यौटा कुरा भन्छु आज तिमी नरिसाउनु साथी – सुनिल संगम
यौटा कुरा भन्छु आज तिमी नरिसाउनु साथी
यो जुनीमा यस्तै भयो हामी दूर हुनै जाती
गिज्याउँदै जूनताराले हाम्रै गीत गाउँदा रैछन्
दुनियाले कुरा काट्दै नाना अर्थ लाउँदा रैछन्
हामी दूर हुनै जाती
चाहे जति सबै कुरा पाउनै पर्छ भन्ने छैन
एक अर्काको जिन्दगीमा आउनै पर्छ भन्ने छैन
हामी दूर हुनै जाती
शव्दः सुनिल संगमको फेसबुकवालबाट