आजभोलि उनी-महेन्द्रदीप राई
आजभोलि उनी कुन गाउँमा या सहरमा छिन्,
अत्तोपत्तो केही छैन—रहरमा या कहरमा छिन्।
सपनाले कहिल्यै आकार लिएन, भयो बालुवासरी,
निष्पट्ट कुहिरो, अन्धकार, बादल अनि वर्षाझरी।
खै, मन पोलिरहन्छ—यहाँ बगरमा या लहरमा छिन्,
अत्तोपत्तो केही छैन—रहरमा या कहरमा छिन्।
खुसी हामी सँगै बाँडौँ, दुःख पनि सँगसँगै काटौँ,
भन्ने गर्थिन्—जीवनभरि विघ्नबाधा परे पनि आँटौँ।
हररात म घात सहिरहेछु, उनी कुन प्रहरमा छिन्,
अत्तोपत्तो केही छैन—रहरमा या कहरमा छिन्।