खबरदार सिंहदरबार!” – नगेन्द्र ईङनाम “आठराईली”

खबरदार सिंहदरबार!
बिराटनगर दरबार खबरदार
दमन गर्न पाईंदैन
कोशी नाम चाहिंदैन
जनता मार्न पाईंदैन

बिंडो थाम्दैछ ब्राह्म्णवादले
जहानियाँ राणा शासन
अनि तानाशाही पञ्चायतको
त्यसैले त
किरात-लिम्बुवानमा
पहिचानसहितको संघीयता हुने
संघीय गणतान्त्रिक संबिधानमा
एक तन्त्र र निरंकुशता लादेर
ए-माले, कांग्रेस र खाओवादले
सभ्यता, भुगोल र ईतिहास मेटाउंदै
ब्राह्मण-वादी कोशी नाम ल्याउंदैछन्
पहिचानसहितको संघीयतालाई छलेर

जनताले तिरेको करले पालिएका
सिपाही र पुलिसहरुको दलबलसहित
राज्यशक्ति र सम्पत्तिको दोहन गर्दै
निहत्था पहिचान माग्ने नागरीकलाई
लाठी बर्षाउंदै, बन्दुक तेर्साउंदै
बिना कारण बन्दी बनाउंदै
शहिद-हरुको गन्ती बढाउंदै
नेपाल नामको देश लुट्दैछन्
ब्राम्हाणवादका नाईके र भरौटेहरु
कू-कर्मको फल आफैं भोग्नुपर्छ
जनमतले लत्याउंछन् भन्ने सत्य भुलेर

कानून ठ्याक्कै उल्टो छ यहाँ
गणतन्त्रमा राजा माग्नेलाई छुट
धर्म निरपेक्ष लेखिएको संबिधानमा
हिन्दू राष्ट्र माग्ने-हरुलाई छुट
जिल्ला नफुटाउने भन्दाभन्दै
चाहेमा जिल्ला फुटाउन पनि छुट
खोइ त हा ओ-?
सभ्यता र ईतिहास माग्नेहरुलाइ
संबिधानले दिएको मौलिक हकको छुट?
ब्राह्म्णवाद लादी रहेकाछन्
किरात-लिम्बुवान नाम पन्छ्याएर
आँफैंले लेखेको संबिधानलाई मेटेर

खबरदार सिंहदरबार!
बिराटनगर दरबार खबरदार
यसरी नै दमन गरी रहन्छौ भने
एकात्मक वीष वमन गरी रहन्छौ भने
हामी गुहार माग्न वाध्य हुनेछौं
राष्ट्रसंघ हामीलाई बचाओ भनेर
मानव अधिकारी हाम्रो लागि आऊ भनेर
डि. सि. दरबारमा ढक्ढक्याउंदै
बेइजिङ दरबारमा हात फैल्याउंदै
दिल्ली दरबार सम्म पक्कै नै पुग्नेछौं
हाम्रो जीउ ज्यानको सुरक्षा माग्दै
नेपाली संबिधानमै लेखिए मुताविक
किरात्-लिम्बुवान नामाकरण गरिदेउ भनेर

किन दबाउंछौ हाओ आफ्नैलाई, हँ?
कुरो बुझ है शासकहरु हो
सिक्किमी ईतिहास हेरेर बिचार गर
ग्रेटर नेपाल को कुरो हराउन पनि सक्छ
गोर्खाल्याण्डमा किरात्-लिम्बुवान अटाउन पनि सक्छ
किरात्-लिम्बुवान नेपालको सभ्याता हो
किरात्-लिम्बुवान हाम्रो घर हो
किरात्-लिम्बुवान हाम्रो प्रदेश हो
जसले किरात्-लिम्बुवान नाम दिन्छ त्यो नै हाम्रो देश हो

पक्षपाती प्रधानमन्त्रि रजिनामा दे
नालायक गृहमन्त्रि रजिनामा दे
नाजायज मुख्य-मन्त्रि राजिनामा दे
शसस्त्र सबै दमन बन्द गर
मानव अधिकार बहाली गर
कोशी नाम खारेज गर
किरात्-लिम्बुवान घोषणा गर
निरंकुश एकतन्त्रीय व्राम्हाणवाद मुर्दावाद!
किरात्-लिम्बुवानी एकता जिन्दावाद!

– हालः टेक्सास, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *