अर्को प्रेमी – प्रकाश लिम्बु
कठै तिमी पनि
पानी माथी तैरिरहेको पातलाइ तिमी नदिको गहिराइ किन सोधिराछौ
नदीको हिरासतमै आफ्नो जिन्दगीको सार भेटिसकेका ढुङ्गाहरुमाथी तिमी बाहिरी सन्सारको सुखमय संदेशका लेउ लगाउन किन खोजिराछौ
हो म बुझ्छु तिम्रो कुरा
तर मसिको मृगतृष्णा
तिम्रो प्रेमले मेट्न सक्ला र?
म त पागलपो हु त
म सब्दहरुको लठारो झुण्दाएर पिङ खेल्छु
हरेक कबिताका शिर्षक सङ्गै आफ्नो आचरण फेर्छु
प्रत्येक कथाका अनुच्छेदहरुमा म आफ्नो प्रेमी भेट्छु
म आफै अपाङ्ग भाछु म हिड्न पनि कलमको लठ्ठी टेक्छु
अनि तिमी आफै भन
म कसरी सक्छु तिमीलाइ अङ्गाल्न
म त लतपत मसिको सागरमा पौडिन मात्र जानेको मान्छे
त्यो पबित्र प्रेमको नदिमा मलाइ पौडिन कहाँ आउँछ र
ल भन त त्यो नदिमा म कहिले तैरिन नसक्ने गरि डुबेछु भने
त्यतिबेला दोष कस्को हुनेछ?
म त ती डायरिका पानाहरुको मग मग वास्नाको नसामा हराउने बानी लागेको मान्छे
मलाइ तिम्रा ती प्रेमका सुबास छर्ने सुन्दर फुलहरुको सुगन्धले छुन्छ होला र
ल भन
मैले फुलहरुलाई अङ्गाल्दा ती काडाहरुले मलाइ बिझाएछ भने
त्यतिबेला दोष कस्को हुनेछ?
मलाइ त कलमको घोचाइ बानी परेको छ
मैले फेरि अपरिचित दुखाइ सहन नसकुला
म कल्पनाको आधिसङ्गै उडिहिन्ने मान्छे
मैले फेरी तिम्रो मयाको सितल बतास सङ्गै बहन नसकुला
भन त्यतिबेला दोष कस्को हुनेछ?
म वाक्यहरुको गोरेटोमा कलमको लौरो टेक्दै हिड्छु
एउटा अनुच्छेद पछिको पुर्णबिरामहरु मेरा लागि चौतारी हुन
म तीनै चौतारिहरुमा आफ्नो थकान मेट्छु
अ! साच्ची म पागल सङ्गै लाटो पनि हु
म बोल्न पनि कलमको साहारा लिने गर्छु
अनि, तिमी आफै भन त म तिमीलाइ अङ्गालु कसरी
तिमीलाइ वाक्यहरुको यात्रामा सङ्गै लैजाउ
फेरि ती अल्पविरामहरुलाइ नाघ्न सकेनौ भने
पुर्णबुरामहरुलाइ काट्न नसकेर
तिमी छुटेछौ भनेनी
त्यतिबेला दोष कस्को हुनेछ?
मलाइ त परेलीहरु मुस्कान मन पर्छ
म नयनहरुका भाषा मात्र बुझ्छु
म तिम्रो ओठको मुस्कान महसुस गर्नमा चुकेछु भने
तिमीले दिएका आवाजहरु नबुझेर भुलेछु भने
त्यतिबेला दोष कस्को हुनेछ?
म जुन, ताराहरुको गोठालो गर्दा गर्दा
अध्यारो सङ्गै लिप्त भएको मान्छे हु
तिम्रा प्रेमको किरणहरुले मलाइ भेट्न सक्ला र
तिम्रो मयालु बोलिका मलमहरुले मेरो हत्केला भरी कलमले बनाएका चोटहरु मेट्न सक्ला र
कतै तिमी म सङ्गै समेटिन आउदा
जुनले मेरो प्यास मेट्न पठाएका सितका थोपाहरुले
तिम्रो कोमल शरीरलाई बिझाएछ भने
त्यतिबेला दोष कस्को हुनेछ?
यहाँ म आफै प्रश्नहरुको सङ्ग्रालय बनेको छु
तिमिलाइ उत्तर दिने हैसियत म कसरी समेटु
मैले बोलेका हरेक बोलिहरुले बिट मार्म पाउदैनन
मेरो त व्यबहारमा नै प्रश्न चिह्न छ
मेरो पुरै शरीर प्रश्नहरुको स्म्भार हो
तिमीलाइ अङ्गाल्दा तिम्रो त्यो पबित्र आचरणमा आच आएछ भने
ल भन त
त्यतिबेला दोष कस्को हुनेछ?
हैन हैन
मैले तिमीलाइ अस्विकार गरेको हैन
कुनै दिन कल्पनाको सागरबाट बाहिरिएछु भने
जुन ताराहरुलाइ बादलको खोरमा थुनेर हामी सुटुक्कै प्रेम गरौलानी है
मैले तिमीलाइ पर्ख भनेको पनि हैन है
फेरि म कैले कल्पनाको सागरबाट तैरिन नसकेर डुबिरहेछु भने
तिम्रो पर्खाइको धागो कस्ले चुडिदिने
यदि म आइनछु भने
भन त्यतिबेला दोष कस्को हुनेछ
त्यसैले म भन्छु तिमी बगिरहनु
यदि हाम्रो मिलन लेखेको रैछ भने
फेरि कुनै दोभानमा हामी भेट्ने छौ।….