अनुभुती – बिनिता नेम्बाङ
सुनन
तिम्रो स्पर्समा जादु छ नि
जब तिमिले मलाई छुन्छौ
जब तिम्रा ती हातले मेरा झरेका केशलाई बिस्तारै कानमा सिउरिन्छौ,
तब म आफै एउटा सुन्दर फुल हु कि जस्तो लाग्छ ।
तिमी भन्छौं नि , तिमी त ठाक्कै
सुर्यमुखी फुल झैँ लजाउछौ!!
तर तिमिलाई के थाहा ,
तिमिले म मा देखेको सुर्यमुखी फुलको
प्रतिबिम्बको श्रेय तिमी नै हौ भनी ,
जब तिम्रा ती कोमल ओठले
मेरो ओठलाई चुम्छ तब संसार रै
जितेको अनुभुती हुन्छ ।
जब तिम्रा ती नरम हातले मेरो हातलाई थाम्छ ,
तब संसार नै मेरो साथ छ जस्तो लाग्छ ।
तिमिले बोलेका हरेक शब्द शब्दका गुच्छा बनाएर गीतको माला उनिदिउ जस्तो लाग्छ,
तिमी संगै पाइला चाल्दा त लाग्छ ,
कोसौँ टाढा को यात्रा पनि म हिडेर नै गर्न सक्छु ,
तिमिलाई सधै भरी मेरै अङ्कमालमा समेटि रहु झैँ लाग्छ ,
तिम्रो हेराईमा स्नेहा र ममताको सागर महसुस हुन्छ ,
कहिलेकाही त लाग्छ ,
भेट हुन धेरै ढिला भए छ क्यारे ,
काश , काश तिमी संग पहिलै भेट भएको भए ,
अझ धेरै समय तिम्रो साथ पाउथे सायद ,
त्यो समय मृत्यु संग पनि नडराउने म
अहिले त मृत्यु भन्ने सब्द सुन्न पनि डर लाग्छ ,
सायद आयु मागेर पाउने भए
संसार मा मैले जति कसैले माग्ने थिएन ,
तिमी मेरो लागि धेरै खास छौ ,
थाहा छ किन ?
किनकी तिमिले जीवनमा सबैभन्दा राम्रो महसुस गरायौं ,
मायामा पाएको एउटा नमिठाे अनुभुतिलाई धोईपखाली गरेर,
मायाले घामको चास्निमा चोपालेर सुकाई दियौं ,
तिम्रो सामीप्यमा आउन साथ ,
म जोडिए ,जहाँ जहाँबाट भाचिएको थिए
निको भए , जहाँ जहाँ कोपरिएको थिए
यस पटक, मलाई पछाडीबाट केहिले तानेन ,
यस पटक,त्यो नमिठाे अनुभुति कोसौं पर छुटे जस्तो लाग्यो,
मायाको हार कति भयानक हुन्छ भन्ने थाहा पाएकी मैले ,
मायाको जित कति मिठो हुन्छ ,त्यो तिमिलाई भेटेर थाहा पाए,!।
-बिनिता नेम्बाङ -दमक ५,झापा