होङ्मापोखरीको उत्पति (मिथक)-प्रवीण पुमा

तस्वीर नं : १, होङमा पोखरीको अवस्था २०६५मा । तस्विर/शब्द : प्रवीण पुमा ।
आदिमकालमा बाह्बटा माङमाहरू साल्पा पोखरीमा बस्थ्यो । उनीहरू असाध्यै राम्रो थियो । उनीहरू मुन्दुमी विधामा पनि शक्तिबाली थियो । सबै जना मिलेर बसेको थियो । हरेक कार्यमा मिलेरै काम गथ्यो । अपतविपतमा पनि मिलेरै समस्या समाधान गथ्यो । शत्रुहरूलाई मिलेर खेद्धथ्यो । तर उनीहरू जति हुर्किन्दै गयो, त्यतीनै उनीहरू मा आत्मा बिस्वास पनि बड्दै गयो । उनीहरू आफै पनि सक्षम भइसकेको थियो । उनीहरूलाई एकै ठाउमा बस्न मन लागेन । उनीहरूले बसाइ सर्न योजना बनायो । तर बसाई सराइमा जेठी माङमा सहमत भएन । उनी साल्पा पोखरीमा नै बस्ने निधो ग¥यो । यो कुरा अरू बैनीहरूलाई मन परेन । उनीहरू मा बिस्तारै मनमुटाउ सुरूभयो, तर बाहिर ल्याएन । उनीहरू सल्लाहमै बसाई सर्ने भयो । यो कुरामा सबै जना राजी भयो । उनीहरूले रिसिया गायो । माङहरूलाई पुका¥योे । बसाई सरेर जाने बिन्ती ग¥योे । यारी हान्यो । यङवी मिल्यो । माङहरूले दिएको मान्यो ।
तस्वीर नं : २, साल्पा पोखरी (२०७३) । तस्वीर : प्रवीण पुमा
जेठी माङमालाई साल्पा पोखरीमै छोडेर बाँकी एघार बैनीहरू बसाई हिड्यो । तर जहाँ गए पनि एघार बैनीहरूले साल्पा पोखरीमा जस्तो एकै ठाउँमा बस्ने उचित ठाउँ भेटेन । उनीहरूलाई आपात आइ लाग्यो । उनीहरू एकै ठाउँमा भेला भयो । त्यो क्षेत्रमा ठुलो पोखरीको उत्पति भयो । सभा पोखरी संखुवासभा, नेपालमा पर्छ । यो पोखरीको पानी सङ्लो थियो । पोखरीमाथि मैला भएमा हावाले उडाएर लान्थ्यो । पातपतिङगार बसेमा चराहरूले आफनो चुचोमार्फतले टिपेर लान्थ्यो । पोखरी सफा थियो । सुन्दर थियो । सुद्ध थियो । पवित्र थियो । शक्तिशाली थियो । आपत परेको बेला जे माग्यो, त्यही पाईथ्यो । केहीदिनपछि एघारै बैनीहरू त्यो पोखरीमा सभा ग¥र्योे । त्यो सभामा आफुले मन पराएको ठाउँमा बस्ने सल्लाह ग¥योे । त्यो सल्लाहमा सबै जना राजी भयो । फेरि सबै जना बसाई हिड्योे । तर माइली माङमा बसाइ जानु मानेन, उनी त्यही सभा पोखरीमा नै बस्यो । बाँकी दश बैनी सभा पोखरीबाट पनि बसाइ हिड्यो ।
तस्वीर नं : ३, नेपालको संखुवासभास्थित सभा पोखरी । स्रोत : डिजिटल संजाल ।
सभा पोखरीबाट बसाइ हिडनेक्रममा दशै बैनीहरूलाई दुधकुण्ड क्षेत्र मन प¥यो, उनीहरू दुधकुण्ड क्षेत्रमै बस्यो । दुध क्षेत्रमा ठुलो पोखरीको उत्पति भयो । यो पोखरीको पानी सङ्लो थियो । पोखरीमाथि मैला भएमा हावाले उडाएर लान्थ्यो । पातपतिङगार बसेमा चराहरूले आफनो चुचोमार्फतले टिपेर लान्थ्यो । पोखरी सफा थियो । सुन्दर थियो । सुद्ध थियो । पवित्र थियो । शक्तिशाली थियो । आपत परेको बेला जे माग्यो, त्यही पाईथ्यो । यो पोखरी संखुवासभा, नेपालमा पर्छ । दशै माङमाहरू त्यो दुध पोखरीमा मिलेर बस्यो तर पछि उनीहरूलाई दुध पोखरीमा बस्नु सहज भएन । उनीहरूले दुध पोखरीबाट पनि बसाइ जाने सल्लाह ग¥योे । बसाइ जानु सबै जना राजी भयो तर साइली माङमाले बसाइ जानु मानेन, उनी त्यही दुध पोखरीमा नै बस्यो । बाँकी नौ बैनी दुध पोखरीबाट पनि बसाइ हिड्यो ।
तस्वीर नं : ४, नेपालको सोलुस्थित दुधपोखरी । स्रोत : डिजिटल संजाल ।
दुध पोखरीबाट बसाई जाँदा नौ बैनीहरूलाई तिम्बुङ क्षेत्र मन प¥यो, उनीहरू तिम्बुङमै बस्यो । तिम्बुङमा ठुलो पोखरीको उत्पति भयो । यो पोखरीको पानी सङ्लो थियो । पोखरीमाथि मैला भएमा हावाले उडाएर लान्थ्यो । पातपतिङगार बसेमा चराहरूले आफनो चुचोमार्फतले टिपेर लान्थ्यो । पोखरी सफा थियो । सुन्दर थियो । सुद्ध थियो । पवित्र थियो । शक्तिशाली थियो । आपत परेको बेला जे माग्यो, त्यही पाईथ्यो । यो तिम्बुङ पोखरी ताप्लेजुङ नेपालमा पर्छ । तिम्बुङ पोखरीमा सबै जान मिलेर बस्योे तर पछि तिम्बुङ पोखरीमा पनि सबै जनालाई बस्नु सहज भएन । उनीहरूले तिम्बुङ पोखरीबाट पनि बसाइ जाने सल्लाह ग¥यो । बसाइ जानु सबै जना राजी भयो तर काइली माङमाले बसाइ जानु मानेन, उनी त्यही तिम्बुङ पोखरीमा नै बस्यो । बाँकी आठै बैनी तिम्बुङ पोखरीबाट पनि बसाइ हिड्यो ।
तस्वीर नं : ५, नेपालको ताप्लेजुङस्थित तिम्बुङ पोखरी । स्रोत : डिजिटल संजाल ।
तिम्बुङ पोखरीबाट बसाई जाँदा आठै बैनीहलाई खिचिपेरी क्षेत्र मन प¥यो, उनीहरू खिचिपेरीमै बस्यो । खिचिपेरीमा ठुलो पोखरीको उत्पति भयो । यो पोखरीको पानी सङ्लो थियो । पोखरीमाथि मैला भएमा हावाले उडाएर लान्थ्यो । पातपतिङगार बसेमा चराहरूले आफनो चुचोमार्फतले टिपेर लान्थ्यो । पोखरी सफा थियो । सुन्दर थियो । सुद्ध थियो । पवित्र थियो । शक्तिशाली थियो । आपत परेको बेला जे माग्यो, त्यही पाईथ्यो । यो खिचिपेरी पोखरी सिक्किम भारतमा पर्छ । खिचिपेरी पोखरीमा सबै जान मिलेर बस्यो तर पछि खिचिपेरी पोखरीमा पनि सबै जनालाई बस्नु सहज भएन । उनीहरूले खिचिपेरी पोखरीबाट पनि बसाइ जाने सल्लाह ग¥यो । बसाइ जानु सबै जना राजी भयो तर अन्तरी माङमाले बसाइ जानु मानेन, उनी त्यही खिचिपेरी पोखरीमा नै बस्यो । बाँकी सातै बैनी खिचिपेरी पोखरीबाट पनि बसाइ हिड्यो ।
तस्वीर नं : ६, भारतको सिक्किम स्थित खिचिपेरी पोखरी । स्रोत : डिजिटल संजाल ।
खिचिपेरी पोखरीबाट बसाई जाँदा सातै बैनीहलाई माइ क्षेत्र मन प¥यो, उनीहरू माइमै बस्यो । माइमा ठुलो पोखरीको उत्पति भयो । यो पोखरीको पानी सङ्लो थियो । पोखरीमाथि मैला भएमा हावाले उडाएर लान्थ्यो । पातपतिङगार बसेमा चराहरूले आफनो चुचोमार्फतले टिपेर लान्थ्यो । पोखरी सफा थियो । सुन्दर थियो । सुद्ध थियो । पवित्र थियो । शक्तिशाली थियो । आपत परेको बेला जे माग्यो, त्यही पाईथ्यो । यो माइ पोखरी इलाम नेपालमा पर्छ । माइ पोखरीमा सबै जान मिलेर बस्यो तर पछि माइ पोखरीमा पनि सबै जनालाई बस्नु सहज भएन । उनीहरूले माइ पोखरीबाट पनि बसाइ जाने सल्लाह ग¥यो । बसाइ जानु सबै जना राजी भयो तर माइ पोखरीबाट जन्तरी माङमा बसाइ जानु मानेन, उनी त्यही माई पोखरीमा नै बस्यो । बाँकी छ बैनी माइ पोखरीबाट पनि बसाइ हिड्यो ।
तस्वीर नं : ७, नेपालको इलामस्थित माइ पोखरी । स्रोत : डिजिटल संजाल ।
माइ पोखरीबाट बसाई जाँदा छ बैनीहरूलाई वालिखाम क्षेत्र मन प¥यो, उनीहरू वालिखाममै बस्यो । वालिखाममा ठुलो पोखरीको उत्पति भयो । यो पोखरीको पानी सङ्लो थियो । पोखरीमाथि मैला भएमा हावाले उडाएर लान्थ्यो । पातपतिङगार बसेमा चराहरूले आफनो चुचोमार्फतले टिपेर लान्थ्यो । पोखरी सफा थियो । सुन्दर थियो । सुद्ध थियो । पवित्र थियो । शक्तिशाली थियो । आपत परेको बेला जे माग्यो, त्यही पाईथ्यो । तर त्यसको लागि बेलुकी चोखो नितोसहित पोखरीको थानको अगाडि लोटाएर आफुलाई चाहिएको अन्न पात, धनसम्पति, भाडाबर्तनहरू माग्नु पथ्र्यो । बिहानै त्यो सबै सामानहरू पाइन्थ्यो । तर ती सामग्रीहरू चलाइसकेपछि जस्ताको त्यस्तै फिर्ता दिनु पथ्यो । नदिएमा सपनामा माङले दिन लाउथ्यो, त्यो पनि नमानेमा दुख बिमार पाथ्यो । त्यसैले आफुले लिएको धनसम्पति र सामानहरू लिएपछि सबैले इमान्दारितासहित फिर्ता दिन्थ्यो । यो वालिखाम पोखरी उदयपुरको त्रियुगा, नेपालमा पर्छ । वालिखाम पोखरीमा सबै जान मिलेर बस्यो तर पछि वालिखाम पोखरीमा पनि सबै जनालाई बस्नु सहज भएन । उनीहरूले वालिखाम पोखरीबाट पनि बसाइ जाने सल्लाह ग¥यो । बसाइ जानु सबै जना राजी भयो तर वालिखाम पोखरीबाट मन्तरी माङमा बसाइ जानु मानेन, उनी त्यही वालिखाम पोखरीमा नै बस्यो । बाँकी पाँचै बैनी वालिखाम पोखरीबाट पनि बसाइ हिड्यो ।
तस्वीर नं: ८, नेपालको बेलकास्थित वालिखा पोखरी (२०५६) ।तस्वीर : बर्तमान राई ।
वालिखाम पोखरीबाट बसाई जाँदा पाँचै बैनीहरूलाई बुङवा क्षेत्र मन प¥यो, उनीहरू बुङवामै बस्यो । बुङवामा ठुलो पोखरीको उत्पति भयो । यो पोखरीको पानी सङ्लो थियो । पोखरीमाथि मैला भएमा हावाले उडाएर लान्थ्यो । पातपतिङगार बसेमा चराहरूले आफनो चुचोमार्फतले टिपेर लान्थ्यो । पोखरी सफा थियो । सुन्दर थियो । सुद्ध थियो । पवित्र थियो । शक्तिशाली थियो । आपत परेको बेला जे माग्यो, त्यही पाईथ्यो । तर त्यसको लागि बेलुकी चोखो नितोसहित पोखरीको थानको अगाडि लोटाएर आफुलाई चाहिएको अन्न पात, धनसम्पति, भाडाबर्तनहरू माग्नु पथ्र्यो । बिहानै त्यो सबै सामानहरू पाइन्थ्यो । तर ती सामग्रीहरू चलाइसकेपछि जस्ताको त्यस्तै फिर्ता दिनु पथ्यो । नदिएमा सपनामा माङले दिन लाउथ्यो, त्यो पनि नमानेमा दुख बिमार पाथ्यो । त्यसैले आफुले लिएको धनसम्पति र सामानहरू लिएपछि सबैले इमान्दारितासहित फिर्ता दिन्थ्यो । यस बुङवा पोखरीलाई वासिराङ पोखरी पनि भनिन्छ । यो बुङवा पोखरी जन्तेढुङगा गाउँपालिका–१, माझिटार, खोटाङ नेपालमा पर्छ । त्यो बुङवा पोखरीमा सबै जान मिलेर बस्यो तर पछि बुङवा पोखरीमा पनि सबै जनालाई बस्नु सहज भएन । उनीहरूले बुङवा पोखरीबाट पनि बसाइ जाने सल्लाह ग¥यो । बसाइ जानु सबै जना राजी भयो तर बुङवा पोखरीबाट लखन्तरी माङमाले बसाइ जानु मानेन, उनी त्यही बुङवा पोखरीमा नै बस्यो । बाँकी चार बैनी बुङवा पोखरीबाट पनि बसाइ हिड्यो ।
तस्वीर नं : ९, नेपालको जन्तेढुङगा गाउँपालिकास्थित वुङवा पोखरीमा(२०७९)। तस्वीर: किरण राई ।
बुङवा पोखरीबाट बसाई जाँदा चारै बैनीहरूलाई होङ्मा क्षेत्र मन प¥यो, उनीहरू होङ्मामै बस्यो । होङ्मा क्षेत्रमा ठुलो पोखरीको उत्पति भयो । यो पोखरीको पानी सङ्लो थियो । पोखरीमाथि मैला भएमा हावाले उडाएर लान्थ्यो । पातपतिङगार बसेमा चराहरूले आफनो चुचोमार्फतले टिपेर लान्थ्यो । पोखरी सफा थियो । सुन्दर थियो । सुद्ध थियो । पवित्र थियो । शक्तिशाली थियो । आपत परेको बेला जे माग्यो, त्यही पाईथ्यो । हाल यो होङ्मापोखरी जन्तेढुङ्गा गाउँपालिका–५ र ३ मा होङ्मापोखरी खोटाङ नेपालमा पर्दछ ।
तस्वीर नं : १०,नेपालको जन्तेढुङगा गापास्थित होङ्मापोखरी(२०८०)।तस्वीर: प्रमेश चौधरी
स्रोतहरू
१. स्रोेत व्यक्तिहरू :
श्री चतुरकुमारी राई (विसं. १९९३), चिसापानी–७, पाथीभारा खोटाङ, नेपाल ।
श्री जगतबहादुर राई (विसं. १९८२–२०८०), पथरी सनिचरे–१, मोरङ, नेपाल ।
श्री जसबहादुर राई (विसं. १९७९–२०७४), चिसापानी–७, पाथीभारा खोटाङ, नेपाल ।
श्री टीकामाया राई (विसं. १९८०–२०७५), मौवाबोटे–३, खोटाङ, नेपाल ।
श्री दुर्गाबहादुर राई (विसं. १९८९–२०६६), दिब्लुङ–६, अल्लेगैरा, खोटाङ नेपाल ।
श्री पृथीबहादुर राई (विसं. १९८४–२०७८), दिब्लुङ–३, नागी, खोटाङ, नेपाल ।
माङपा श्री लछुमण राई (विसं. १९८९–२०६७), चिसापानी–४, बाँजगरा खोटाङ नेपाल ।
माङपा श्री गजबहादुर राई (विसं. १९९०–२०८०), चिसापानी–७, खोटाङ, नेपाल ।
माङपा श्री दिलबहादुर राई (विसं. १९९३–२०६५), चिसापानी–७, खोटाङ, नेपाल ।
माङपा श्री गौधन राई, (विसं. १९९५), मौवाबोटे -२, कुराखिम, खोटाङ, नेपाल ।
लक्ष्मीदेवी राई (२०३९–), दोङ, नाम्ची, सिक्किम, भारत ।
२. सन्दर्भ सामग्रीहरु :
पुमा, प्रवीण ।२०६८ । हेन्खामा–निनाम्मा (दोस्रो संस्करण) । खोटाङ : सुम्निमा थिएटर एकेडेमी, नेपाल ।
……। २०६७ । किरात मुन्दुमी लोककथाहरूको अध्ययन । काठमाण्डौ : नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सरकार ।






