तिम्रै सौन्दर्य – केदार सङ्केत
तिमी जम्छौं जम्छौं
अनि मात्र पोखिन्छौं
हामी जम्न नै नपाइकन
तिब्र गतीमा पोखिन्छौं
तिमी उदय हुन्छौ अनि
आफ्नै गतीमा अस्ताउछौं
हामी एक पाइला चाल्न नपाउदै
धेरै तल भन्दा तल तानिन्छौं
तिमीमा ताप नभए पनि
राप छोडेर अस्ताउछौं
हामी चिसो केवल
चिसो भएर नै सुस्ताउछौं
तिमी सामुको कुर्सीमा बसेर
सौन्दर्यको चित्र कोरिन्छ
हामी `माझ´को कुर्सीमा बसेर
त्यहीँ सौन्दर्यको चित्र मेटिन्छ ।
फोटो- केदार सङ्केत