विनेसाम शाखा वेस्टयुकेमा पुनः लालसुन्दर राई

लण्डन । २८ नोभेम्बर २०२०, विश्व नेपाली साहित्य महासंघ बेलायतको साउथ वेस्टशाखाले पुन: दोश्रो पल्ट लालसुन्दर राईलाई अध्यक्षमा चयन गरेको छ ।

शनिवार २७ नोभेम्बरका दिन जुममार्फत गरिएको अधिवेशनले नयाँ कार्यसमितिको उपाध्यक्षद्वय भरत लोहोरुङ राई र श्रीमती जानू काम्बाङ लिंगदेन, सचिव हरि राई र कोषाध्यक्षमा श्रीमती नानु रानालाई चयन गरेको छ।

त्यस्तै सदस्यहरूमा झलम राई, श्रीमती मनु पाईजा, श्रीमती गंगा राना गाहा, हेमकुमार राई, श्रीमती चन्द्रकला लिम्बू, जय तामाङ, श्रीमती गोमा राना, जित बुढाथोकी छन्त्याल र श्रीमती सीता शेरचन चयन भएका छन् भने बरिश्ठ रेडियोकर्मी तथा बि.एफ.बि.एस. गोर्खा रेडियोका पूर्व महाप्रबन्धक खेम गुरुङलाई सल्लाहकारका रूपमा चयन गरिएको छ I

विश्व नेपाली साहित्य महासंघ बेलायत ईस्टका अध्यक्ष तथा बातावरण साहित्यका अभियन्ता विजय हितान प्रमुख अतिथि र बरिस्ठ रेडियोकर्मी तथा बि. एफ. बि. एस. गोर्खा रेडियोका पूर्व महाप्रबन्धक खेम गुरुङ बिशिष्ट अतिथि थिए ।


बिश्व नेपाली साहित्य महासंघको अहिले सम्म २० मुलुकमा जम्मा २७ वटा शाखा छन् भने यसको स्थापना सन् २०१० मा भएको हो।

उक्त अवसरमा सन २०१८ मा स्थापना गरिएको यो साउथ वेस्ट शाखाको दुई बर्षे कार्यकालमा गरिएका साहित्यिक गतिविधिहरुका बारेमा सचिव श्रीमती जानू कामबाङ लिंगदेनले चर्चा गरिन् भने आर्थिक कारोबारका बारेमा कोषाध्यक्ष श्रीमती नानु रानाले छोटकरी प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

यसै गरी प्रमुख अतिथि र बिसिस्ट अतिथि दुबैले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना मन्तव्य दिएका थिए। सचिव जानु काम्बाङ लिङदेनले संचालन गरेको उक्त कार्यक्रमको अर्कों चरणमा सबै उपस्थित सर्जकहरूले आफ्ना रचनाहरू बाचन गरेका थिए।

कार्यक्रम समापन गर्दै पूर्व तथा नवनिर्बाचित अध्यक्ष लालसुन्दर राईले सम्पूर्ण उपस्थित ब्यक्तित्वहरूलाई अमूल्य उपस्थितिको निम्ति संस्था अनि व्यक्तिगत तर्फबाट कृतज्ञता ब्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *