देशलाई उर्वर बनाऔं-जानुका राई
कञ्चन हिमाल खोला र नाला जङ्गल सुन्दर छन्
प्रकृति छटा सौन्दर्य भूमि लहराउँछ हाम्रो मन
लोभ र स्वार्थ त्यागेर सबै जुट्नु छ हरेक पल
यो देशलाई उर्वर बनाऔं हामी अर्पेर पसिना जल
यी सुन्दर पथमा पैताला राख्दा सन्तान हिँड्ने छन्
प्रकृति छटा सौन्दर्य भूमि लहराउँछ हाम्रो मन
शान्तिमा रम्ने विकासमा फुल्ने विपना बुन्नु छ
संसारले गाउँओस् नेपालकै गुण सधैँ यो सुन्नु छ
कलकल झरना सुसैले बग्दा कल्पिन्छ खुसी झन
प्रकृति छटा सौन्दर्य भूमि लहराउँछ हाम्रो मन