आग्रह (कविता)– शुभाचन राई
ओ हो कहाँ छरिएर बसेकी छौ नारी
एक भएर बस, हुन्न अब त यसोरी
दिदी बहिनी एक भई उठ्नु है
समाजका दलाललाई सजाय दिनु है
हजुरहरूले पापी जति जो छ
उसलाई देशमा नै सजाय दिनु छ
दिदी बहिनी मेरी तिमी नेपाल आमा हौ
जगतभरका दुनिया जन्म दिने तिमी नै छौ
बाल्यकाल कसैका शोषणमा बित्यो
रोयो करायो दिनरात अन्यायमा बस्यो
कसोरी जन्मे तिमी बिना दुनिया
आज तिमी नै हो जगत भनिया
चाहन्न म मेरी चेली दमनमा परेको
आजसम्म कति बित्यो जिवन दमनमा मरेको
भनेर मुटु ढुकढुक नपारी
बढनु न्यायको ज्योति अधि सारी
अज्ञानलाई दिदै या ज्ञान
ज्ञानले बचाउछ सबैका ज्यान
गएको छ कति ज्यान कति छन् नारी
अभैm पनि कति नारी अन्यायमा परेकी
तिमी हरेस नखाए आÇना लागि
आज कहिल्यै नपरे पछाडी पापका निम्ती
रूने हो कति अन्यायामा
अधिकार खोज न्यायका निम्ती
भागेर पार्दैन रैछ अधिकार
खोजेर संर्धष गर्नु पर्छ अपार
अन्याय अन्याय खै कहाँ छ त्यो
जहाँ छ मन पापी भा को उनै यो
सुख पाए पछि नमातिए
दुःख पाए पछि नआतिए
कसै पनि दुःख सुख बराबरमा
तिमै्र संसार हुनेछ दुनियामा






