गजल – तिमीसँग दिन होइन रात मन पराएँ – सुनिल संगम
तिमीसँग दिन होइन रात मन पराएँ
रातैभरि मायाको त्यो बर्षात मन पराएँ
घुट्काघुट्का मीठो आहा मधुर त्यो नशा भन्दा
नसकिदै थपेर दिने हात मन पराएँ
खोट कुनै हुन्न रहेछ मनले खाए पछि
फूल मात्र होइन काँढा पात मन पराएँ
बिर्से पनि सारा संसार बिर्से जता जो सुकै
तर तिमी सम्झी रहने मात मन पराएँ
जिन्दगीको के कुरा भो सर्बश्व नै गुमे पनि
जे सुकैहोस् आफूलाई बर्बाद मन पराएँ