४ मुक्तक – मोहन आचार्य जलद

यथार्थ मुक्तक

मुक्तक १
गरिवीकाे आलो चोट सहेको थियो मान्छे
जिन्दगीको चोखो प्रेम कहेको थियो मान्छे
आजभोलि समाजमा नाटक नौटंकी गर्छन्
केको कुरा गर्नु स्वार्थमा रहेको थियो मान्छे

मुक्तक २
कृष्ण कंश नाता संबन्ध थियो कहानी कस्तो ?
नेता अभिनेता बीच बन्ध थियो जमानी कस्तो ?
चुनाव हुन्छ र देशमा ? जनतानै सधैं हारेका छ्न
कपन कात्रो बोकेर प्रबन्ध थियो निशानी कस्तो?

मुक्तक ३
चीतामा जल्नु छ चिन्तामा पनि कति जल्नु ?
जीत हार गर्नू छ आफ्नैसंग शनी कति ढल्नु ?
हुने संघर्ष आफ्नैसँग हो भन्छ धर्म ग्रन्थ पनि
घात प्रतिघात गर्ने गराउने अनि कति गल्नु ?

मुक्तक ४
ईश्वरनैं लाचार छ मसँग भेट गर्न चाहन्न म भन्छु
दुनिया सहारा छ जोसँग सेट गर्न चाहन्न म भन्छु
आखिरी धन दौलत बिना काे बाँच्न सक्छ हे मित्र ?
साहित्य समाज छ योसँग रेट गर्न चाहन्न म भन्छु

– बाग्लुङ भान्सा, नवलपुर देवचुली
हाल बेलायत

Leave a Reply

Your email address will not be published. Required fields are marked *