे ।
जन्ती फर्किँदै गर्दा आकाश गर्जिन थाल्यो, भारी वर्षा भयो, हुरीबतास चल्यो । अन्ततः यही ठाउँमा आइपुग्दा सबै जन्ती अल्पिए र ढुङ्गामा परिणत भए । दुलाहाले दुलहीलाई घिच्याउँदै पूर्वतिर लागे । जाँदाजाँदा भोजपुरको एक भञ्ज्याङ भन्ने ठाउँको जङ्गलको बिचमा शरण लिनपुगे । त्यहाँ हाल पनि गोल्मा राजा गोल्मा रानी भनिने विशाल ढुङ्गाहरू छन् । भीरमा रहेकोले त्यहाँ जान सकिन्न रे । टाढाबाट हेर्दा कहिलेकहीँ सेतो लुगा सुकाएजस्तो देखिन्छ । रातको बेलामा आगो बल्ने र निभ्ने गरेको देखिन्छ रे ।
उनले अझ थपे, “जन्ती अल्पिएर ढुङ्गा भएकोले यस ठाउँलाई राईहरू दाग्मिलुङ वा रुजुम्लुङ भन्ने गर्छन् । यहीँ पुमाको उत्पत्ति स्थल हो भनिन्छ । धेरै पहिले यहाँ पुमाहरूको चुल्हो भएकाले नै दाब्देलुङ (चुलाढुङ्गा) भनिएको होला भन्ने अनुमान छ । दरवार पनि थियो भन्ने सुनेको हुँ । बाह्र पुस्ता अघिसम्म यहाँ हाम्रोे बसोबास थियो । पछि हामी तल पाथीभारा सरेका हौँ । अहिले पनि यो जग्गा हाम्रै नाममा दर्ता छ । त्यसैले पनि यस क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने प्रयासमा छौँ । गतः वर्ष महोत्सव पनि मनायौँ र सुम्निमा र पारुहाङको प्रतिमा पनि निर्माण गरिसकेका छौँ र अन्य संरचनाको निमाण गरी यसको धार्मिक पर्यटनको रूपमा महत्व बढाउने प्रयासमा छौँ ।”
आहा ! कति सकारात्मक सोच ! गाउँँपालिकाकै नाम यस पवित्र स्थलको नामबाट रहनुले पनि यसको महत्व चुलिएको छ । जन्तेढुङ्गाको विशाल क्षेत्र ढुङ्गाले घेरिँदै रहेछ । सिरानतिर रहेको पारुहाङ र सुम्निमाको नवनिर्र्मित प्रतिमाको दर्शन गरेर नजिकैको चियापसलमा चियाको तलतल मेट्दै खानाको लागि बजारतिर लाग्यौँ ।
आशा थियो प्रवीण सरकी आमाको दर्शन पाउने । उहाँ यतै हुनुहुन्छ भन्ने सुइँको पाएका पनि हौँ । तर तल वेँसीको घरमा हुनुभएकोले सम्भावना रहेन ।
सुनेको हुँ, जन्तेढुङ्गा गाउँँपालिकाकै डम्बर्सुस्थित चण्डीथानमा साकेला पूजा हुन्छ । किरात राईका लागि साकेला थानको महत्व उच्च छ । सोही समय यहाँबाट तीन घण्टा दूरीको भोजपुरको आम्चोक गाउँँपालिका वडा ४ को बालङ्खामा साकेला वा साकेन्वा मेला लाग्नेगर्दछ । त्यसैले भोजपुरको बालङ्खा पुग्न नसके पनि यसै गाउँँपालिकाकै ४ नं वडाको डम्बर्सुस्थित पवित्र साकेला थान नै पुग्न पाए पनि हुने थियो भन्ने लागेथ्यो, तर परिस्थितिले रहर रहरमै बिलायोे । नत्र माझ किरातको बहुप्रचलित साकेला सिलीको महिमा अझै बुभ्mन पाउने थिएँ ।
जे होस्, दिउँसो गाउँँपालिकोको सभा कक्षमा लोकवार्ता संगोष्ठीको विसर्जन समारोह भव्यताका साथ भयो । गाउँँपालिका अध्यक्ष अरूणादेवी राईसमेतको उपस्थितिमा केन्द्रीय संयोजक प्रवीण पुमाको सभापतित्वमा यस वर्षको लोकवार्ता संगोष्ठीको घोषणापत्र पारित गर्दै विसर्जन समारोह सम्पन्न भयो ।
अनि हाम्रा लोकवार्ता समूह बासका लागि केही टाढा पर्ने ‘पुमा घरवास’ (होमस्टे) तर्फ लाग्यो । नयाँ अवधारणा र नौलो प्रयास रहेछ यो ।
पूmलमाला, रक्सीको सगुन र साकेला सिलीबाट स्वागत गरियौँ एउटा घरआँगनमा । घरवासको व्यवस्था पुमाका घर घरमा व्यवस्था गरिएको रहेछ । तर घरवास व्यवस्थापनले अझै गति लिन सकेको भेटिनँ । न खाने व्यवस्था, न त बस्ने वासकै उचित व्यवस्था भैसकेको रहेछ । सामूहिक खानामा पनि कुनै नौलो स्वाद भेटिनँ । पाहुनाहरुलाई लोभ्याउने गाँस र वासको सुव्यस्थाले हो । घरकै न्यानोपन अनुभूत गराउनसक्नु हो ! पुुमा राई समाजले यसतर्फ अझै धेरै मेहनत गर्नुपर्ने जस्तो अनुभूत गरेँे ।
साँच्चै भन्ने हो भने मैले त घरवासको न्यानो अनुभूत गर्नै सकिनँ । अरू सहयात्रीहरूले के कस्तो अनुभूत गरे, खै कुन्नि ! रातभर घरवासको उचीत प्रबन्ध मिलाउनुका साथै जन्तेढुङ्गा, नजिकैको डम्बर्सुस्थित साकेलाथान जस्ता धार्मिक र दर्शनीय स्थलहरुको विकास गरेर पर्यटक भित्र्याउन सके पुमा घरवास अभियान सार्थक हुने थियो कि भन्ने कल्पिरहेँ ।
जे होस्, एक छाक र एक वास पाएँ, त्यसैमा रमाएँ । यात्राका नौला नौला अनुभूति समेटिरहेँ । आतिथ्यय्का लागि आभार पस्किँदै बिहान छ बजे नै गुडीयानका लागि कपिल लामिछानेसहित चारजना मित्रहरूका साथ चिसापानी बजारको बस बिसौनीतर्फ लागेँ । साथीहरु बस यतै आउँछ भन्दै थिए, तर हामी रोकिएनाँै । बिहानीको चिया तलतलले मज्जाले सताइएको थिएँ म । कमजोरी हो वा बानी ! खै कुन्नि !
बिहान सातै बजे स्थानीय बसमा सवार भई दुधकोसी झ¥यौँ । वंसीला घाटमा झोलुङ्गे पुल तरेर अर्को गुडीयानमा सवार भइ बेल्टार पुग्यौँ । बेल्टारमा रात्रीबसको व्यवस्था हुँदा पूर्वपश्चिम राजमार्ग छिचोल्दै भोलि त घर पुगिहाल्ने छु भन्ने सोच्दै चौधौँ लोकवार्ता संगोष्ठी एवम् लोकवार्ता परिषद, नेपालसँगको सहयात्रामा रमाइरहेँ ।
मिति : २०८३।२।३१, प्रतिभा कुञ्ज, तीनथाना, काठमाण्डौ ।






