खाल्डो (नाटक)- गणेश गौतम
(पर्दा अगाडि कुनै भ्रष्टाचार सम्वन्धि एउटा गीत सकिन्छ । त्यसपछि पृष्ठभूमिमा सत्कर्म सम्वन्धि कुनै संंस्कृत स्तोत्र सुनिन्छ र अग्रभागमा कर्मचारीहरूले आफ्नो सेवा शुरु गर्दा ख्वाइने सपथ ग्रहण :
म सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु । इश्वरको नाममा सपथ लिन्छु कि नेपाली जनता,नेपालको संविधान तथा प्रचलित कानून प्रति पूर्ण बप :ादार रही मेरो पदको जिम्मेवारी कसैको डर नमानी पक्षपात नगरी कसै प्रति पूर्वाग्रह वा खराव भावना नलिइ इमानदारिताका साथ पालना गर्नेछु र आफ्नो कर्तव्यपालनाको सिलसिलामा आप :ूलाई जानकारी हुन आउँको कुरा म पदमा बहाल रहदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्नेछैन ।
(बाचन गरिन्छ । सँगसँगै पर्दा खुल्दै जान्छ । कुनै कार्यालयको कार्यकक्ष देखापर्छ । जहा प्रमूख देखि लिएर कारिन्दा सबै एकै ठाउमा बसेर काम गर्ने मेच टेबुलहरू छन् । सेवाग्राहीका लागि बस्ने बेन्चको पनि व्यवस्था छ । एक जना झोला बोकेको हातमा फायल समातेको दुव्लो पातलो निम्न आर्थिक अवस्थाको अलि अशक्त जस्तो देखिने सेवाग्राहीे घडी हेर्दैै ओहोरदोहर गरिरहन्छ । उ छट्पटिएको छ ।)
नागरिक :
हैन के ताल हो यस्तो ? एघार बज्न थालिसक्यो, यहाँ कोहि कर्मचारी पनि देखिन्न । के गर्ने होला ? आप :ूलाई भने आजै तीन चार ठाउमा काम सक्नु पर्ने छ । अव यही आधा दिन जान लागिसक्यो । (एक जना कार्यालय सहयोगी आउँर अलि अलि सप :ा गरे जस्तो गर्छ ।)
नागरिक :
ए भाइ ए ….ओ दाइ ओ… हेलो दाइ (सुन्दैन) हेलो सुन्नुभएन ? ए हजुर सुन्नु भएन ?
का .स. :
(उसलाई धकेल्दै) खै उता गएर बस्नुस् न । कस्ता कस्ता तालका मान्छे आउँछन् यार ? अलि उता बस्नुस् न, यहाँ काम गर्ने उछार भएन अल्ली । (यता उभिदा उता धकल्छ, उता बस्दा यता धकल्छ ।)
नागरिक :
(नरम स्वरमा) तपाईँ यहाँको उ हो कि क्या हो हैन ?पीउन ? कती खेर आउँनुहुन्छ सरहरू ?
का.स. :
अलि मुख समालेर बोल्नुस् । मान्छे चिनेर बोल्नुस् न यार, त्यसै अर्कालाई पिउन सिउन भन्ने ?
नागरिक :
ओ हो गल्ती भो कि क्या हो ? हजुर यहाँको स्टाप : हो ?
का.स. :
हो त्यस्तो भन्नी न । बोल्ने ढ¨ छैन, पाचौ तहको स्टाप :लाई जे पाए त्यही भन्दीने ? म हाम्रो समूहको जिल्ला सचिव अनि केन्द्रिय सदस्य पनि हो । मान्छे चिनेर बोल्नुस् न यार…..
नागरिक :
ओ हो भुल परेछ । जानिएन के गर्नु ? अरु हाकिम सापहरू मेरो मतलव कर्मचारीहरू कतिखेर आउँनुहुन्छ कुन्नि ? हेर्नुस् न । म टाढा देखि आउँको एउटा सानो काम थियो हुने हो कि नाइ? अन्त पनि काम भ्याउनु छ धेरै ठाउमा । म ‘बलट पेसर’ र सुगरको विरामी टायममै खाना खाएर दवाइ खानु पर्ने यति खेर भइ सक्यो ।
का.स. :
नाइ नाइ, खानी नि त ओखती, कले नखानु भन्यो र त्यालाई ? खाना खाने,ओखती खाने,जेजे मन लाग्छ खाने, नाइ नाइ कसैले रोक्याछैन । अव यस्तै हो यहाँ त, बाह्र बजे आउँदा लेट हुन्न, एक बजे आउँदा भेट हुन्न भन्ने थाहा छैन तपार्ईँलाइ? उता गएर बस्नुस् एकछिन, अहिले आउँनुहुन्छ सरहरू । यहाँ जागिर मात्र खाएर पुग्छ भन्नीया छ कि क्या हो ? यस्तो महंगीमा । यता जागिर छदैछ साथ साथमा अरु काम पनि त गर्नु प¥यो । सरहरू कोहि जग्गाको कारोवारो गर्नुहुन्छ । कोहि व्यापार पनि गर्नुहुन्छ । कोहि कतै पढाउन जानुहुन्छ । कोही के गर्नुहुन्छ कोही के गर्नु हुन्छ । उहाँहरूलाई भ्याइ नभ्याइ छ विचरा । (प :ोन आउँछ) हलो हलो ए…अं अ,ं हजुर–हजुर, हो–हो त्यही जग्गा हो । तपाईँहरू पुगिसक्नु भो त्यहाँ ? ल हेर्नुस त कस्तो छ जग्गा ? जग्गा हैन जग्गा, त्यो त सुनकै टुकुरो हो । बडो भाग्यले मिलेको तपाईँलाइ, कहा पाइन्छ भन्नुस् त त्यस्तो जग्गा ?(प :ोनमा) ह? ए ..हुन्छ हुन्छ अमिन पनि ल्याएर आउँने ? ल ल म आइहाँले । लौ अव यस्तो छ, उहाँ कुरेर बस्याछन्, नगइ भएन । (जान खोज्छ ।)
नागरिक :
(अशक्त)ओ सर, ओ पानी छ कि पानी ? पानी दिनु न, औषधी खानु पर्ने…..कस्तो रि¨टा लागेको?
का.स. :
(जादै)नाइनाइ पानी पनि अफिसमा मागेर पाइन्छ ?नाइनाइ खानेपानीको अड्डा भए पनि एउटा कुरो, क्या मान्छे यार दुनियालाई पानी खुवाएर बस्ने कि आफ्नो कारोवारो गर्ने ? छैन पानी सानी, अफीसमा पानी नआउँको कति दिन भैसक्यो । पानी पाए यहाँ आप :ै कति खाइन्थ्यो …..(कानमा प :ोन लगाएर) हलो हलो ….(हुर्रिदै जान्छ । अरुकर्मचारीहरूको प्रवेश)
कविता :
ह सर? समायोजन समायोजनभन्दा भन्दै समायोजनको प :र्म भराइ पनि भयो । अव यो समायोजनले कता कता हुर्याउने हो ? कता पछार्ने हो ? कस्ता कस्ता दिन आउँन लागे हगि ? (उनीहरूलाई देखेर सेवाग्राही उत्साहित हुन्छ ।)
नागरिक :
सर नमस्कार सर । त्यो अस्ती भन्या कागत बनाएर ल्याएकोछु सर ।अनि त्यो उ…
सुब्बा :
के हो खरिदारसाप उहाँको ?
खरिदार :
(अलि बेवास्तासँग) ए..उहाँको? उहाँको त त्यो उ मिल्या छैन सर । त्यो उ पनि अल्लि उ रैछ । ल ल अहिले हेरम्ला,उता बस्दै गर्नुस् न । है ? तपाईँ कुरै बुझ्नुहुँदोरैन्छ । खै के खै के ?
नागरिक :
(अशक्त) सर .. मलाई अलि हतार छ सर, अलि सन्चो पनि छैन सर ….
कविता :
सन्चो नभए अस्पताल जानुपर्ने यता किन आउँनु भयो ? यहाँ त ओषतीमूलो गर्ने ठाउ हैन त । उहाँको त्यही उ वाला हैन ? त्यो त अलि उ हुन्छ । कि त अलि उ हुनु प¥यो ।
सुब्बा :
हतार छ भन्नुहुन्छ फेरि । हतार कहिल्यै गर्नु हुँदैन, बुझ्नुभो ? हतारले त काम बिग्रन्छ हेर्नुस् (हाँस्छ )। उ उहाँ सरले हेर्दिनुहुन्छ है । एक छिन उ… उता गएर बस्नुस् न एक छिन ।
नागरिक :
ओ हो उता पनि बसिसके, यता पनि बसिसके, बाहिर पनि बसिसके, भित्र पनि पसिसके, अहिले हो म आउँको ? दश नबज्दै आउँको हो म । बाह्र बज्न लागिसक्यो हजुर ।
खरिदार :
दश नबज्दै किन आउँको तनि ? दश बजीसकेपछि पो आउँने हो त । (उसलाई बेवास्ता गर्दै गप :मा तल्लिन) सधै मालवालामा मात्र बस्छ भनेर सबले आखी गर्छन् । शीप हुनेलाई जहा पठाइदिए पनि मालामाल, शीप नभएपछि पैसा प :ल्ने रुखैमा झुण्डाइ दिए पनि बेहाल । आप :ू भने यहाँ पैसो कमाउन नपाएर यस्तो हालत छ ।
सुब्बा :
मालवाला मालवालाभन्दा भन्दै कालवालामा पु¥याइदिन बेर छैन, यो समायोजनले । मलाई त झ्याउ लागि सक्यो । समायोजन न लमायोजन, मलाई त राजिनामा ठस्काइदिउ जस्तो लागिसक्यो यसै नाइ उसै नाइ ।
नागरिक :
(अलि रिसाएको भावमा) एक महिना भइ सक्यो यहाँ धाउन लागेको, कहिले के भन्या छ कहिले के भन्या छ, यस्तो पनि गर्ने हो ? के भन्ने? कस्लाई भन्ने ? यो त साहै्र भो । (जान्छ ।)
का.स. :
अब साह्रै भए नि भो, गीलै भए नि भो के गर्नु ? (फेरि गफमा) त्यस्तो नआत्तिउ न सर । जसको त नामै जागिर, अव जता जा भनेर पठाउछन् त्यतै गएर गिर्नु सक्नु पर्छ । जता हुर्याए पनि नेपालभन्दा बाहिर पु¥याउने छैन । हुर्याउनु हुर्याउनु कि उता पेकिङ तिर कि उता दिल्लीतिर पु¥याइदिए हुन्थ्यो त्यो नहुने होला । (हाकिमको प्रवेश हुन्छ,हाकिमको साथमापछि पछि अघिको सेवाग्राही पनि छ । अभिवादन हुन्छ ।)
हाकिम :
मैले हिजो खोज्न लगाएको फायल भेटाउनुभो त सुब्बासाप ?
सुब्बा :
(सतर्क हुँदै)ओहो ? त्यो फायल ? त्यो त भेटिएकोछैन सर ? हैन कता परेछ कुन्नि ? मैले धुइपत्ताल खोजे सर तर…..
हाकिम :
(अलि रिसाउदै) हैन ? कस्तो कर्मचारी हो तपाईँहरू ? हिजो देखि मैले खोज्न लगाएको जाबो एउटा प :ाएल भेटाउनुहुन्न, के काम गर्नु हुन्छ ह तपाईँहरू ?
सुब्बा :
हैन सर यो अफीस सर्दाखेरी सब भद्रगोल भो सर, के सामान कता प¥यो के सामान कता प¥यो ?
कविता :
त्यत्रो भवनमा हातखुट्टा फैलाएर रहेको अफिस, ल्याएर यस्तो खोर जस्तो सागुरो हातखुट्टा पसार्न पनि नमिल्ने ठाउमा कोच्दीयो । के कता प¥यो के कता प¥यो सब भद्रगोल भैगो ।
खरिदार :
ए साच्चेै दुइतिन थैला कागजपत्र त हाम्रो खड्कादाइले यो पुराना थोत्रा कागज अव के चाहिँयो र नया ठाउमा किन बोक्नु प¥यो भन्दै कवाडीलाई उता बेच्न लाग्या जस्तो मान्थे त्यसैमा त परेन कता ?
सुव्वा :
लौ हेर हो र? त्यसलाई कसले फेरि जान्ने हुनु भन्यो ?अव यसले कुन दिन अफीसै बेच्दिन बेर छैन ?
हाकिम :
(अलि त्र :ुद्ध)केहि थिति थान्को छैन यो अफिसमा, भन्न पनि लाजका मर्नु । मलाई अरु कुरा थाहा छैन आकाश पाताल एक गरेर हुन्छ कि के गरेर हुन्छ त्यो फायल चाहिँयो मलाई एक घण्टा भित्र । ए अनि उहाँको के हो ? धेरै दिन भइसक्यो भन्नुहुन्छ के रहेछ ? अलि मिलाएर हेर्दिनुस् न । (जान्छ ।)
क : कसरी मिलाउने हो र ? केहि मिल्दै मिल्दैन । त्यहि नमिलेर त गाह्रो भो ।(मुखामुख गर्छन् ।)
खरिदार :
ओ हो हाकिमसँग कुरा लगाउन पुगियो हैन ? जाने उतै हाकिमसापले गरिदिनुहुन्छ तपाईँको काम । जाने जाने उतै
सेवाग्राही :
(एक्कासी आवेशमा रुन थाल्छ ।) हे भगवान । दुखी बेसहाराको कोहि नभए पनि तिमी हुन्छौ भन्थे । खै त के हे¥यौ तिमिले ? के तिमीले हेर्ने भनेको यही रमिता हो ? के तिमी यही रमिता हेरिरन्छौ ? म कहा जाउ? कसलाई भनौ ? (टेवुलमा टाउको ठोकी ठोकी रुन थाल्छ। )
कविता :
(उठेर उसलाई धकेल्न थाल्छ ।) के ग¥या यो ? ह्या..उता जानुस् । रोएर काम बन्ने भए म दिन भरी यही बसेर रोइदिन्थे ।
सेवाग्राही :
म तपाईँले भने जति पैसा दिन सक्दैन । त्यत्रो पैसा म कहाबाट ल्याएर दिऊ ? मेरो आफ्नो भन्नु कोही छैन । म एक्लो हो, बुढी मभन्दा झन असक्त छे । अलि अलि भएको सम्पत्ति बुढाबुढीको ओखती गर्दा गर्दै सकिगो । (खरिदारलाई झम्टन्छ ।) म के गरौ ? यत्तिकै मरौ ? यसरी तड्पाएर मार्नुभन्दा बरु मलाई घाटी थिचेर मार्दिनुस् । यस्तो झुलाउने काम नगर्नुस् ।
खरिदार :
(झोक्किदै) ह्या …खै के ग¥या यो ? खै छोड्नुस् (झुण्डी रहन्छ । जोडले धकल्दा सेवाग्राही हुर्रिएर पछारिन पुग्छ ।)
सेवाग्राही :
ऐया मरे…. (टाढा कतै हेरेर टाउको मात्रै हल्लाइरहन्छ । मुर्छित् हुन्छ । सवैजना आत्तिन्छन् । त्यत्तिबेलै खड्कादाइको प्रवेश हुन्छ ।)
खड्कादाइ :
ए ए लौ के भो? के भो ? (सेवाग्राहीलाई छामछुम पार्छ । सबैतिर त्रसित नजरले हेर्छ ।)नाइ नाइ लौ अव के गर्ने हो? अस्पताल लैजाने कि सुब्बासाप ? ह?नाइ नाइ
कविता :
(आत्तिदै) लौ न अब के हुने होला ? क्या….खरिदारसापले पनि त्यसरी नधकेल्न पर्ने,कमजोर मान्छे फेन्ट नै भैगौ क्या हो ? लौ अब के पो हुने हो ?
सुब्बा :
ल ल ए दुइ जना लागेर बाहिर लैजानुस् । अनि त्यो ड्राइभरलाई गाडी अलि यहि ढोका सम्म ल्याउने भन्नुस् त । ल लल लैजानुस् (ढोकामा गएर ड्राइभरलाई बोलाउछ ।) ओ ओ श्याम गाडी यहाँनेर ल्याउ त यहाँ एक जना फेन्ट भए । अस्पताल लैजानु पर्ने भो । (गाडी स्टार्ट भएको आवाज आउँछ । सबै जना लागेर उसलाई बाहिर लगिन्छ । स्टेज खाली हुन्छ ।)
दृश्य २
सुब्बा :
कहिलेकहि कस्तो कस्तो लप :डा आइलाग्छ ।
खरिदार :
सब नाटक हो त्यो । तपाईँहरूले कुरै बुझ्नुभाछैन । कम नौटंकी गर्न जान्ने हुन्छन् यिनीहरू?
सुब्बा :
जे हुने हो भइहाँल्छ खड्का गाछ केरे खवर ल्याएर आउँला नि ।ल ल तपाईँहरू त्यो फायल खोज्न लाग्नुस त । अब बुढा आउँने बेला भैसक्यो । के भन्ने हो बुढालाई अहिले फेरि ?
कविता :
मलाई त कस्तो डर लागिराछ अब के के हुने हो मर्न त मर्दैन होला है त्यो ?
खरिदार :
मैले भनिहाले नि त्यो सब नाटक हो भनेर ।
सुब्बा :
भोभो छोड्दीनुस् अब त्यो कुरा फायल खोज्नुस् फायल ।
कविता :
हैन केको फायल हो र सुब्बासाप ? हाकिमसावले खोज्न लगाएको ?
सुब्बा :
कुरा अलि गम्भीर नै छ ।
खरिदार :
ह ? गम्भीर अरे ?
कविता :
छी :
नाइ कस्तो गम्भीर हो फेरि?
सुव्बा :
भन्न पनि लाजको मर्नु ? सरले सपथ भुलेछन् बुढाले अनि त्यो एउटा त्यस्तै कागजहरू राख्ने फायल थ्यो त्यसैमा राख्याथे भन्छन् बुढाले,बाहिर सपथ लेख्या छ रे, अब त्यो फायलै भेटिन्न । भएन बरबाद ?
खरिदार :
के हो त्यो सपथ भन्ने ?
कविता :
(साहुती) के हो ? विभाग मन्त्रालयको जरुरी पत्र हो कि ? अख्तीयारले काटेको पत्र त हैन ?
सुब्बा :
चुप लाग्नुस् तपाईँहरू । खाली नचाहिँने कुरा मात्र गर्नुहुन्छ । नोकरी खाएको यतिका वर्ष भइ सक्यो सपथ भन्या थाहा छैन ? खाली माल भन्यो मालकोपछि लाग्यो बस भैगो । लाज लाग्दैन अलिकति ?जागिर हुँदा सपथ खानु पर्छ भन्ने थाहा छैन ?
कविता :
छी, सर पनि कति मात्तिनुभा होला लाज त लाग्छ नि सर किन नलाग्नु ? तर जागिर खाएपछि सपथ पनि खानु पर्छ भन्ने कुरा आजै थाहा भो ।
सुव्वा :
ल हेर अझ लाज लाग्छ भन्न लाज लाग्दैन? अझै लाजै नमानेर लाज लाग्छ भन्ने गांठे जागिर खाएपछि घुस खानुपर्छ भन्ने कुरा मात्र याद भयो, सपथ खानु पर्छ भन्ने कुरा त ….
खरिदार :
हैन सर जागिर खाएपछि तलव खान्छन्, तलवले नपुगे भत्ता खान्छन्,भत्ताले पनि नपुगे घुस पनि खान्छन् भन्ने कुरा चाहिँ थाहा थियो तर यो सपथ खाने कुरा चाहिँ सत्य रामोराम थाहा भएन ।
सुब्बा :
(कड्कदै) धत् वाइहात कुरा । जागिर शुरु गर्ने वित्तिकै …..
कविता :
के हुन्छ सर त्यसमा?
खरिदार :
बडो अनौठो कुरा हैन ? यो त लोक सेवा तयारी गर्दा समेत याद भएन यार ।
सुब्बा :
अब साच्चिकै लोकसेवा ग¥या भा त थाहा हुन्थ्यो नि, घोकसेवा पास गरेर आउँकोलाई के थाहा ? कोही घोक सेवा पास गरेर आउँका,कोही तोकसेवाबाट आउँका, कोहि ठोकसेवाबाट कोही ढोकसेवाबाट आउँका …. (हाँस्छन् ।)
कविता :
छी :कस्तो मात्तिनुभाहोला अहिले चाहिँ सरले मस्त दिनुभो है । साच्ची के हुन्छ के सर त्यो सपथमा ?
खरिदार :
भन्नुुस न सर, के हुन्छ त्यो सपथमा ?
सुब्बा :
सपथमा ? (अकमकाउछ ।) त्यसमा ….? त्यसमा…… ? त्यसमा के हुन्छ भनेदेखि, त्यसमा…….उ हुन्छ ।
खरिदार :
लौ उ हुन्छ रे अव (हाँस्छन्)
कविता :
(हाँस्दै) उ हुन्छ भन्ने त अहिले थाहा भयो तर …अलि उ भएन के सर… क्लियर भनेको (हासो)
खरिदार :
(हाँस्दै) कामको व्यस्तताले सरले भुल्नु भयो होला । हाकिम साप लाई थाहा छ कि ? सपथ
कविता :
छी ..तपाईँ पनि हाकिम सापले बिर्सेर त यहाँ यो हंगामा मच्चिराछ । बिर्से रे के बुढाले
सुब्बा :
(अलि रिसाए जस्तो) ल ल तपाईँहरू उडन्ते गप : नछाट्नुस् । त्यो फायल भेटाउनुस् छिटो । बुढाले एक घण्टाको अल्टिमेटम दिएर गएकाछन् फायर भएर ।
खरिदार :
फायर भएर के गर्नु, फायल पो चाहिँयो भन्या हैन र?
कविता :
(घडी हेर्दै) एक घण्टा भित्र खोजिसक्नु पर्ने ? ओ हो हो त, टायम त गइसक्यो त है? (उठेर) कता परेछ त त्यो फायल, साच्चै कस्तो रंगको थियो हं सुब्बासाप ?
सुब्बा :
ल ल खोज्नुस् न, र¨स¨ हैन अलि ढ¨ पु¥याएर खोज्नु प¥यो । (सबै जना छरिएर खोज्न थाल्छन् ।)
खरिदार :
(फायल खोज्दै गप : पनि चलिरहन्छ ।) हैन सर के भाको हो ? किन हो यसरी सुख्खा लागेको ? हैन हाम्रो अफीस यहाँ सरेको जनताहरूलाई थाहै भएन कि क्या हो ? कोही मान्छे नै आउँदैन त
कविता :
हो तनि पहिला कामले त्यसरी सास फेर्न समेत प :ूर्सत नहुने अफिसको यो हालत ? हैन पहिला पहिला त मान्छे पनि टन्नै आउँने अनि खल्ती पनि टन्नै हुन्थ्यो । महिनावारी तनखा सनखाको त केहि वास्तै हुँदैनथ्यो ।
खरिदार :
नामै त तनखा, तनखा भनेर दिएपछि आप :ूले खानै नपर्ने । महिनादिन सम्म घोटिएर एक छिनलाई ल टन्न गोजो भरेर गयो निकाल्दै तिर्दै निकाल्दै तिर्दै गर्दै गयो । घर पुग्दा त गोजो रित्तै । नामै तनखा । (फायल देखाउदै) सर यो फायल हो ?
सुब्बा :
हैन हैन त्यो हैन ।
कविता :
नाइ साच्चै के भाको हो ? हाम्रो लेखापालले तलव नखुवाउने रे अब ? दशै भत्ता खाएपछि अहिले सम्म कसरी ? धन्न टिकिया छ तनि
सुब्बा :
यस्तै हो । हुँदैछ,मिल्दैछ भन्छन्, के हो केहो ? हैन किन आत्तिएको तपाईँहरू ? आफ्नो तलव कहि जाने होइन?
कविता :
सर यो फायल हो ?
खरिदार :
हैन होला त्यो ।
सुब्बा :
खै खै त्यो यहाँ ल्याउनुस् त यो त निकै पुरानो फायल जस्तो छ त ।
कविता :
हो सर, निकै पुरानो जस्तो छ । फायलको नाम पनि गजवको छ । खाल्डो १ लेख्याछ सर ।
खरिदार :
(हाँस्दै) खाल्डो…..
सुब्बा :
खाल्डो रे ? खै यता ल्याउनुस त ।
खरिदार :
सर यहाँ पनि एउटा त्यस्तै पुरानो फायल भेटियो ।
सुब्बा :
लौ गजव भयो त यहाँ पनि एउटा त्यस्तै पुरानो फायल भेटियो ।
खरिदार :
यी हेर्नुस् त सर यसको पनि नाम त्यस्तै छ । खाल्डो २ रे
कविता :
(खाल्डो २ रे ? लौ के अचम्म हो सरले भेटाएको फायलमा चाहिँ के लेख्या छ सर?
सुब्बा :
(हाँस्छ) यसमा चाहिँ खाल्डो ३ लेख्या रैछ । लौ यो त के अचम्म भो त ह?.(तीनवटै फायल पालै पालो पल्टाएर सरसरती हेर्छ ।)
खरिदार :
केहि अचम्म मान्नु पर्दैन सर यो अफिस सार्दाखेरि कताका कता प¥यो कताको कता प¥यो । यी सब हजुर हामी यो अफिसमा आउँनुभन्दा अगाडि देखिका फायल हुन् ।
सुब्बा :
अ….यसो गर्नुस्
कविता :
कसो गर्ने सर ?
सुब्बा :
खाल्डो १,खाल्डो२ र खाल्डो३ नाम भएका यी तीनवटै फायल लिएर उता लेखाशाखामा जानुस् । लेखापालसाप आउँनुभा होला उहाँसग बसेर यी तीनवटै फायलको खुब राम्ररी अध्ययन गरेर एउटा रिपोर्ट तयार पारेर ल्याउनुस् ।
खरिदार :
ए सरले पनि कहा त्यो ..सुक्या गु मा पानी हाल्न लाग्नु भो ।
कविता :
के के खोज्न लगाउनु भो सरले झन हामीलाई पो खाल्डोमा पार्नु भो ।
सुब्बा :
ल ल जानुस् जानुस् । म त्यो अर्काे फायल खोज्दै गर्छु ।
खरिदार :
जाम त हिड्नुस् कविताजी अब खाल्डो तिर ।
कविता :
ह्या अव पुगिगो नि तपाईँलाई त्यति भएपछि । (जान्छन्। यत्तिकैमा एक जना पत्रकारको प्रबेश)
पत्रकार :
मस्ते है सर नमस्ते
सुब्बा :
ओ हो नमस्ते हजुर कता के कामले आउँनुभाथ्यो कुन्नि ?
पत्रकार :
म कुटेखेलो दैनिक पत्रिकाको सम्वाददाता हो ।
सुब्बा :
ए…पत्रकार बन्धु के रे? कुटेखेलो दैनिक अच्छा अच्छा ल ।
पत्रकार :
हजुर गुसुअ हो यहाँको?
सुब्बा :
गुसुअ ? के भन्या त्यो गुसुअ ? म त नासु हो यहाँको ?
पत्रकार :
गुसुअ भनेको गुनासो सुन्ने अधिकारी । हाकिमसाप कता जानुभारैछ ?
सुब्बा :
ए सर त कार्यत्र :ममा जानुभाछ ।
पत्रकार :
तपाईँको अफीसमा केहि घटना घटेको जानकारीमा आयो ।(हाकिमको प्रबेश)
हाकिम :
के छ सुब्बासाप त्यो भेट्टियो त ?
सुब्बा :
त्यो त भेट्टिया छैन सर । लागिराछम् सर बरु अरु तीनवटा अनौठा फायल भेटिए सर उहाँहरू दुइजनालाई त्यसको अध्ययन गरेर रिपोर्ट तयार गर्नुस् भनेर लगाछु सर । त्यो सपथ त निजामति सेवा ऐन र नियमावलीको अनुसुचीमा पनि हुनुपर्ने सर, त्यो किताव पनि भेट्टिराछैन सर कता परेछ कता । सर अनि आज हाम्रो अफिसमा……
हाकिम :
अनि उहाँको के हो नि ?
पत्रकार :
म पत्रकार, कुटेखेलो दैनिक हाम्रो पत्रिकाको नाम हो ।
हाकिम :
ए पत्रिकाको नाम नै कुटेखेलो रहेछ कत्तिको गर्नु हुन्छ त कुटेखेलो ?
पत्रकार :
हो त्यसैको लागि आउँको । हजुर यहाँको प्रमूख हैन ? अफीसमा यत्रो घटना घटी सक्यो हाकिमलाई अत्तोपत्तो छैन हगि ?
हाकिम :
के भो ? भन्नुस न ।
पत्रकार :
के भएन भन्नुस् न, तपाईँको अफिसमा सेवा लिन आउँको सेवाग्राहीलाई तपाईँको अफिसका कर्मचारीले दिनु सम्म सास्ती दिएर अन्तमा मरणासन्न हुने गरी कुटेकाछन् ।
हाकिम :
(अलि आत्तिन्छ ।) ए हो र? के हो सुब्बासाप केहि भा होर? मलाई त कसैले खवरै गरेन त…..
सुब्बा :
म सरलाई जानकारी गराउदै थिए उहाँले उछनी हाल्नु भो । त्यस्तो केहि हैन सर सामान्य घटना हो ठिक भैहाल्छ सर । एक जना सेवाग्राहीले हाम्रो खरिदारसापलाई आत्र :मण गर्न थाल्नुभाथ्यो त्यसो नगर्नुस् भनेर यस्सो उता धकेल्दाखेरी उहाँ लड्नुभो ..त्यत्ति हो सर भएको केहि पनि हैन ।
पत्रकार :
उहाँ मान्छेको ज्यान जाला जस्तो भइसक्यो तपाईँलाई सामान्य छ हैन ? अझ उल्टो जनतालाई दोष लगाउन नखोज्नुस् । उसको अवस्था चिन्ताजनक छ । अहिलेसम्म होसै आछैन । तपाईँहरू जनताले तिरेको करबाट तलव खाएर जनतालाई सेवा दिन यहाँ बस्नुभा हो कि निर्धा असक्त जनतालाई लतक दिन यहाँ बस्नुभा हो ? यसको सब फोर गर्छ कुटेखेलो दैनिकले बुझ्नुभो ? भोलीको अंकमा कर्मचारीले जनता कुटे हाकिम बेखवर, अवस्था चिन्ताजनक भनेर हेडलाइनमा आउँछ । रिपोर्ट करिव करिव सब तयार भैसक्याछ । एक पटक हाकिम सावको प्रतिकृया लिन मात्र आउँको म । यति मात्र हैन तपाईँको अफिसमा हुने गरेका अनियमित गतिविधिको एक एक रिपोर्ट मसँग आइसक्या छ । सामान खरिद कसरी कुन प्रकृयाबाट भैराछ ? ढुवानी कसरी भैराछ ? बिपन्न समुदायलाई वितरण गर्नु पर्ने रकम कसरी वितरण भैराछ ? कर्मचारीहरूले कुनकुन शिर्षकबाट के कस्तो सेवा सुविधा लिराकाछन् त्यो सब मैले रिपोर्ट लिसक्या छु । कुटेखेलो दैनिकको अंकहरूमा धारावाहिक रुपमा एक एक गरी फोर हुन्छ यी कुराहरू…
हाकिम :
यता धेरै के कुरा गर्नु उतै जाउ न । ए सुब्बासाप चीयासिया यस्सो केहि पठाइदिनु न है यस्सो ..जाउ जाउ उतै जाउ।
पत्रकार :
उता गए पनि यतै बसे पनि कुरो चाहिँ त्यही हो हाकिम साप ।(जान्छन्)
सुब्बा :
हुन्छ सर हुन्छ ।(खड्काको प्रबेश) ए खड्का के छ उता अस्पतालको खवर?
खड्का :
के हुनु सर त्यो मान्छे त उस्तै छ सर । डाक्टरहरूले यसको मान्छे बोलाइदिनुप¥यो भन्दैथे । एक दुइवटा पत्रकार पनि आथिए के के हुँदैथ्यो त्यही बेलामा फेरि मेरो एउटा क्लाइण्टको प :ोन आउँर मलाई उता जानु पर्ने भो सर जग्गा देखाउन ..
सुब्बा :
ल हेर के कुरा गर्नु यस्तासँग ? त्यहाँ भित्र हाकिम सापकोमा गएर सोधेर केके ल्याउने कस्तो ल्याउने भनेर अनि क्यान्टीनबाट लगीदेउ ।
खड्का :
हस् सर । (जान्छ । यस्तैमा एक जना पूर्व शिक्षकको निकै आत्र :ोशित अवस्थामा प्रबेश)
शिक्षक :
खै यतै हैन? कहा छ त्यो रामे ?
सुब्बा :
हैन कलाई खोज्नु भाहोला कुन्नि ?
शिक्षक :
यहाँ खरिदार हो कि के छ रे नि, त्यो रामे के रामे, कता म¥यो? त्यसलाई आज मैले जान्या छु ।
सुब्बा :
ए रामप्रशाद जीलाई खोज्नुभाको ? हो हाम्रो खरिदारसाप
शिक्षक :
के को साहेव हुँदो हो त्यो ? साप हो साप कतिलाई डसीसक्यो त्यसले । हेर्नुस् त त्यो मैले पढाएको चेलो हो । एक कलास देखि दश कलास सम्म । पढाउने मात्र हो र स्कुलमा कति पटक त त्यसको गु मुत पनि स्याहारियो होला । गुरु भनेको त बाउ समान हो कि हैन ? म त्यसको बाउ समान भए कि भइन ? यस्तो मोरो पातकी
सुब्बा :
नाइ गरेछन् के ? रामजी ले ?
शिक्षक :
मेरो छोरो पनि उस्तै लाटो मोरो । एक पटक मसँग सल्लाह ग¥या भा पनि हुन्थ्यो । लोकसेवा पास गराइदिन्छु भनेछ र पचास हजार रुपिया खुसुक्क पाकटमा हालेछ । यो मोरो रामेले । उ मोरो दिने वालो पनि उस्तै घल्लडो, ल हेर्नुस् सर्त पनि कस्तो अहिले पचास हजार क्वाप्प पारिहालेछ । अनि पास भएपछि चाहिँ अरु पचासहजार थप्नु पर्ने रे, नभए थप्नु नपर्ने, त्यो पचास चाहिँ ढुस हुने रे ल हेर्नुस् त लोकसेवामा नाम निकाल्दीन्छु भनेर को कहा को सँग लिंक छ भनेछ र ल हेर्नुस् त यस्तो पनि गर्ने हो हुनै नसक्ने कुरो । अहिले पो मलाई एकलाख रुपिया चाहिँयो भनेर माग्यो र बल्ल कुरो खुल्यो । पचास हजार कोसँग मागेर दि सकेको ।
सुब्बा :
ए हो र? त्यस्तो त नगर्नु पर्ने । अहिले त रामजी एउटा काममा जानुभाछ आउँपछि म एक पटक हजुरसँग भेट्न पठाइदिन्छु नि । हजुरले आफेैले पढाएको चेला हुनुहुँदो रैछ रामजी, भेट्न आइहाँल्नु हुन्छ नि ।
शिक्षक :
ल, एक पटक तुरुन्त भेट्ने भन्दिनु होला मलाई । नत्र म पुलिस, प्रशासन, पत्रकार अख्तियार कता कता भन्नु पर्ने हो, सबैठाउमा जाने हा,े बुझ्नु भो कि नाइ? अहिले त पछुतो लाग्न थाल्यो यस्ता मोराको गुरु हुँ भनेर परिचय पनि कसरी दिनु ? थुक्क मोरो गुरुसँग घुस खाने कस्तो पातकी ? त्यो पैसा तुरुन्त पि :र्ता गर्ने भनिदिनु होला । नत्र मैले भन्द्याछुु जे जे गर्नु पर्ने हो सब गर्छु म । (जान्छ । भित्र गएका हाकिम र पत्रकार हाँस्दै निस्कन्छन् ।)
हाकिम :
अं त्यो चाहिँ तपाईँको खातामा आउँछ ।
पत्रकार :
अव निस्चीन्त हुनुस् त्यो न्युज आउँदैन । कुटो अब अर्कैतिर मोडियो, भोलिको कुटेखेलो दैनिकको हेडलाइन के हुन्छ थाहा छ ? सुर्खेतमा आलुखेती मौलाउदै…. हाहाहा(दुबैजना हाँस्छन्)
हाकिम :
हो नि तपाईँ हामी मिलेरै देश बनाउने हो । कार्यपालिका,न्यायपालिका,व्यवस्थापिका पछिको चौथो अंग त तपाईँहरू नै हो नि ।
पत्रकार : हुन्छ त म लाग्छु अहिले ।
हाकिम :
हस् हस् आउँदै गर्नुस् न यस्सो । (पत्रकार जान्छ । कविता र खरिदार हातमा फायल बोकेर प्रसन्न मुद्रामा प्रवेश)
सुब्बा :
ए.. आउँनुभो त तपाईँहरू ? निकै खुसी देखिनुहुन्छ त । अध्ययन गर्नुभो त ? के छ त रिपोर्ट?
कविता :
खाल्डो १ फायलमा २०५१सालमा कार्यालयको हाता रमणीय बनाउने उद्देश्यले बजेट माग गरी रु.एकलाख पन्ध्र हजारको लागतमा एक विशाल पोखरी जस्तो खाल्डो निर्माण गरेको देखिन्छ ।
खरिदार :
खाल्डो २ फायल मा चाहिँ के भेटियो भने सर २०५५सालमा कार्यालय हाताभित्र एक विशाल खाल्डो रहेको र त्यसमा पानी नहुँदा विरुप देखिएको कारण कार्यालयको शोभा घटेको यस कारण पोखरीमा विभिन्न खालका प :ोहोराहरू समेत जडान गर्ने गरी पानीको व्यवस्था गर्ने पानीमा विभिन्न खालका माछा पनि छोड्ने योजनाप्रस्ताव तयार भएको र सोही अनुसार पाच लाख बजेट माग भइ स्वीकृत भइ आउँको र सो खर्च भइ काम सम्पन्न भएको देखिन्छ सर
कविता :
खाल्डो ३ फायलमा चाहिँ कार्यालय हाताभित्र एक सुन्दर पोखरी रहेको र त्यसलाई थप मनोरम बनाउन पोखरीमा डु¨ाको व्यवस्था गर्ने वरिपरि विभिन्न खालका प :लप :ूल रोप्ने गरी अत्यन्त मनोरम उद्यानको स्वरुप दिने भनी रु .पाच लाखको प्रपोजल बनी बजेट माग भएको र स्वीकृत भइ सो खर्च भएको पनि देखिन्छ ।
हाकिम :
ए तपाईँहरूलाई सपथ भएको फायल खोज्नुस् भनेको त धेरै ठूलो अध्ययन अनुषन्धान पो गर्नु भएछ त ह । अव यसको उपलब्धी के त ?
खरिदार :
खाल्डो एक खाल्डो दुइ र खाल्डो तीन को अध्ययनले खाल्डो ४ नामको फायल खडा भएकोछ सर
सुब्बा :
खाल्डो ४ नामको नया फायल खडा भयो रे ? के भन्नुहुन्छ तपाईँहरू ?
कविता :
यी तीन वटै फायलको अध्ययन गर्दा खाल्डो हुँदै नभएको ठाउमा खाल्डो खनिएको भनी बजेट खर्च भएकोपछि त्यसैलाई आधार मानी खाल्डो पोखरी केहि पनि नभएको ठाउमा पानी भरी सुन्दर तलाउ निर्माण गरी माछा समेत भरिएको प्रतिबेदन तयार भएको र बजेट खर्च भएको देखिन्छ । त्यसै गरी अर्काे फायलमा त्यसैमा डुंगा समेत राख्ने र सुन्दर उद्यान समेत निर्माण भएको प्रतिबेदन तयार भइ बजेट खर्च भएको छ ।
खरिदार :
लेखापालसापको सल्लाह अनुसार हाल कार्यालयको हाताभित्र पानी बीनाको एक विशाल खाल्डो भएको कारण कार्यालयको हाता अत्यन्त कुुरुप भएको र कर्मचारी तथा सेवाग्राहीहरूलाई धेरै खतरा समेत भएको हुँदा यो विशाल खाल्डो पुरी सम्याउने र सुन्दर आगन र विश्राम स्थल निर्माण गर्न अत्यावश्यक देखिएकोले सो को लागि कुल लागत अनुमानित रु.दश लाख खर्च हुने देखिन्छ ।
हाकिम :
ल धेरै राम्रो प्रस्ताव तयार गर्नु भएछ यसलाई भोली नै लिएर म केन्द्रमा जान्छु र यो विरुप खाल्डो पुरी सम्याइ सुन्दर आगन निर्माणको लागि बजेट स्वीकृत गराइ ल्याएर आउँछु । तपाईँहरू ढुक्क हुनुहोस् । सबै जनालाई धन्यबाद । तपाईँहरू चीया सिया खानुहोस् म पनि आफ्नो तयारीमा लाग्छु । कविताजी एक छिन आउँनुस् त । (हाकिम जान्छ । कविता पनिपछि लाग्छे ।)
खरिदार :
सर नजाने ? म पनि चिया खाएर आउँछु ।
सुब्बा :
हुन्छ तपाईँ जादै गर्नुस् म आइहाँले है त । (खरिदार जान्छ । सुब्बा केहि खोजी रहन्छ ।खड्का दौडेर आउँछ)
खड्का :
सर सर सुब्बा साप हजुरको छोरी हजुरलाई खोज्दै आउँनु भएकोछ
सुब्बा :
मेरी छोरी रे ? किन आइछ त यहाँ
खड्का :
खै निकै रिसाएको जस्तो देखिनुहुन्छ । के रहेछ कुन्नि ?उ आइहाँल्नु भो । (देवी प्रबेश गर्छे । उ निकै त्र :ुद्ध छे ।)
सुब्बा :
किन कता आथिस् नानी ?
देवी :
म हजुर र हजुरका सबै साथीहरूलाई कालोमोसो दल्न आउँको ।
सुब्बा :
के भन्छे यो ? बौलाउन त बौलाइनस् ?
देवी :
हो म बौलाए । तपाईँहरू जस्ता द्रव्य पिसाचहरूका कारणले गर्दा हामी जस्ता सर्बसाधारण जनता बौलाउन बाध्य हुनेछौ अन्तमा यो देश नै बौलाउन बाध्य हुने छ । तपाईँ मलाई जन्म दिने बाउ हो तर तपाईँले मलाइ यति ठूलो धोका दिनुभो । आप :ूले जन्माएकी छोरीलाई त यति ठूलो धोका दिनु भो भने अरु पराया मान्छेहरूलाई ?






