म भित्रको म – राम बहादुर सिंखडा

भिडमा भएर पनि
एक्लै हिडिरहेको म
अट्टाहास हांसो हांंसेर पनि
आंफै भित्र चिच्याइरहेको म
आकाश चुम्न चाहेर पनि
बादलुमै निस्ःसासि रहेको म
सागर बन्न चाहेर पनि
खहरेमै विलाइरहेको म
आंखा भित्र रम्न चाहेर पनि
आंंशु बनेर टलपलाई रहेको म
जुन बनेर हाँस्न खोजे पनि
औशी आउने रात मै हराई रहेको म ।

– चितवन, चैनपुर खै.न.पा २

Leave a Reply

Your email address will not be published. Required fields are marked *