छाडिदिन्छु तिम्रो बस्ती (गीत)
छाडिदिन्छु तिम्रो बस्ती, मोज गर तिमी सधैँ
जसोतसो बाँचूँला म, भोज गर तिमी सधैँ
साथ हुँदा साथ छैन, कति मात्र सहिबसूँ
तिम्रा निम्ति हर दिन कति मात्र तल खसूँ
तिमी चोखो तिमी सत्य, तिम्रै माथि कुरा सबै
छाडिदिन्छु तिम्रो बस्ती, मोज गर तिमी सधैँ
कतिन्जेल थाम्नु मैले, तिम्ले दिने पीडाहरू
भित्रभित्रै टुक्रेपछि के नै बाँकी हुन्छ अरू
मेरो अन्त्य भएपछि खोज गर तिमी सधैँ
छाडिदिन्छु तिम्रो बस्ती, मोज गर तिमी सधैँ ।
– वसन्तराज अज्ञात






