बेलायतको रमिते डाँडामा, खगेन्द्र दाइ – केदार सङ्केत
बेलायतमा खोलानाला, डाडाँकाडाँ, पहाड पर्वतहरु धेरै छन् तर हिमाल छैन । चिसोमा धेरै चिसा ठाउँहरु छन् तर तिलिचोजस्तो अग्लो पहाडको बिचमा ताल छैन । धेरै कोशीहरु छन् तर दुधैजस्तो हिमालको फेदीबाट छचल्किन्दै बग्ने दुधकोशी छैन । यहाँ मात्र त्यस्ता मानिसहरु छन्, जहाँ गुराँस नफुले पनि गुराँसजस्तो पलाँसै भए पनि फुलाउन हरप्रयासमा जीवन अर्पन्छन् ।
यस्तो ठाउँमा खगेन्द्र सङ्ग्रौला दाइ जनजाति महासंघको सम्मेलनमा प्रमुख अतिथि भएर आउँदैहुनुन्छ, भन्ने सुनेपछि महासंघको कार्यक्रम भन्दा दाइलाई मेरो घरमा स्वागत गर्न मैले चौपट्टै तयारी गर्न लागें । रमिते डाँडामा हाइकिङग लान्छु भन्ने पनि मनमनमा रहर पाल्न थालें ।
नभन्दै एक साँझ कोभको सङ्केत कुटी (बेलायतको कोभ भन्ने ठाउँको मेरो घर)मा चार जना खगेन्द्र सर, जङग सुनुवार, होम दशुचा बसेर खाने मौंका मिल्यो । बेलायतको घरको साइज प्रायः सानो हुन्छ । त्यसैमा भान्साकोठा, बैठक कोठा, सुत्ने कोठा सपै थप्दा झन् ज्यादै साँगुरो । यस्तैमा पार्बतीजीले श्रीमानका मित्रहरु आउने भएपछि नयाँ र मिठै परिकार पस्केर दिऊँ भन्ने चाहान्छिन् । उनको यो दिलदार स्वभावका लागि म मनमनै श्रद्धाले झुक्छु ।
निर्धारित समय बेलुकीको पाँच बज्दा पनि बेलायतका जनजाति महासंङ्घका अध्यक्ष जङ्ग जीको अत्तोपत्तो नलागेपछि मैले फोन गरें । बाटामा छौै, आउदै छौं भन्ने क्रम जारी नै रह्यो । पर्खनै परयो ।
दुई/तीन घण्टा अघि मात्र अल्डरसट भन्ने नेपालीको घना बस्ती भएको सहरमा जनजाति महासंङ्घको सम्मेलनमा खगेन्द्र दाइसँग भेटभए पनि त्यो सपनाजस्तो थियो । हल्ला खल्ला चर्काे थियो । कसले कसका लागि के बोले बाल थिएन ।
कार्यक्रम सकिएपछि खाजा खादै गफैको क्रममा खगेन्द्र दाइलाई सोधेें,–‘हन महासङ्घको भेलामा खगेन्द्र सरको जब पालो आयो तब अलिकति हल शान्त भयो, मानौं मंचमा एकदम अद्भुत शक्तिशाली व्यक्ति प्रकट भयो । तपाईलाई कस्तो महसुस भयो दाइ ?’
जवाफमा उनले भने,–‘मैले ठिकै मात्र बोलें । जमेर बोल्न पाइएन । फेरी बेलायतका राजदूत नै चाडै हिडे पछि केहि कुरा राख्नै पाइएन ।’
कार्यक्रम जुधे पनि नजुधे पनि राजदूतले भाषण सुनाएपछि अरुको सुन्नै चाहदैनन् । अरुको गुनासा र अनुरोध वेमूल्य ठहरिन्छ । राखिएका समस्यालाई सम्वन्धित निकाएसम्म पुरयाएर सहयोग गर्नुपर्ने राजदूतको काम होला । तर आफ्नो काम अरुले सुझाइदिदा पनि नबुझेजस्तो गर्ने दूतावासको पुरानै चलन छ ।
जे होस् खगेन्द्र दाइ गैरजनजाति भए पनि गुरुङको ज्वाँइ हुनुहुन्छ । गुरुङ समुदायमा हुर्कनु भएको हो । जनजातिमाथि उहाँको सदभाव छ । समय मिलेको भए हाम्रा लागि धेरै राम्रा कुरा बोल्नुहुने थियो होला । सुनुवार किराँतको बारेमा झन् उहाँसँग निक्कै रहस्यमय तथ्यहरु थिए होलान् तर समय ज्यादै छोटो भयो । गैर किरातबाट सुनुवार किराँतको अनुहार कस्तो देखिएला ? कौतुहलता हल–हल बढिरहेको थियो । तर समय पुगेन ।
हामीले पनि चित्त बुझायौं ।
भाषणमा खगेन्द्र दाइले समाजवादका मुजा खोल्दै कार्लमाक्स बसेको देशमा आउन पाउदा गौरव महशुस भएको अभिव्यक्त गरे ।
दाइ ठोस खानेकुरा खान त्यति मन नगर्ने रहेछन् । जल भने घुटुघुटु निल्न सजिलो मान्ने रहेछन् । वहाँलाई जल थपिदिने मलाई पो निक्कै हम्मे परिरहेको थियो । श्रीमती पार्वतीले बनाएको अचार, आलुदम, प्याजी इत्यादी परिकारले टेबुल भरिभराऊ थियो । तर ती अभागि परिकारले दाइको जिब्रोसम्म पुग्ने अवसर कमैले पाए । बरु गिलासको जल चरीले भने पंखेटाँ फिज्याँइ नै रह्यो । जतिपल्ट भरे पनि दाइको गिलास रित्तै ।
जलपानले तताउँदै लगेपछि कार्यक्रमको निम्तो पाउँदाको रोचक प्रसंग निकाल्नु भयो दाइले,– ‘फोनमा बेलायतबाट अध्यक्ष जङ्ग सुनारको फोन आयो । जनजाति महासंघको अध्यक्ष सुनार (दलित)? अचम्मको कुरा सुनेर अचम्मै बोकी बेलायत आइपुगें ।
उनको कुरा सुनेर उनैलाई रक्सी थप्न लागेको बोत्तल झण्डै खस्या मेरो हातबाट । हामी कस्तरी झस्कियौं, मानौ, यार्सागुम्बा भनेर झुसिल्किरा समातेका रहेछौ ।
जंग सरले आक्रोश पोख्नुभो,–‘रेडियो प्रश्तोता पाण्डव सुनुवारलाई पनि दलित नै सम्झनु भा’छ होला, होइन ?’
‘हँ’ के उनी पनि किरात नै हुन् ?’
हामी स्तब्ध भयौं । दिक्दारी पनको लामो लामो स्वास फाल्यौं ।
तर खगेन्द्र ब्रोले नढाँटिकन बोले,–‘हो त । म अन्जान रहेछु । नरेश काङमाङ भाइले बेलायत आए पछि भन्नु भो । अनि पो झसङग भएँ । सुनार र सुनुवार फरक जाति रहेछ । किराँत मध्ये लिम्बु, याख्खा, देवान, जिरेल, सुरेल भने जस्तै सुनुवार पनि एक वंश रहेछ । मलाई माफ गर्नुहोस म भ्रममा रहेछु ।’
किराती सौन्दर्य मध्येको ‘नढाँट्नु’ एक सुन्दरता हो । खगेन्द्र ब्रोले ‘नढाँट्नु’ सुन्दरता हामीसँग मिलाएकाले उनलाई माफी दियौं र तुरन्तै माया गर्न थालिहाल्यौं ।
अघि झण्डै खसेको बोत्तलको रक्सी थपिदिदै भनें,–‘भोलि म तपाईलाई यस्तो ठाउँमा लादैछु जहाँ नेपालबाट आउने पाहुनाले आजसम्म पुग्ने अवशर पाएकै छैनन् ।’
‘आजै जाऔं न’ ब्रो त तयार पो भए ।
किन कि समरमा रातको नौ÷दश बजेसम्म पनि घाम बेलायती आकाशमै आलटाल गरिबस्छ । नेपालमाजस्तो रात पर्नुबित्तिकै लुकिजाँदैन ।
यसैले रातलाई दिन मानेछन् ब्रोले ।
खाँटी कुराले सारांसमा समेट्नु पर्दा बेलायतका जनजाती महासंघको सम्मेलनमा गैर जनजाती परेरनै हुनुपर्छ उहाँको भाषणमा न बेलायत वासी विशेषत, भूतपूर्व गोर्खालीको काँचो मुद्दाको बारेमा वर्तमान टीप्पणी गर्नुभयो न नेपालमा भएका जनजाती समाजको उत्थान तथा हितकर मामलामा बोल्नु भयो । त्यसैले सप्पै मानिस सवै चिजमा पोख्त, दक्ष या वीद् हुँदैनन्, कुनै एक विषयको गोहोमा हिडेका व्यक्तीले अरू विषयमा अध्यापन या दखल छोड्न सक्दैनन् । हेक्का भया ।
भोलिपल्ट बिहान पाँचबजे म आफै उहाँहरूलाई बिँउझाउन पुगें जङग सरको घरमा ।
मेरो हल्लाले काम गरयो ।
हतार–हतार रमिते डाँडा बत्तियौं मेरो थोत्रे जिपमा ।
दश मीनेटको ड्राइभिङ् पछि कार पार्क गरेर हामी उकालो लाग्यौं । मैले ब्याग भिरें । रित्तै जाऊँ भन्दैथे साथीहरुले । २४ घण्टा सम्म पुग्ने खाजा, पानी र ओखती भएको ब्याग म कहिल्यै बिर्सन्न । यो ब्याग मेरो चिहानमा पनि लगाइदिने भनेका छन् आफन्तले ।
खगेन्द्र ब्रो वायूपंखी घोडाजत्तिकै तयार भएर बोले,–‘बाटो कता हो सङ्केत जि ?’
बाटो सडक छोड्दै उकाले तिर मोडिन थाल्यो । खगेन्द ब्र्रो अगाडि बत्तिए ।
यी ७३ बर्ष पुगेका ब्रोको उकालो हिड्न सक्ने क्षमता देखेर हामी
‘मास्तिर पुगे पछि सानो ताल छ । हो त्यहाँ पुगेर अडिनु होला ।’ भनें खगेन्द« ब्रोलाई ।
त्यो तालमा पानीहाँसहरु छन् । संभवत माछाहरु पनि होलान तर
बल्लतल्ला खगेन्द्र ब्रोलाई भेट्टायौं । उहाँ पुगेर पनि फोनको क्यामराले तालको फोटो खिच्दै हुनुन्थ्यो ।
हामी पुग्नासाथ उहाँले भन्नुभो,–‘अनि सङ्केत ब्रो यो तालको नाम चैँ के हो नि ?’
‘था’छैन सर, यो साधारण ताल हो । मेवी स्टील नेमलेस ।’
‘उसो भए हामी यसको नामाकरण गरौं’ भनेर भन्नु भयो ।
मैले एकछिन घोरिएर भने,–‘लु त्यसो भए संग्रौला ताल राखम । जे पर्ला पर्ला ।’
मेरो कुरो सुनेर उहाँ मरून्जेल हाँस्नु भयो । काँधमा बोकेको खकने झोला सुर्केर कुहिनामा पुग्यो । जङग सरको जोडी खित्काले नजिकको सेता पानी हाँसको बथान झन् वर आए ।
ख्याल ख्यालमा यो तालको नाम संग्रौला ताल राख्यौं ।
नेपालका सरकारी वा गैर सरकारी संघसस्थाले खगेन्द्र सङग्रौलाको नाममा केहि नामाकरण नगरे पनि बेलायत बासीले उहाँको संझनामा यो तालको नाम त राख्यौं भन्दै रमाइलो गरयौं ।
फेरि हाम्रो पाइला बढ्यो । रमिते डाडाँ पुग्नु बाकि नै थियो ।
रमिते डाँडाको पुग्नु अगावै तलतिरका पहाडहरू उक्लनु बाकी नै थियो । मझ्यौला खालका पहाडहरूमा लेभेन्डरका फूलहरूले शोभनीय बनाएका थिए ।
उकालो चढ्न छोडिएन । फोक्सो मुखाँ आउलाजस्तो भयो । तर खगेन्द्र ब्रो आनन्दै हिडिरहे । उनको फोक्सो हाम्रो भन्दा धेरै राम्रो रहेछ ।
एक जोडा नेपाली बाजेबजु मर्निङगवाक गरेर फर्किदै थिए । स्वास्थ्यको लागि यत्तिको हिड डुल गर्नु रामै्र हो । यो जम्का भेटमा केहि फोटो खिचेर हामी छुट्यौं ।
हामी रमिते डाडाँ (भ्यू पोएन्ट) पुग्यौं । जहाँबाट, फार्नब्रो बिजनेस एर्पाेट, विशाल वाटर ड्याम्प, बोर्ली ताल लगायत वरिपरिका सबै सहरहरू राम्ररी देख्न सकिन्छ । यहाँको यात्रामा खासै खाजा नबोकि जाँदा पनि हुन्छ किनकी पहाडको फेदको नजिकै अल्डरसट सहरमा नेपालीको एक घना वस्ती छ । जहाँ नेपालमा पाइने खानाका सबै परिकारहरू पाइन्छन् । हामी पनि रमिते डाडाँको रमिता हेरेर ओह्रालो झयौं ।
खगेन्द्र सरको उकालो ओह्रालो हिडाइले हामी तिनजनालाई छक्कै बनायो । यो उमेरमा यूवा क्षमता देखेर उनको निक्कै लामो आयू हुनसक्ने अनुमान गरें ।
‘भन्नलाई सबैले यसै भन्छन् तर भगवानको कानमा नपरोस्, केदार ब्रो’ यति भन्दै ऊन्यू घारिको डाडाँमा एकछिन अडिनु भयो । आकाशतिर हेर्नु भो ।
यी यथार्तवादी लेखकको पनि यतिविघ्न भगवाणप्रति आस्था रहेछ । अनि भगवाण आकाशमै बस्दारहेछन् भन्ने पनि देखियो ।
समाप्त