सम्झेर रोई हिड्ने मलाई – टंक सम्बाहाम्फे

सम्झेर रोई हिड्ने मलाई पागल बनाई दियौ
माथि माथि उड्ने मलाई बादल बनाई दियौ

छोडेरै जानु थियो त किन मायाँ छोडेर गयौ
गल्ति के थियो र तिमीले सम्बन्ध तोडेर गयौ
त्यसैले प्रीये खरी झरेको मादल बनाई दियौ
माथि माथि उड्ने मलाई बादल बनाई दियौ

गोडेरै जानु थियो त किन छाया गोडेर गयौ
आफ्नै भनि तिमीले किन पराई रोजेर गयौ
त्यसैले प्रीये आसुमा झर्ने गाजल बनाई दियौ
माथि माथि उड्ने मलाई बादल बनाई दियौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *