पुमा साकेन्वाको उत्पति(मिथक)-प्रवीण पुमा
(अनुसन्धान अघी पुमा साकेन्वाको अवस्था ।)
किराती राज्यको पतनपछि काठमाण्डौको केही किरातीहरू कोही पूर्व, कोही पश्चिम, कोही उत्तर, कोही दक्षिणतिर गयो । तर, काठमाण्डौको मोङ भने यही मोङलुङ भएर बस्नुभयो । त्यो कुरा काठमाण्डौकोे राजाले थाहा पायो । राजाको आदेश अनुसार काठमाण्डौको सिपाहीहरूले त्यो मोङलुङलाई चारैपट्टि ठूलो पर्खालको घेराबार लगाएर कडा सुरक्षा दिएर राख्यो । त्यो मोङलुङको शक्ति पतन गराउनुको लागि बाख्रा काटेर त्यसकोे रगतको भोग दिँदै लतपत गरायो । त्यहाँ किरातीहरूलाई पस्नु पनि बन्देज लगायो । त्यो कुरा माझकिरातकोे एक माङपाले यारीमा थाहा पाउनुभयो । त्यो कुरा माङपाले माझकिरातको किरातीहरूलाई बताउँनुभयो । त्यसपछि माझकिरातकोे किरातीहरूले आप्mनो मोङलुङलाई आप्mनै भूमि माझकिरातमै लानुको लागि धेरै प्रयास ग¥यो । तर, माझकिरातकोे किरातीहरूकोे केही पनि चलेन ।
माङपाचाहिँ आप्mनो भेष बदलेर माङलुङको नजिकै आएर बस्नुभयो । त्यो माङपाले माङलुङलाई घेरा लगाएर बस्ने सिपाहीहरूलाई साथी बनाउनुभयो । त्यो सिपाहीहरूको सहयोगमा त्यो माङपा त्यस काठमाण्डौको राजाकोे दरबारमा तान्त्रिक पुजारीको रूपमा जागिरे हुनुभयो । त्यहाँ माङपाले धेरै बर्षसम्म एक कुशल तान्त्रिक पुजारीको रूपमा काम गर्नुभयो । माङपाले राजा, मन्त्री आदि सबैको मन जित्नुभयो । तर पनि माङपालाई कहिल्यै पनि त्यस माङलुङभित्र पस्नु दिएन । माङपाले त्यो माङलुङलाई परैबाट सधैँ टुलुटुलु हेरेर चित्त बुझाउँनुभयो ।
त्यही क्रममा एक दिन माङपाले माझकिरातनै फर्किने इच्छा राजासमक्ष जाहेरी गर्नुभयो । राजाले पनि त्योे जाहेरी स्वीकार गर्दै “लानु सक्ने गरी बहुमूल्य धनसम्पत्तिहरू माझकिराततिर लानु” माङपालाई अनुमति दियो । तर, माङपाले कुनै पनि बहुमूल्य वस्तु लानु चाहानु भएन । बरु, बागमतीको एउटा सानो ढुङ्गा आपूmसँग लानु चाहेको कुरा राजासमक्ष बिन्ती गर्नुभयो । राजाले पनि “त्यो जाबो ढुङ्गा त हो” भनेर “लौ त त्यसो भए, त्यही ढुङ्गा नै लैजाऊ त” भनी अनुमति दियो ।
माङपा खुसी हुँदै मोङलुङस्थित बागमती किनारमा जानु भयो । बागमती किनारमा पहिलै कसैले पनि थाहा नपाउने गरी माङपाले लुकाएर राख्नुभएको साँच्चिकै मोङलुङलाई अछेता, अदुवा र सोलोन्वाले थोक्दाउनु भयो । रिसिया फलाक्नु भयो । विधिपूर्वक पूजा गर्नु भयो । यारी हेर्नु भयो । मोङलुङ खुसी भएको थाहा पाउनु भयो । अनि मोङलुङलाई आप्mनो हिखामा लगाएर माझकिराततिर जानुभयो । त्यही बेला अचानक काठमाण्डौदरवार वरपरको जमिन काम्यो । आकाश कालो मुस्लो भयो । हुरीबतास चल्यो । बिजुली चम्कियो । पानी प¥यो । त्यो दरबारको वरपर हाहाकार मच्चियो । भागदौड चल्यो । त्यहाँ ठूलो आपत–विपत आइप¥यो ।
राजाले दरबारमा तुरुन्तै नगरा–कर्नाल बजाउनु लगायो । राजाकोे हुकुमअनुसार भाइभारदार, मन्त्री, सेनाप्रमुख, मठमन्दिरको प्रमुख पुजारी, ज्योतिषहरू आदि सबैलाई भेला गरायो । सभा बस्यो । त्यो सभामा कोही कसैबाट दरबारमा अशुभ हुनेखालको काम नगरिएको कुरा राजासमक्ष जाहेरी भयो । बरु राजाले नै पो आप्mनो सहमतिमा माङपाले बागमती किनारकोे ढुङ्गा पनि साथैमा लिएर माझकिराततिर गएको कुरा बतायो । फलस्वरूप, त्यो भेलाको सभाले माङपाले आप्mनो साथमा लिएर गएको ढुङ्गामा दैवीशक्ति भएको ठहर गरी उक्त ढुङ्गासहित माङपालाई तुरुन्तै काठमाण्डौमा फर्काउने निर्णय ग¥यो ।
त्यो कुरा राजाले आप्mनो सिपाहीहरूलाई आदेश दियो । यदि उक्त माङपा फर्कनु नमानेमा उसले लगेको ढुङ्गालाई जसरी भए पनि फुत्काएर ल्याउनु लगायो । राजाकोे आदेशअनुसार हातहतियारसहित राजाकोे सिपाहीहरू माङपालाई खोज्दै पूर्वतिर गयो । त्यतिन्जेलसम्ममा माङपा साँगाभन्ज्याङ हुँदै माझकिरात पुगिसक्नुभएको थियो । माझकिरातमा माङपालाई राजाकोे सिपाहीहरूले भेटेर काठमाण्डौमै फर्कनु विनम्र अनुरोध ग¥यो । तर, माङपाले फर्कनु मान्नु भएन । अब राजाकोे सिपाहीहरू ठूलो धर्मसंकटमा प¥यो ।
त्यसपछि माङपालाई त्यो ढुङ्गालाई फर्काइदिनु रुँदै राजाकोे सिपाहीहरूले अनुरोध ग¥यो । आपूmभन्दा ठूलो राजाकोे सिपाहीहरूले चिम्सेआँखा पारेर आप्mनो खुट्टामा शिरै राखेर ढोगेपछि माङपाले भन्नु भयो–“लौ यो मोङलुङ नै लग्छौ भने, लैजाऊ । तर, मचाहिँ काठमाण्डौतिर फर्किन्दिन ।” त्यति भनेर माङपाले मोङलुङलाई जमिनमा राखिदिनु भयो । राजाकोे सिपाहीहरूले खुसी हुँदै त्यो मोङलुङलाई बोक्नु खोज्योे । तर, त्यो मोङलुङलाई बोक्नु त के, हल्लाउनुसमेत सकेन । त्यो माङलुङ झन्झन् जमिनमुनि भासिनु थाल्यो । त्यसपछि “लौ आफँै उखलेर लैजाऊ” भन्नुहुँदै माङपा आप्mनो घरतिर जानुभयो । जमिनमा पुनः कम्पन भयो । वातावरण चारैतिर अन्धकारमय भयो । हावाहुरी चल्यो । बिजुली चम्कियो । पानी प¥यो । त्यो राजाकोे सिपाहीहरू झन् ठूलो आपत–बिपतमा प¥यो ।
राजाकोे सिपाहीहरूले माङपालाई पछ्याउँदै आयो । माङपाकोे पाउमा शिर राखेर रुँदै त्यो मोङलुङ फिर्ता गरिदिनु अनुरोध ग¥यो । त्यसपल्ट माङपाको मन ढुङाभैmँ हुनु सकेन । त्यसपछि आफैँ फर्किएर आउनुभएर उहाँले चामल, अदुवा र सोलोन्वाले थोक्दाउँनु भयो । मुन्दुम फलाक्नु भयो । सिली टिप्नु भयो । विधिपूर्वक पूजा गर्नु भयो । त्यो मोङलुङ राजाकोे सिपाहीहरूकोे हातमा लगाइदिनुभयो । राजाकोे सिपाहीहरू खुसी हुँदै मोङलुङलाई लिएर काठमाण्डौतिर फर्कियो ।
माङलुङलाई लिएर राजाकोे सिपाहीहरू जति–जति काठमाण्डौतिर नजिक आयो, त्यति–त्यति काठमाण्डौकोे वातावरण सामान्य हुँदै आयो । आँधीहुरी चल्नु कम भयो । आकाश उज्यालो हुँदै गयो । जब त्यो माङलुङलाई काठमाण्डौमा ल्याइपु¥यायो, तब काठमाण्डौकोे सबै वातावरण सामान्य भयो । त्यस मोङलुङलाई राजाकोे हुकुमअनुसार सिपाहीहरूले हनुमानढोकाको नासल चोकमा कडा सुरक्षा दिएर राख्यो । माङलुङलाई फेरि पनि बाख्राकोे रगतले भोग दिदँै बिटुलो पारेर राख्यो । “भूत, प्रेत, बोक्सी, दाइनी बस्छ” भन्दै किरातीहरूलाई माङलुङ भएको ठाउमा भित्र बस्नु बन्देज लगायो ।
माङपा पनि आप्mनो घर माझकिराततिर बाटो लागेझँै गर्नुभयो । तर, एकपल्ट टक्क उभिएर फनक्क फर्किएर त्यस माङलुङ गाडिएको ठाउँमा हेर्नुभयो । त्यस ठाउँमा माङपाले कुखुराको अण्डाको बोक्राजस्तो एउटा सेतो वस्तुको टुक्रा फेला पार्नुभयो । माङपाले त्यस वस्तुलाई आफ्नो हिखामा लगाएर आफ्नो घरतिर अगाडि हिँड्नुभयो । १२ दिनको अथक हिँडाइपछि माङपा पुमासोहोनको वाचिपलामा पुग्नुभयो । माङपाले अण्डाजस्तो सेतो बोक्रालाई त्यहीँ राखेर आप्mनो घरतिर अगाडि बढ्नुभयो । माङपा आप्mनो घरमा पुग्नुभयो । तर, माङपाले त्यस ठाउँमा सेतो भाले र बँदेल सपनामा सधँै देख्नुभयो । माङपाले वाचिपलामा आएर हेर्नु भयो । सपनामाझैँ विपनामा पनि सेतो भाले र बँदेलहरू थियो ।
(अनुसन्धानपछि पुमा साकेन्वाको अवस्था ।)
समय दित्दै जाँदा पुमासोहोनमा लगाएको अन्नबाली बँदेलहरूले दिनदिनै खानु थाल्नुभयो । स्थानीयहरू बँदेलदेखि वाक्क भयो । पुमा सोहोनको किरातीहरू मिलेर बँदेललाई मार्नुकोे लागि खुब प्रयास ग¥यो, तर सकेन । पुमा सोहोनको किरातीहरूले बँदेललाई मार्नुको लागि आमचोकका प्रख्यात सिकारीहरूलाई अनुरोध ग¥यो । त्यो सिकारीहरू पनि आप्mनो धनुवाणसहित पुमासोहोनमा आएर सिकारहरू खोज्यो । तर सिकारहरू मानु त के, देख्नुसम्म पाएन । त्यो सिकारीहरू निरास भयो । सिकारीहरू थकित भएर त्यही बिसायोे । तर अचानक सिकारीहरूले मालिङ्गोघारीभित्रको जरुवापानीमा बँदेल देख्यो । त्यो बँदेललाई सिकारीहरूले धनुवाणले हान्यो । वाण पनि अचुक भयो । बँदेलकोे रगतको सिर्का पनि झ¥यो । तर, धनुवाण भने त्यहीँ सोथरघारीमा जाकियो । सिकारीहरूले सोथरघारीबाट धनुवाण निकालेर हे¥यो । धनुवाणको काँडको टुप्पोमा अण्डाको बोक्राजस्तो सेतो बस्तुमात्रै टाँसिएर आयो । बँदेल त्यहीँ अलप भयो । सिकारीहरूले त्यो सेतो वस्तुलाई त्यहीँ राखेर सिकारहरू खोज्दै जङ्गलतिर गयो । तर सिकारहरू भेटिएन । सिकारहरू खोज्दाखोज्दै त्यस दिन रात प¥यो । सिकारीहरू यहीँ जङ्गलमै बास बस्यो । राति सपनामा सिकारीहरूलाई साकेन्वा आएर भन्नु भन्यो–“म साकेन्वा हुँ । मलाई तिमीहरूको सोहोनको पवित्र ठाउँमा लगेर चोखोनितोसहित उभौली–उधौलीमा पूजा गरेर राख्नु । तिमीहरूको कल्याण हुनेछ । तिमीहरूको दरसन्तान फैलिनेछ ।”
बिहानै उठेर त्यो सिकारीहरूले एक–आपसलाई आ–आफ्नो सपनाको कुरा सुनायो । दुवै सिकारीहरूको सपनाको कुरा मिल्यो । सिकारीहरू साकेन्वालाई खोज्दै आपूmहरूले राखेको ठाउँमा त्यो अण्डाको बोक्राजस्तो सेतो वस्तुलाई हेर्नु गयो । सिकारीहरूले त्यो सेतो वस्तुलाई सेतो अण्डा आकारको, तर साबिकको भन्दा केही ठूलो, हेर्दा जगजगी बल्ने, हेर्दा लोभलाग्दो, छुँदा नरम न नरम सेतो वस्तु भेट्यो । त्यो सेतो वस्तुलाई सिकारीहरूले साकेन्वालुङ भएको थाहा पायो । सिकारीहरूले आफ्नो घरतिर लानुको लागि मुन्दुम फलाक्दै चामाल, अदुवा र सोलन्वाले थोक्दाएर सिली टिप्दै त्यो साकेन्वालुङलाई बोक्नु खोज्यो । तर, त्यो साकेन्वालुङलाई बोक्नु त के, हल्लाउनुसमेत सकेन । बरु त्यो साकेन्वालुङ झन्झन् जमिनभित्र भासिनु थाल्यो । त्यही बेला वातावरण पूरै कालोमैलो भयो । आकाश गड्गडायो । चट्याङ प¥यो । कालोमुस्लो भएर हुरीबतास चल्यो । मुसलधारे पानी प¥यो । त्यो घटनाले पुमासोहोनकोे सम्पूर्ण किरातीहरूमा हल्लिखल्ली मच्चियो ।
माङपाहरू मिलेर मुन्दुम फलाक्दै त्यो साकेन्वालुङलाई जमिनमा भासिनुबाट बचायो । त्यही बेला अचानक बिजुली चम्कनु छोड्यो । हुरीबतास चल्नु छोड्यो । मुसलधारे पानी पर्नु छोड्यो । वातावरण छ्याङ्ग भयो । त्यही बेला सेतो भाले बास्दै हिँडेकोे उपस्थित सम्पूर्ण किरातीहरूले देख्यो । त्यसपछि साकेन्वाले मन पराएको ठाउँ नै त्यही भएको विश्वासले माङपाहरूलगायत सम्पूर्ण किरातीहरू मिलेर पुमा सोहोनको वाचिपलामा साकेन्वा थान स्थापना गरी मुन्दुम फलाक्दै माङपाहरूको नेतृत्वमा उपस्थित सम्पूर्ण किरातीले सिली टिप्दै त्यस साकेन्वालाई पूजा ग¥यो । त्यसरी पुमासोहोनकोे पुमा साकेन्वाको उत्पत्ति भयो ।
त्यही समयदेखि पुमासोहोनकोे किरातीहरूले आफ्नो पुर्खाको प्रतीक मानी उभौली र उधौलीमा पुमा साकेन्वालुङलाई पुज्नु थाल्यो । त्यो साकेन्वालुङलाई थोक्दाउनुको लागि दोलखाको राजा बुधाहोङले आफ्नो सेतो हात्तीमा चढेर आउँथ्यो । तर, बुधाहोङको मृत्युपछि त्यहाँकोे माङपाहरूले त्यो साकेन्वालुङलाई थोक्दाउने मुन्दुम सपनामा पाएन । त्यो साकेन्वालुङलाई धेरै बर्षसम्म कसैले पनि थोक्दाएन । तैपनि बुधाहोङको सेतो हात्ती सधैं उभौली र उधौलीमा आपैmँ आएर पुमा साकेन्वालुङको वरिपरि सरसफाइ गरी त्यस साकेन्वालुङको हेरचाह गथ्र्यो । तर, धेरै बर्षसम्म पनि त्यो साकेन्वालुङलाई थोक्दाउने मुन्दुम माङपाहरूले सपनामा नपाएपछि सदाभैmँ आपैmँ आएर त्यो साकेन्वालुङको वरिपरि सरसफाइ गरी साकेन्वालुङको हेरचाह गर्ने बुधाहोङको त्यो सेतो हात्तीले पुमासोहोनकोे साकेन्वालुङलाई भाँच्नु खोज्यो, तर भाँच्नु सकेन । फेरि उखेल्नु खोज्यो, तर उखेलिएन । बरु त्यो साकेन्वालुङ झन्–झन् जमिनमुनि पो भासिनु थाल्यो । त्यो सेतो हात्तीले पनि ठेलेर पुमासाकेन्वालुङलाई बाङ्गो पारिदियो । त्यो घटनाले पुमासोहोनकोे किरातीहरूमा हल्लिखल्ली मच्चियो ।
पुमासोहोनकोे किरातीहरू भेला भएर त्यो सेतो हात्तीलाई धपायो । त्यो हात्ती भागेर छोङखासाकेन्वाको माङखिममा पुग्यो । त्यो हात्तीले छोङखा साकेन्वालाई भत्काउनु खोज्यो, भत्किएन । भाँच्नु खोज्यो, भाँचिएन । सुँडोले उखल्नु खोज्यो, उखलिएन । त्यसपछि भएर भरको बललगाएर छोङखा साकेन्वालुङलाई सुँडाले उखल्नु खोज्दा त्यो हात्ती चिप्लिएर वुङवाहोङकुमा लडी म¥यो । त्यो सेतो हात्ती लडी मरेको ठाउँमा दह छ । त्यस दहलाई हात्ती दह भनिन्छ ।
त्यसरी बुधाहोङको सेतो हात्तीले पुमा सोहोनको साकेन्वालुङलाई विटुलो पारेपछि स्थानीय किरातीहरू भेला भएर सभासम्मेलन ग¥यो । त्यो सभाको निर्णयअनुसार त्यहाँकोे किरातीहरूले त्यो बुधाहोङको सेतो हात्तीले पुमासोहोनकोे साकेन्वालुङलाई कुल्चेर, भाँचेर, बाङ्गो पारिदिएर बिटुलो पारेकोले गर्दा अब उप्रान्त त्यो किरातीहरूले त्यस साकेन्वालुङलाई उभौली र उधौलीमा आ–आफ्नै घरको सुप्तुलुङ२०मा पूजा गर्ने निर्णय ग¥यो । त्यही समयदेखि पुमाहरूले आ–आफ्नै घरमा साकेन्वा उभौली र उधौलीमा पूजा गर्नु थाल्यो । त्यस साकेन्वालाई फागु पनि भनिन्छ । यस साकेन्वा पुजा गर्दा चोखोनितो गरेर विभिन्न प्रकारको सिलीहरू छिप्नैपर्छ । हालसम्म यो चलन कायमै छ ।

(वर्तमान अवस्थामा पुमा साकेन्वाको अवस्था ।)
स्रोतहरू
१. स्रोेत व्यक्तिहरू :
श्री चतुरकुमारी राई (विसं. १९९३), चिसापानी–७, पाथीभारा खोटाङ, नेपाल ।
श्री जगतबहादुर राई (विसं. १९८२–२०८०), पथरी सनिचरे–१, मोरङ, नेपाल ।
श्री जसबहादुर राई (विसं. १९७९–२०७४), चिसापानी–७, पाथीभारा खोटाङ, नेपाल ।
श्री टीकामाया राई (विसं. १९८०–२०७५), मौवाबोटे–३, खोटाङ, नेपाल ।
श्री दुर्गाबहादुर राई (विसं. १९८९–२०६६), दिब्लुङ–६, अल्लेगैरा, खोटाङ नेपाल ।
श्री पृथीबहादुर राई (विसं. १९८४–२०७८), दिब्लुङ–३, नागी, खोटाङ, नेपाल ।
माङपा श्री लछुमण राई (विसं. १९८९–२०६७), चिसापानी–४, बाँजगरा खोटाङ नेपाल ।
माङपा श्री गजबहादुर राई (विसं. १९९०–२०८०), चिसापानी–७, खोटाङ, नेपाल ।
माङपा श्री दिलबहादुर राई (विसं. १९९३–२०६५), चिसापानी–७, खोटाङ, नेपाल ।
माङपा श्री गङ्गामाया राई, (विसं. २०२५), चिसापानी–७, खोटाङ ।
माङपा श्री गौधन राई, (विसं. १९९५), मौवाबोटे -२, कुराखिम, खोटाङ, नेपाल ।
२. सन्र्दभश्रोत पुस्तकहरु :
पुमा, प्रवीण । २०६७ । किरात मुन्दुमी लोककथाहरूको अध्ययन । काठमाण्डौ : नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सरकार ।
……। २०६८ । हेन्खामा–निनाम्मा (दोस्रो संस्करण) । खोटाङ ः सुम्निमा थिएटर एकेडेमी, चिसापानी–७, पाथीभारा, नेपाल ।






