बिझाउन थालिसक्यो – भीम गुरूंग (तमु)

के खुसिमा हाँसु म ?
रित्तो छ हात
अनौठो छ जिन्दगानी
जीवन हो कर्कलाको पानी
मिलनको तिर्षनामा
दूर भयौ बिछोडमा
पोल्टो थापिदेउ
मेरो अश्रु नपुछिदेउ
विश्वास छैन तिम्रो ।
नैराश्यले ढाकिसक्यो ।

ए वसन्त! नआउ तिमी
असार हैन यो, मरूभूमि
मंसिर भएन – कमाई छैन
तिमी सक्छौ ?

बाघको जुंघा उखेल्न
आकांक्षा ओईलिसक्यो
तिम्रो खुसि पनि
प्रत्येक भावनालाई
बिझाउन थालिसक्यो ।

– कविता संग्रह “देश भित्र र बाहिर म” बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *