आँशु र आशा (नाटक)-सौभाग्यसिंह राई
पहिलो दृश्य
बिमल : अरे यार … भोलि न्याँ वर्ष खोइ काम पनिकेहि छैन अहिलेसम्म, बिहान फोन गरेको केटाहरूकहाँ छन् यार अहिलेसम्म आएको छैनन् ।
रुपक : आउँदै होला नि केटाहरूयहीँ नजिकै त हो नि ! (मिलन र देवराज आउँदै)
मिलन : (एकै स्वरमा) ओहो केटा हो के छ ?
बिमल : (हात मिलाउँदै) उल्का टाइम लगाउँदो रहेछन् केटाहरू। तैट्
देवराज : हल्का….
बिमल : भोलि न्याँ वर्ष प्लान के बनाएको छ ।
देवराज : पख, पख म भन्छु है । म चाहिँ भोलि आ…मस्तले सुत्ने हो ।
रुपक : मेरो विचारमा चाहिँ हाइकिङ्ग जाउँ ।
मिलन : हाइकिङ्ग तैट् यस्तो हाइकिङ्ग पनि जान्छ ।
बिमल : तेरो हाइकिङ्ग त नै जा ।
रुपक : अनि के गर्नेु त ?
मिलन : बरु एउटा घरमा जाउ टन्न खाम अनि निस्किउँ न त ।
बिमल : (मिलनलाई देखाउँदै) यसकोमा जाउँ न, पैसा मिलाउ ।
रुपक : निकालम न त पैसा ।
देवराज : फेरि कोही आयो भने यसको घरमा !
मिलन : कोही आउँदैन के, कस्तो डराउँछ के । कस्तो डराउँछ ?पैसा चाहिँ निकाल न, अरुम मिलाउँछु । (बिमल सबैसँग पैसा उठाउँदै गर्दा)
बिमल : (देवराजसँग) जहिले ५ रुपिँया लिएर आउँँछ । (मिलनलाई पैसा दिदै) यसो दाइलाई फोन गर्न मालको लागि, माल है माल ।
मिलन : यो त नभएसम्म सियोर नै हुन्न नि यार ।
रुपक : मजा है मजा ।
मिलन : ओइ त्यो दाइको नम्बर कति रे ?
रुपक : ९८६३०… ९८६३० वाला के ।
बिमल : त्यहाँ सेभ गरेको छ की ! (कुरा गर्ने क्रममा दाइ आउँदै)
दाई : ओ भाइहरूहो के छ हो…
बिमल : ऊ आइपुग्नुभयो त । (सबै हल्ला गरेर हात मिलाउँदै)
दाई : ठिक छ हैन भाईहरू।
रुपक : ठिक छ दाई ।
बिमल : नाम लियोदाई हाजिर ।
रपक : आयु लामो रहेछ दाईको ।
मिलन : ल आयु चाँहि रहेछ ।
दाई : मैले फोन गर्न लाइरहेको थिएँ । (देवराजले दाइको क्यापनिकालेर लगाएर दाईलाई माल फकाउँदै)
दाई : (क्याप निकालेर लगाँउदै) तैट् भाइ
रुपक : नचलाइदेऊ के कस्तो रहेछ ?
देवराज : (चुरोट खाको जस्तो इशारा गर्दै) दाई यसो माल छ त ?
दाई : दाईसँग नहुने पनि कुरा हुन्छ ।
मिलन : नहुने कुरा हुन्छ । ल निकाल्नु त दाई ।
दाइै : कस्तो कुरा गरेरको भाई । यस्तो पब्लिक छन यहाँ ।
बिमल : ह्या २,३ जना त छन् ।
दाई : एकछिन मेरो कुरा सुन ।
मिलन : हुन्छ । के गर्ने नि त ?
दाई : पैसा कोसँग छ ?
मिलन : मसँग छ ।
दाई : ल यहाँ कुना कोप्चामा आउ । (सबैजना जाँदै)
दाई : (अरुलाई रोक्दै) ए सब नआउ के सब नआउ ।
बिमल : दाई फेरि माल कडा हुनुप¥यो नि फेरि (सबैजना गफ गरेर बस्दै) (दाई पैसा लिएर माल दिँदै)
मिलन : ल दाई हेप्पि न्याँ वर्ष है ।
दाई : ल राम्रोसँग नयाँ वर्ष मनाउँ है । म अर्को ठाँउमा पनि जानु छ । पछि भेटौँला, सम्झिँदै गर है त । (हात मिलाउँदै) ल भाईहरू ल न्याँ वर्ष राम्रोसँग मनाउ है ।
बिमल : ल ल दाई ।
मिलन : (माल दिँदै) बबाल रहेछ केटा हो बबाल ।
देवराज : (लिएर रमाएर बिमलाई दिदै) आहा… आहा… ।
बिमल : (नाकले सुघेर राख्दै)
मिलन : ओइ जाम जाम । मलाई त हतार भइसक्यो । (सबैजना जान लाग्दा विक्रमलाई देखेर बोलाउँदै)
देवराज : ओ हो के छ ? साथी किन सेन्टी भएको ।
बिमल : (भुडीमा हान्दै) भँुडे …
विक्रम : हैन म घर जान आँटेको केटा हो ।
देवराज : कहाँ घर न सर बस्न यहाँ ।
मिलन : (विक्रमलाई तान्दै) आइज आइज म तँलाई स्वार्ग देखाउँछु । ल बस ।
रुपक : जहिले पनि नर्क हेरेर बस्छ यार ।
विक्रम : (बस्दै)घरमा समस्या छ के । म निस्किन्छु के ।
केटाहरू : (एक अर्को कुरा गरेपछि ।) ह्या बस के बस ।
देवराज : (अंगालो मार्दै) आ के टेन्सन लिइरहेको ।
विक्रम : मेरो घरको हालत जति तिमीहरुलाई थाहा छ नि ।
मिलन : (चुरोटमा माल राखेर दिँदै) ला त ला स्वार्ग देख्छस ।
विक्रम : ह्या यो चुरोटसुरोट खाँदिन म पहिले पनि खाको हो ।
मिलन : नाटक नगर्न पहिला नखाको जस्तो ।
विक्रम : फेरि म कुलातमा फँस्छु के ?
मिलन : (हातमा दिइएर धकेल्दै) ह्या जा न जा ।
बिमल : अस्ति हामीले खाएर फिलिफिलि भएको होइन गाईज, लाग्न चाहिँ प¥यो ।
देवराज : एउटा गीत गाइदे त । (विक्रम आफ्नै पारामा आउँछ । उसलाई देखेर सबै केटाहरूहाँस्दै
रुपक : गाइदिम त नि ।
बिमल : (सिट देखाउँदै) बाइ यहाँ छ बस्ने कुरा कहाँ टोलाइरहेको ।
रुपक : बस न त नि । (सबै केटाहरूएकै स्वरमा गीत गाउँदै, अनि विक्रम मुस्कुराउँदै र हाँस्दै)
बिमल : (बोलाउँदै) ओइ विक्रम ओइ । (सबै केटाहरू विक्रमलाई जिस्किाएर जाँदै । विक्रम आफ्नै पारामा मस्त हुँदै त्यहीँ बस्छ ।)
केटाहरू : (विक्रमलाई एकै स्वरमा) ओइ घर जा है राम्रोसँग । (विक्रम आफ्नै पारामा त्यहीँ सुत्छ ।
दोस्रो दृश्य
(बिरामी आमा शिखा बढार्ने क्रममा छोरी सलिना आउँदै)
सलिना : घर पनि कति फोहोर हो कति बढार्नु (कुचो लिँदै) खै दिनु म बढार्छु । (बढार्दै) के भयो आमा, अनि खाना बनाउनु भयो त ?
शिखा : खान्नँ ।
सलिना : आमा, आमा के भयो ?
शिखा : (झर्किँदै) जा उता जा ।
सलिना : (फोहोर उठाएर लैजाँदै) बस्दै गर्नुस म खाना बनाएर आउँछु ।
शिखा : खान्नँ ।
विक्रम :
बहिनीसँग) नानु मैले खाना बनाइसकँे है । (भित्रबाट आउँछ र खोक्दै गरेको आमा नजिकैको खाटमा मोबाइल चलाएर बसिरहेको क्रममा बाबा प्रदीप रक्सी खाएर विक्रमलाई बोलाउँदै प्रवेश गर्छन्)
प्रदीप :
ओए बेकामे तेरी आमालाई चुप लाग भन न भनेको कि यसको मुख टाल्दे (घाँटी थिच्न जाँदै) होइन भने म यसको घाँटी निचोरदिन्छु अहिले । होइन यो घर हो कि हस्पिटल हो भन्या राम्रो खान पनि नपाइने ।
विक्रम : खाएर बसे भइहाल्यो नि ।
प्रदीप :
के रे (छोरा नजिक जादै) तँ ट्यापे दिन भरि डुलेको छस्, घुमेको छस् । पढ्नु लेख्नु छैन । तँ सँगैको साथी कहाँ कहाँ पुगिसके (टाउकोमा हान्दै) तँ भने बहुलाई बस ।ट्यापे काहीँ नभएको । आज के खाएर आको छस् । भन त ।
विक्रम : (
रिसाएर उठ्दै) चुप लाग्नुस है । यो सब तपार्इँले गर्दा भएको हो त नि मैले कति भने तपाईँलाई हँ, कहिल्यै माया गर्न जानेको छैन । १२ को इक्जाम पनि तपार्इँको कारणले दिन पाइन , फि तिर्नु भएन । किचकिच गरेको छ जहिले किचकिच गरेको छ । खुरुक्क आफनो काम गर्नुस् न ।
प्रदीप :
नापिस… हामीले पनि एस.एल.सी पछि आपैंm कमाएर पढेको हो । पढ्ने मन भए तँ पनि आपैm कमाएर पढ् । पढन् मन गर्दैन खालि मोबाइल चलाएर बस्छ । (छोराको मोबाइल खोस्दै) ले यहाँ मोबाइल ।
विक्रम : (आक्रोशित हुदै) छोड भनेको तँ आफ्नो ठाँउमा गएर खा ।
शिखा : (खोक्दै) कति कराउँछ ?
प्रदीप : (श्रीमतीसँग) चुप । (सलिना खाना लिएर आउँदै)
सलिना : यो घरमा पनि कति किचकिच किचकिच हुन्छ । कहिले शन्ति नमिल्ने भयो । (आमालाई खाना दिँदै) यी आमा खाना लिनुहोस् दादाले बनाउनुभएको मिठो होला ।
प्रदीप : खाना… दिनभरि पसिना चुहाई चुहाई काम गर्ने म अनि खाने बेलामा चाहिँ तिमीहरूघिच्ने।
शिखा : (खाना खाँदै)
प्रदीप : (खाना खोसेर लैजाँदै) पहिले बाउलाई दिनुपर्छ भन्ने थाहा छैन तिमीहरुलाई?
सलिना :
हैन ड्याडी मामु बिरामी भएको पनि मात्र २ वर्ष त भयो नि । मामु बिरामी हुनुभन्दा पहिला त पसलबाट सबैलाई पाल्नुभएकै थियो, तपाईँलाई पनि बाइकमा घुम्न छोड्नु भएको नै थियो त । यो संसारमा तपाईँले सबैभन्दा बढी माया गर्ने भनेकै रक्सीलाई हो । मात्र रक्सीलाई ।
प्रदीप : (छोरीसँग) के रे,के भनिस्? गर्छु त म माया रक्सीलाई । हिजोको चल्ला आज बर्ता पो बोल्दि रैछे । (हातको गिलासले हान्न खोज्दै) तँलाई त यही गिलासले….
विक्रम : (हात रोकेर धकाल्दै) ए… उता जा उता जा फेरि म तँलाई बाउ साउ भन्दिन नि । (शिखा बस्दै र सलिना रुँदै)
प्रदीप : ए…. (हान्न खोज्दै)
विक्रम : आमा र बहिनीलाई छोएर त देखा तँलाई म घर आउन दिन्न ।
प्रदीप : अब त हुँदा हुँदा बाउलाई समेत हात हाल्ने भइस होइन । ल भोलिबाट तेरी आमा र तेरी बहिनीलाई तँ नै पाल । कसरी पाल्दो रहेछस्?
विक्रम : (टाउको छोपेर हात काँप्दै) पाल्छु के गर्छस ।
प्रदीप : म पनि हेर्छु कसरी पाल्दो रहेछस ? शान्तसँगले बस्न पनि नदिने भए यो घरमा(रक्सी र खाना लगेर भित्र जाँदै) उतै गएर खान्छु ।
विक्रम : (सलिनालाई सम्झाउँदै) नानी नरोउ जाउँ हिड् आमालाई अहिले गाह्रो हुन्छ । (खोक्दै गरेको आमा नजिक जाँदै)
विक्रम : आमा… भित्र जाउँ, आमा भित्र जाउँ सुत्नलाई । (शिखा खोकेर बिस्तारै उठ्दै)
विक्रम : बिस्तारै आमा बिस्तारै । (आमा, छोरा र छोरी भित्र जादै) (मध्यरातमा सलिना एकदमै निराश भएर रोएर लाइटर बाल्दै र निभाउदै)
सलिना : (लाइटरसँग) तँ पनि बल्दैनस है । तँैले पनि थाहा पाइस् है मेरो जीवनमा अँध्यारै अँध्यारो छ भनेर (कहिले हाँस्दै कहिले रुँदै) हे भगवान के अब हाम्रो जीवन यस्तै हो त ?(रुँदै) एक एक खुसी हाम्रो हातबाट चिप्लिेर जाँदै छन । यो दुःख र चिन्ताको भुमरीमा हामी कहिलेसम्म ? सबैलाई थाहा छ हाम्रो जीवनमा अँध्यारो अँध्यारो लागेको छ भनेर त्यसैले स्कुलमा होस या समाजमा अपहेलना र दुःखबाहेक केहि महसुस गर्न सकिनँ । (रुँदै) अब म मेरो बचेको जिन्दगीलाई तिरस्कार गर्दछु । (उठेर यता उता हेरेर हातमा डोरी लिँदै) अब म मेरो जिन्दगीको निर्णय आपैmँ लिन्छु ।
सलिना : मेरो जन्म मेरो हातमा हुन नसके पनि मेरो मुत्यु मेरो हातमा लिन्छु । (सलिना आत्महत्या गर्न खोज्दा विक्रम आएर हत्तपत्त हातको डोरी खोसेर फाल्दै)
विक्रम : नानु नानु के गरेको यो ? के गरेको के ? (पर्दा बाहिर दाजु बहिनी खाटमा बसेर रुँदै)
विक्रम : नानु किन यस्तो गरेको नानु । के भयो तिमीलाई ?
सलिना : दादा म यो संसार र तिमीहरुबाट बिदा हुन चाहन्छु ।
विक्रम : (रुँदै) नानु तिमी किन यस्तो भन्दै छौ के ? म र आमाको बाँच्ने आशा नै तिमी हौ के ?तिमीले यस्तो भन्यौ भने कसरी बाच्ने नानु कसरी बाच्ने ?(भक्कानिएर रुँदै) मलाई माफ गरिदेउ नानु मलाई माफ गरिदेउ । मैले तिम्रो र आमाको लागि केहि गर्दिन सकिनँ तर आफ्नो घरको समस्या मैले साथीभाइलाई भने उनीहरुले मलाई शान्ति मिल्छ भनेर ड्रगमा फँसाए नानी ।
सलिना : दादा मलाई नि शान्ति चाहिएको छ मलाई पनि अलिकति ड्रग दिनुस् ।
विक्रम :
(रुँदै) नानु यो ड्रग खाएर शान्ति मिल्दैन रहेछयसले खाउन्जेलसम्म मात्र तिमीलाई शान्ति दिनेरहेछ र भोलिपल्ट छ नि तिम्रो शरिर एकदमै कमजोर हुने, एकदमै थकान महुसस हुने केही गर्न नसक्ने, हात खुट्टा थरथर काम्ने, मुखबाट ¥याल आउने, नाकबाट सिँगान आउने तिमीलाई कमजोर बनाउने रहेछ नानी । यस्ले त तिमीलाई झन कमजोर बनाउने रहेछ नानी ।
सलिना : दादा अब के गर्ने त यस्तो गरेर जिन्दगी चल्दैन त ?
विक्रम :
म सँग केही उपाय छ । मलाई यो ड्रग कुलत हो भन्ने थाहा गरायो । म प्रत्येक दिन कसम खान्छु नानु । (रुँदै) १, २ घण्टा पछि फेरि यो लतमा लागिहाल्छु । मलाई एकदमै सिक हुन्छ नानी, म के गरौँ ? मलाई रिहाबमा लैजाउन नानी । म कुलतबाट निक्लन चाहान्छु । म यो पिँजडाबाट यो भुमरीबाट निस्कन चाहान्छु नानी ।
सलिना : (विक्रमलाई सम्हाल्दै) नरुनुस् दादा नरुनु तपाईँलाई रिहाबमा लैजाने पैसा अब म कमाउँछु ।
विक्रम : नानी तिमीले सकेको कोसिस गर । तिमीले कोसिस गर्दा पनि भएन भने तिमी जे भन्छौ नि त्यही गर्छु ।
सलिना : दादा मामुले सिलाई गर्ने ठाँउको म्यामले काम दिन्छु भन्नुभएको छ, भोलि नै त्यहाँ कामको लागि जान्छु । (विक्रमलाई उठ्उँदै) उठ्नुस् दादा अब ।
विक्रम : (उठ्दै) हुन्छ नानी । नानी यहाँ जे भयो आमालाई नभन है ।
तेस्रो दृश्य
(टेलरमा किरण म्याम गीत गाएर लुगा सिलाउने क्रममा सलिनाको प्रवेश हुन्छ ।)
सलिना : (हात जोडेर) नमस्कार म्याम ।
किरण : नमस्कार नानी । ए नानी आइपुग्यौै । अँ साच्ची नानी तिमी कलेज गएर यहाँ काम गर्न आउन भ्याउँछौ त ?
सलिना : टाइम त म मिलाई हाल्छु त म्याम काम चाहिँ दिनुस् न ।
किरण : अनि आउँछ त तिमीलाई ?
सलिना : पहिला मामुसँग अलिअलि सिकेको थिएँ । अब चाहिँ आउँछ ।
किरण :
ए तिम्रो मामु पहिला यहीँ काम गर्नुभएको हो नि । तिम्रो मामुको काम एकदम राम्रो परफेक्ट तालिम भएर लिएको हो नि । आउ त हेरुम तिम्रो काम कस्तो छ । त्यहाँ बस्दै गर तिमीलाई यो कपडा दिन्छु ल । (सलिना लुगा सिलाउने मेसिनमा बस्दै)
किरण : म के गर्छु भने नि नानी सुरुमा आउनु भएको मान्छेलाई यहाँ सिकाउँछु अनि यहाँबाट जानेर परफेक्ट भएपछि उता लैजान्छु । (पछाडि देखाउँदै) उता पनि छ मेरो । ल यो गर त ।
सलिना : (सिलाउन खोज्दै)
किरण : (कपडा मिलाउँदै) अनि नानी आज भोलि त ममी देखिनु हुन्न ममी ठिक त हुनुहुन्छ ?
सलिना : मामुलाई अलि सन्चो छैन त्यही भएर घरमै हुनुहुन्छ ।
किरण : ए, के भएको नि ?
सलिना :
खोइ म्याम के भएको हामीलाई पनि थाहा छैन ?घरमा हुँदाखेरी सुतेर बस्नुहुन्छ । हामीले केही भन्यो भने गाली गर्नुहुन्छ, झर्किनुहुन्छ, राति निदाउनु पनि हुन्न, खाना पनि कहिले खान मन लागे खानुहुन्छ खान मन नलागे खानुहुन्न ।
किरण : अनि हस्पिटल लगेको छैन ?
सलिना : हजुरलाई पनि त थाहा छ त म्याम हाम्रो घरको अवस्था हस्पिटल नै लानसकेको छैन ।
किरण : अस्ति मैले तिम्रो मामुलाईदेख्दाखेरी त बाटोमा हट्टाकट्टा मोटो देखिनुहुन्थ्यो त तर म हतार भएको कारणले बोल्न पाएन नि नानी ।
सलिना : हजुर हेर्दा त हट्टाकट्टानै देखिनुहुन्छ ।
किरण : पहिला मेरो साथीको बुहारीलाई पनि यस्तै भएको थियो । उसलाई हस्पिटल लगेर ठिक भयो । तर यो डिप्रेसनको लक्षण हो नानी ।
सलिना : हस्पिटल लग्यो भने ठिक हुन्छ म्याम ?
किरण : एकदम ठिक हुन्छ हस्पिटल लग्यो भने ।
सलिना : के गर्नु र हामीसँग हस्पिटल लाने पैसा पनि छैन ।
किरण : ए साँच्चै नानी तिम्रो मामुलाई मैले २ वर्ष अगाडिको पैसा दिनु थियो । किन आउनुभएन भनेको त बिरामी पो हुनुभएछ । बस है म हिसाब हेर्छु ।
किरण : (रजिस्टर हेर्दै) तिमी त्यहीँ काम गर्दै गर है नानु म हेर्दै छु । यता पनि छैन उता छ कि (भित्र जाँदै (सलिना कपडा सिलाउने क्रममा किरण रजिस्टर लिएर जाँदै)
किरण : यी नानी भेटियो । तिम्रो मामुको ४ हजार दिनुरहेछ । जाँउ हस्पिटल लैजाउँ ।
सलिना : हस्पिटलमा लागेको खर्च तपाईँ गर्नु । पछि म यहाँ कमाएर दिन्छु नि हजुरलाई ।
किरण : तिमी टेन्सन नगर न जति लाग्छ म हेरौँला पछि मिलाउँला । बरु हस्पिटल लागिहालौँ । (पसलमा भाइसँग) हे भाई
भाई : हजुर
किरण : तपार्इँ यहाँ हेर्दै गर्नु ल म एकछिन बहिर जाने काम प¥यो, राम्रोसँग हेर्नु ल ।
भाई : हस् दिदी हस् ।
किरण : हस् हस् ।
बहिनी : गारेमेन्टमा नयाँ सामान पनि हाल्नु छ है म्याम ।
किरण : ल, ल हेर्दै गर्नु नि फेरि ।
बहिनी : हस् म्याम हस् । (शिखा खोक्दै एकोहोरो बत्ती कातेर बस्ने क्रममा किरण र सलिना आउँदै)
किरण : (बोलाउँदै) शिखा ए शिखा ।
सलिना : (घच्घचाउँदै) आमा ए आमा यता हेर्नु । (शिखा यता उता हेरेर बत्ती कात्दै)
सलिना : को आउनुभएको चिन्नुभयो ? भन्नुस त ।
शिखा : म्याम
किरण : (शिखा नजिक बस्दै) अनि नानी दादा खोइ त ?
किरण : ल सिप भनेको एकदम राम्रो जानेको मान्छे हो के । कपडा पनि त्यति राम्रो सिलाउने, बत्ती पनि त्यति राम्रो कात्ने ।
शिखा : (झर्को मान्दै) कति कराएको ?
सलिना : म्याम दाइ बाहिर छ अहिले आइहाल्नुहुन्छ ।
शिखा : ठिक छ नानी ठिक छ ।
विक्रम : (आउँदै) नानी किन बोलाको ? (म्यामलाई देखेपछि ।) ओहो म्याम नमस्कार ।
किरण : नमस्कार (सलिना आमाको कपाल मिलाउँदै गर्दा)
शिखा : (ठुलो आवजमा) उता जा ।
किरण :
बाबु तपाईँसँग एउटा सल्लाह छ । यता आउनु त (उता लैजाँदै) तपार्इँको आमालाई हेर्दाखेरी डिप्रेसनको लक्षण जस्तो छ । मेरो साथीको बुहारीलाई पनि त्यस्तै भएको थियो । हस्पिटल लगेर ठिक भयो । उहाँलाई नि लैजाउ न ठिक भइहाल्छ ।
विक्रम : हस्पिटल त लानुहुन्थ्यो नि हामीसँग हस्पिटल लाने पैसा छैन के गर्नु ?
किरण : तपाईँ किन पिर लिनुहुन्छ जे जति लाग्छ म गर्छु । पछि मिलाउँला नि ।
विक्रम : (हात जोडेर) हस् म्याम ।
किरण : ल लैजाम ।
विक्रम : नानु समात आमालाई ।
विक्रम र सलिना : (एकै स्वरमा) आमा जाम ।
शिखा : (ठुलो स्वरमा) नकराउ उता जाउ ।
सलिना : (दाइसँग) त्यति त गर्न दिनुस् न ।
किरण : एकछिन हुनदेउ । (आमा खोक्दै एक सुरमा बत्ती कातेको बेलामा छोरा र छोरीले बोलाउँदै)
विक्रम : आमा भयो के जाउँ आमा भयो के ।
सलिना : (समातेर) आमा जाउँ ।
विक्रम : जाम न एकछिन बाहिर हावा खान ।
किरण : जाम न बाहिर ।
सलिना : बाहिर गएर आइहाल्ने हो के (जबरजस्ती उठाउँदै)
शिखा : मलाई जानै मन छैन । बाहिर नजाने ।
विक्रम : एकछिन हावा खान हो के जाउँ न जाउँ, बिस्तारै आउनुस् ।
किरण : बिस्तारै हिँड्नु ।
शिखा : बाहिर निस्किन्न म ।
विक्रम : जाउँ न कोही पनि हँुदैन के आमा । (सबैजनाले जबरजस्ती आमालाई हस्पिटल लैजाँदै)
चौथो दृश्य
(हस्पिटलमा शिखालाई डाक्टरसाबले चेक गरेपछि डाक्टरले सल्लाह दिँदै)
डाक्टर : रिपोर्टहरूआइरहेको छ है । (सलिनासँग) औषधि त खुवाइरहनु भएको छ नि ।
सलिना : हजुर हजुर ।
डाक्टर : (देखाउँदै) यो औषधी हैन सबै ।
सलिना : हजुर हो ।
डाक्टर : राम्रोसँग राख्नु है ।
सलिना : हुन्छ हजुर ।
डाक्टर : (रिपोर्ट दिँदै) एक्सरेहरुको रिपोर्ट आएको छ । रिपोर्ट अहिलेसम्म राम्रो छ । राख्नु यो पनि ।
सलिना : (रिपोर्ट लिदै) हस् डाक्टरसाब ।
डाक्टर : खानासाना खुवाउनु है फकाई फकाई केही प¥यो भने मलाई बोलाउनु म पछाडी हुन्छु ।
सलिना : हस् । (शिखा बेडमा सुतिरहेको बेलामा सलिनाले टाउकोमा हात राख्दै)
शिखा : (ठुलो आवाजमा) ह्या उता जा । (हस्पिटलमा विक्रम आएर आमालाई बोलाउँदै)
विक्रम : आमा (सलिनासँग) नानु आमाले खाना खानु भयो त ?
सलिना : छैन । औषधी खुवाउने भन्नुभएको थियो ।
विक्रम : आमा खाना खानुभयो ?
शिखा : (उठ्दै) अँहँ छैन ।
विक्रम : नमस्कार डाक्टरसाब ।
डाक्टर : (डाक्टरसाब आउँदै) नमस्कार कस्तो छ अहिले ।
विक्रम : अहिले आमालाई अलि ठिक भएको छ ।
डाक्टर : राम्रोसँग हेर्दै गर्नु । औषधि चाहिँ टाइममा खुवाउनु, नियमित खुवाउनु है (शिखासँग) खाइरहनु भएको छ नि ?
शिखा : खाइरहेको छु ।
डाक्टर : ल, म बेलाबेलामा आउँदै गर्छु ।
विक्रम : आमा म जुस लेराउछु बस्दै गर्नुहै । (सलिनासँग) नानु हेर्दै गर है आमालाई । (सलिना हस्पिटलमा आमालाई कुर्दै)
सलिना : (आमा नजिकै जाँदै) आमा ठिक छ नि ।
शिखा : ठिक छ । (शिखा सुतिरहेको क्रममा डाक्टर आउँदै)
डाक्टर : शिखा जी कस्तो छ अहिले तपाईँ ।
शिखा : (उठ्दै) नमस्कार डाक्टरसाब ।
डाक्टर : नमस्कार नमस्कार (कुर्सीमा बस्दै) अब डिस्चार्ज हुने बेला पनि आयो । अब सद्धे भइहाल्यो । फोन नं. मैले त्यहाँ लेख्देको छु । केही प¥यो भने मलाई फोन गर्नुहोला नि ।
शिखा :
त्यही त आफ्नो कुरा कसैलाई भन्न सकिँदैन । छोराछोरी सानो छन् तिनीहरू पनि कसरी भन्नु । पहिले त हाम्रो सबै राम्रो थियो । हामीले गाँउबाट पसल ग¥यो । बुढाबुढी छोराछारी सहरमा पढाउनु भनेर काठमाडौँसम्म आयौ । राम्रो व्यापार भइरहेको थियो । (आफुलाई हेर्दै) म बुढी भएर हो कि उहाँले अर्को केटी हेर्न थाल्नु भयो । उहाँको साथीले मलाई भन्नुभयो, “भाउजू दाई कोही केटीसँग लाग्नुभएको छ तर मैले भनेको नभन्दिनु होला” भनेर भन्नु भएको थियो । उहाँले नभन्नु भनेपछि मैले भन्न पनि सकिनँ । मनमा गाँठो बसिरहेको थियो । छोराछोरीको मुख हेरेर घरमा पनि भन्न सकिनँ, अनि मैले केही बोल्न सकिनँ अनि बिस्तारै बिस्तारै के भयो के भयो ?
डाक्टर :
यो जीवनमा परि आउने घटना हुन्छन् । यसैले तपाईँ दुखी भएर मनमा कुरा लिएर , हेर्नु त घर नै भताभुङ्ग भयो । तपाईँ त घरको मेन मान्छे नै तपाईँ । अब केही प¥यो भने मलाई फोन गर्नु न । म सबैलाई सम्झाइदिन्छु । फोन नंम्बर मैले लेख्देको छु । मनमा अब आनन्द लिनु है । ल शुभ यात्रा ।
शिखा : हस् ।
डाक्टर : यस्तो त जीवनमा परिरहन्छ । केही प¥यो भने मलाई फोन गर्नु न । पिलरलाई केही भयो भने आपत् नै हुन्छ तपार्इँलाई । (किरण, विक्रम र सलिना आउँदै)
किरण : डाक्टरसाब नमस्कार ।
डाक्टर : नमस्कार नमस्कार हजुर । आज डिस्र्चाज हो ।
किरण : हो ।
डाक्टर : हैन तपार्इँले पैसा बुझाइदिन्छु भन्नुभएको छ ।
किरण : हजुर मैले भनेको छु ।
डाक्टर : हामीले पनि पैसा आधा गरेका छौँ, डिस्काउन्ट गरेका छौँ ।
किरण : ए थ्याङ्क यु ।
डाक्टर : लगेर काउन्टरमा बुझाइदिनु न ।
किरण : (बोलाउँदै) शिखा ठिक छ नि । ल ल म गएँ है त ।
डाक्टर : (विक्रमलाई) ल बाबु मम्मीलाई खुसीसँग राख्नु, आफु पनि राम्रोसँग पढ्नु ।
विक्रम : हस् ।
सलिना : दादा मामुलाई लिएर जाउँ ।
विक्रम : (रिर्पोट लिँदै) हस् डाक्टरसाब धेरै धेरै धन्यवाद ।
डाक्टर : रिर्पोट, औषधी सबै त्यहीँ छ । सबै लैजानु ।
शिखा : लुगा लेराइदिएको भए चेन्ज गरेर जानुहुन्थ्यो नि ।
विक्रम : (जादै) आमा भरे लिएरदिन्छु के ।
डाक्टर :
(सलिना) ल नानी मैले आमाको कुरा भनिहाले । अब आफ्नो आमाको कसरी ख्याल राख्ने आफुले राख्नुप¥यो, राम्रोसँग बस्नु । केही प¥यो भने मलाई फोन गर्नु । मैले फाइलमा फोन नंम्बर लेख्देको छु । म छु नि मलाई फोन गर्नु रात बिरात जतिखेर नि मलाई फोन गर्न सक्नुहुन्छ ।
सलिना : (हात जोड्दै) थ्याङ्क यु डाक्टरसाब तपाईँले मेरो आमा र दादाको ज्यान बचाइदिनु भएकोमा ।
डाक्टर :
अब हामीले गर्ने काम समाजसेवा नै हो नि । अहिले पो डाक्टरी पेसा व्यापार भएको छ त ! मलाई त यो व्यापार गर्नलाई म डाक्टर भएको होइन । म समाजसेवा गर्नलाई डाक्टर भएको हो । कुनै पनि बेला तपार्इँले मलाई फोन गर्न सक्नुहुन्छ है ।
सलिना : हस् नमस्कार ।
डाक्टर : (जाँदै) ल नमस्कार…
सलिना :
(दर्शकसँग) डिप्रेसन र एन्जाइटीको सिमटोम्स कस्तो हुन्छ भनेर पहिला मलाई पनि थाहा थिएन तर मेरो आमालाई देखायो त्यहीँबाट थाहा भयो । कसैको ज्यान मोटाउने, कसैको ज्यान घट्ने, कसैलाई खाना खान मन लाग्ने, कसैलाई खाना खान मन नलाग्ने, एकोहोरोपन हुने, आत्माहत्या गर्न प्रयास गर्ने, टाउको दुख्ने अनि शरीर कमजोर भएको महसुस हुने यस्ता लक्षण हजुरहरूया हजुरहरुको घर वा छिमेकीमा कसैलाई छ भने तपार्इँले चाडै नै स्वास्थ्य चौकी लानुहोला ।
पाँचौ दृश्य
(प्रदीप रक्सीको तालमा गीत गाएर बस्दै)
प्रदीप :
(एक्लै बोल्दै) यो साइलीको आँखा सन्काई पनि के हेर्ने ? अब १ बोटल खाएको हुन्छ ४, ४ बोटलको हिसाबकिताब पो गर्दिरहेछे भन्या । (यता उता हेर्दै) हैन आज घरमा पनि ख्वाक्क खुक्क पनि केही सुनिदैँन कहाँ गएछन् आज । हस्पिटल लगेको पनि ७, ७ दिन भइसक्यो कि बुढी खोक्दा खोक्दा माथी गई कि छोराले अस्ति भन्दैथ्यो आमा र छोरीलाई अन्त कतै पाल्न पो लग्यो कि पाल्नको लागि । ह्या जाओस मलाई के मतलब आफू त एक्लै यस्तो शान्तमा मोज गरिन्छ । (बोटल समाउँदै) आज तँ अनि म मोज गर्नु पर्छ एक्लै (गीत गाउँदै कुर्सीमा बसेर रक्सी गिलासमा हाल्दै) खान त खाने तर सितन भए कति आनन्द आउँथ्यो । (प्रदीप पियुदै गर्दा शिखा प्लेटमा सितन ल्याउँदै)
शिखा : हजुरलाई मन पर्ने चिज लेराइदिएको छु ।
प्रदीप : तिमीले पकाएको ?
शिखा : (बेड मिलाउँदै) हो ।
प्रदीप : अब बिरामीले पकाको के मिठो होला र ?
शिखा : अँ सााच्ची मेरो मेसिन देख्नुभएको थियो भन्या ?
प्रदीप : (खाँदै) आहा…… बुढी तिमी बिरामी भए नि खाना पकाउन चाहिँ बिर्सिएकी रहनेछौ ।
शिखा : मेसिन देख्नु भएको थियो भनेर सोधिरहेको छु । खाना पकाउनि कुरा गर्नुहुन्छ । (यता उता खोज्दै) कहाँ राखे होला है ।
प्रदीप :
(शिखा नजिक जाँदै) शिखा तिमी कति राम्ररी देखेकी यार ठ्याक्क ८ कक्षामा थियौ नि त्यति राम्री । (हात समाउँदै) आउ आउ बसन आउ बुढी यो मेसिनलाई तिम्रो लागि छोडिदेउ तिम्रो लागि अर्को नयाँ मेसिन किन्दिनछु हुँदैन ।
शिखा : त्यो पुरानो पनि काम चलिरहेको छ ।
प्रदीप : (फकाउँदै) नरिसाउन मेरी प्यारी बुढी ।
शिखा : ह्या मलाई मेरो मेसिन चाहिन्छ खुरुक्क त्यसैकोबाट लेराइदिनु । मलाई थाहा छैन थोत्रो भए पनि मलाई मेरै थोत्रो चाहिन्छ ।
प्रदीप : (कोखामा छाम्दै) आइया…
शिखा : के भयो ? नजिस्किनु है । छिटो लेराइदिनु भनेपछि अहिले आइया रे ।
प्रदीप : साँच्ची भनेको के (अइया अइया) !
शिखा : के भयो लौन (आत्तिएर छोरा छोरीलाई बोलाउँदै) बाबु ए बाबु, नानी छिटो आउन छिटो ।
विक्रम : (अत्तिँदै आउँदै) के भयो ? के भयो बाबालाई ।
प्रदीप : (मुर्छिँदै) यहाँ दुख्यो यहाँ दुख्यो …
सलिाना : (अत्तिँदै आउँदै) बाबा… बाबा…
विक्रम : नानी एम्बुलेन्सलाई फोन गर न । (सलिन एम्बुलेन्स फोन गर्छिन र एम्बुलेन्समा हस्पिटलमा जाँदै) (हस्पिटलमा डाक्टरसाब रिपोर्ट हातमा लिएर आउँदै)
शिखा : (प्रदीपलाई बसाउदै) गाह्रो भयो यता आएर बस्नु ल ।
डाक्टर : तपाईँहरुको रिपोर्ट आएको छ ।
शिखा : के भए छ त डाक्टरसाब ?
डाक्टर : धु्रमपान मध्यपान गर्ने गर्नु भएको थियो ।
शिखा : अँ उहाँ त रक्सी खाएको खाएकै गर्नुहुन्थ्यो, अनि मैले भनेकै मान्नुहुन्थेन ।
डाक्टर : (रिपोर्ट हेर्दै) लिवर त ड्यामेज भइसकेछ । अप्रेसन गर्नुपर्छ होला ।
शिखा : (आत्तिँदै) धेरै खर्च लाग्छ होला है डाक्टरसाब ।
डाक्टर : अलि अलि लाग्छ खर्च त लाग्छ हेर्नुस ।
प्रदीप : म्याम निको त हुन्छ नि ?
डाक्टर : निको हुन्छ तर अपरेसन गरेर फेरि हामीले एकचोटि रिपोर्ट चेक गर्नुपर्छ । अनि थाहा हुन्छ ।चुरोट पनि खानि गर्नु भएकोरहेछ । तपाईँको यहाँ रिपोर्टमा थाहा हुन्छ ।
शिखा : त्यहि त गनाउथ्यो के डाक्टरसाब मलाई थाहा नै थिएन खानुहुन्थ्यो भनेर ।
डाक्टर :
तपार्इँहरुले यो रक्सी चुरोटखाएर जिउलाई सजिलो आनन्द हुन्छ जस्तो लागेको होला । यसले कसरी इफेक्ट पार्छ, यसले कसरी काम गर्छ भन्ने कुरा आज म तपार्इँहरुलाई प्रस्ट देखाइदिन्छु ।
शिखा : हुन्छ ।
प्रदीप : (शिखासँग) बुढी मलाई बचाउन के जसरी पनि म मर्न चाहन्न के ।
शिखा : किन डराउनुहुन्छ के ?नडराउनु म छु साहारा ।
डाक्टर :
(दर्शकसँग) तपाइँहरूपनि हेर्नुहोला शान्त भएर रक्सीले पहिला के गर्छ, चुरोटले पहिला के गर्छ भन्न कुरा एकचोटि हेरौँ । हेरपछि तपार्इँलाई प्रस्ट हुन्छ । आँखाले नदेखेर होला । हाम्रो असिस्टेन्ट सर हुनुहुन्छ नि ल त प्रजेक्टर लगाइदिनुस त । (ध्रुमपान र मध्यापानले हुने लक्ष्णहरूर असरहरूप्रजेक्टरमा देखाइयो ।
डाक्टर : रक्सी, जाँड चुरोटले के के हुन्छ थाहा पाउनुभयो नि ?
दर्शक : थाहा पायौँ ।
डाक्टर : मुटु, कलेजो, फोक्सो के के हुँदोरहेछ ? थाहा भयो नि ?
दर्शक : थाहा भयो ।
शिखा : (प्रदीपसँग) थाहा पाउनु भो नि !
डाक्टर : (प्रदीपसँग) तपाईँले थाहा पाउनुभयो कि भएन ?
प्रदीप : थाहा पाए म्याम ।
डाक्टर : पहिलै यो भिडियो हर्नु पाउनु भएको भए खानुहुन्नथ्यो होला ।
शिखा : त्यहि त कहिले हस्पिटल आउन पनि मिलेन डाक्टरसाब ।
डाक्टर : हो त्यही भएर अहिले मैले देखाएँ । समय मै थाहा पाउनु भयो । अब कुलतबाट आफू पनि बाँच्नुप¥यो । समाज र बच्चाबच्चीलाई पनि बचाउनुप¥यो ।
शिखा : सबैलाई भन्नुपर्छ ।
डाक्टर :
ल तपार्इँको अपरेसनको डेट मैले फिक्स गरिदसकेको छु । काउन्टरमा गएर डेट लिएर जानु अनि डेट २ महिनापछि आउँछ होला । त्यो बेलासम्म रक्सी मुखमा नहाल्नु होला । मैले औषधी पनि लेख्देको छु । औषधी खाँदै गर्नुहोला ।
शिखा : हुन्छ ।
डाक्टर : ल जाम ।
प्रदीप : (शिखासँग गफ गरेर बाहिर निस्कँदै) मलाई माफ गरीदेउ है । मैले तिमीसँग धेरै अन्याय अत्याचार गरेको छु । (डाक्टर व्यस्त हुँदै) मलाई माफ गरिदेउ ।






