जाग जाग नेपाली जाग – घन बहादुर थापा मगर

जाग जाग नेपाली जाग
जुन् देशमा भएपनि
मात्रृभूमी को अस्तित्व
बचाऊ जुन् भेषमा भए पनि ।
आमाको घाँटी निमोठी सक्यो
नुन् को मात्र सोझो नगर।
हौ भने बीर गोर्खाली उत्र मैदानमा
शासक को मात्र भर नपर ।
दूतहरू किन चाहियो यदि पहल गर्दैनन् भने
मात्रृभूमी लाई चहिँदा किन चुप लाग्छन् अनि ?
राष्ट्र संघ किन चाहियो यदी भेदभाव गर्छन् भने
नेताहरूकिन चाहियो स्वार्थको लागि देश बेच्छन् भने।
एन् आर एन् (NRN) कुन् मुसोको डुलोमा पस्यो ?
कि तिनीहरू पनि त्यही माकुराको जालमा फस्यो?
सहित्यकार, कलाकार, रचनाकार, पत्रकार एउटा चिट्ठी त लेख राष्ट्र संघलाई
त्यसरी नबन बेकार ।
जातिय समाज, गाऊँले समाज, नम्बरी समाज
यूथ समाज सबै नेपाली समाज
जुन देश र जुन कुनामा भए पनि बलात्कार बिरूद्ध उठाऊ आवाज़ ।
आयो कोरोनाको माहामारी भन्दा ठूलो अजिंगार ,
नेपाल र बिदेशमा भएका सारा नेपाालीले गर प्रतिकार ।

जय नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *