केहि मुक्तकहरू: शैलेश मानव

केहि मुक्तकहरू:-

१)
नखाए मरिन्छ, खानै पर्यो
मनोरञ्जन लिन बाच्नै पर्यो
निर्देशक हो उपरवाला
नचाउञ्जेल त नाच्नै पर्यो ।

२)
धनीले राति भोकै सुते सिलिम हुन्छ
गरीबले राति भोकै सुते चिलिम हुन्छ
मर्दा फरक थाहा हुन्छ यि दुइको
एउटा लावारिस, र अर्को फिलिम हुन्छ।

३)
तारा टिप्न टाढा भए आऊ मेरो काँध चढ
यति मात्रै सक्छु मैले, यति मात्रै आश गर
स्वर्ग पनि नर्क लाग्ला मन मिल्ने छुटे पछि
त्यसैले त कुरा बुझ, धर्ति टेक आकाश छोड।

४)
जे सिकायो जिन्दगीले, सिक्न मलाई करै भयो
बाँच्नु पर्ने बाध्यतामा मर्न पनि डरै भयो
तराजुमा पाप पुन्य मेरो कत्ति भयो कुन्नि
मन्दिर अलि परै थियो र त भट्टि वरै भयो।

५)
कमाउन सकिएन
रमाउन सकिएन
खान लाउन ठिक्क
बचाउन सकिएन।

– बेलायत, वेलिङ्ग
नेपाल, लगनखेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *