स्वदेश – दिप मंग्राती
“विदेशको तेस्तो स्वर्निम जिन्दगी छोडेर किन फेरि नेपाल नै फर्किनु भयो त…?”
उनले कुरै कुरामा मलाई सोधे।किनकी म भखरै मात्रै बिदेशको जीवन त्यागेर स्वदेशमै वस्नेगरी आएको थिए।
“किन भनेर लामो ब्याख्या गर्नु भन्दा पनि हजुरलाई केही कुरा सोध्छु।”
“तपाईं कहिलेइ पाहुना जानू भएको छ…?”
“छु कयौंपल्ट….! ” उसको जवाफ
“तपाईं पाहुना जाँदा, आफ्नो घरमा बसे जस्तो, खुट्टा फिजाएर मस्तसग बस्न सक्नु हुन्छ?”
“सक्दिन….!” उनको जवाफ
“तपाईं अघुन्जेली थपी थपी खान सक्नु हुन्छ?,दिल खोलेर मज्जाले हाँस्न सक्नु हुन्छ,? पखला लागेको बेलामा मन खोलेर छेर्न सक्नु हुन्छ?!”
“अहँ …..! ” उनको जवाफ
“हो…?! पाहुना बनेर अरुको घरमा बस्नु र अरुको देश मा बस्नु उस्तै हो। ”
तेसैले म स्वदेश फर्केको