‘कवि विमल गुरुङ कृति पुरस्कार’का लागि कृति आह्वान
गत ४ असार २०८१ का दिन एक विज्ञप्ति मार्फत कवि विमल गुरुङ कृति पुरस्कार’का लागि कृति आव्हान गरिएको छ ।
विज्ञप्तिमा भनिएको छः कवि विमल गुरुङको स्मृतिमा स्थापित यस कवि विमल गुरुङ स्मृति पुस्तकालय नेपाली वाङ्मयको उन्नयनकालागि स्वदेश र विदेशमा रहेका साहित्य साधक, लेखक, कवि, साहित्यकारहरुलाई सम्मान गर्दै ‘कवि विमल गुरुङ कृति पुरस्कार’का लागि कृति आव्हान गर्दछ । कृति पुरस्कार राशी नगद रु.२,०००००।– (दुइलाख रुपैया) सहित ताम्रपत्र रहेको छ । कृति पुरस्कारकालागि सहभागी हुन इच्छुक कवि, लेखक÷साहित्यकारहरुले वि.सं. २०८० तदनुसार सन २०२३ अप्रिल १४ देखि २०२४ अप्रिल १२ भित्रको समय सिमा भित्र नेपाली भाषामा प्रकाशित गरेको जुनसुकै विद्याको आफ्नो कृति ४÷४ प्रति निम्न ठेगानामा मिति २०८१ असोज १५ (२०२४ अक्टुबर १) सम्ममा पुस्तकालयमा दर्ता हुने गरी पठाउन आव्हान गरिन्छ ।
कवि विमल गुरुङको ५३ औ जन्मजयन्ती तथा ३३ औ राष्ट्रिय कविता महोत्सवका लागि स्वदेश र विदेशमा रहेका कवि साहित्यकारहरु समक्ष नेपाली भाषामा लेखिएका कविता मिति २०८१ असोज मसान्तसम्ममा आइपुग्ने गरी bimal1234gurung@gmail.com इमेलमार्फत पठाउन आव्हान गरिन्छ । कविता पठाउदा युनिकोडमा वा प्रिती फन्टमा लेखिएको वर्डफाइलमा हुनुपर्ने र कविको नाम, ठेगाना र सम्पर्क नम्बर अनिबार्य उल्लेख गर्नुपर्नेछ ।
‘कवि विमल गुरुङ कृति पुरस्कार’ र प्रतियोगितामा विजेता प्रथम, द्धितिय र तृतीय हुने कविहरुलाई मिति २०८१ कात्तिक २४ गते शनिबार कवि विमल गुरुङको ५३ औ जन्मजयन्तीको अवसरमा आयोजना हुने ३३ औं राष्ट्रिय कविता महोत्सवमा पुरस्कार प्रदान गरिने जानकारी दिइन्छ ।