मुडुली फुपु -लीला सेलीङ माबो
सबैले अपहेला गर्दै भन्थे उनी त बोक्सी लोग्ने टोक्नी हो
सेतो पहिरनमा केस नाङ्गो काटिएकी मुडुली फुपु हो
जो स्वर्गीय पत्नीको घाटमै विवाह गरे पनि भन्छन् ऊ त बहादुर हो
खोइ कसैले भनेन् ऊ त कुलच्छिन स्वास्नी टाक्ने हो ।
सभा गोष्टीमा जा“दा पनि नारीलार्य त आरोप लाग्छ
एड्स रोगको ग्रस्त भए पनि पुरुषले त प्रशंसा पाउ“छ
जन्मदेखि मृत्युसम्म महिला विरुद्ध अमानवीय अपराध छ
२१ औं शताब्दीमा पुगे पनि समाजलाई अझै भित्री आ“खाको अभाव छ ।
जति सुशिक्षित भलाद्मीहरुले मञ्चमा दर्शन छाटे पनि व्यवहारमा उही छ
धेरै मुडुली फुपुहरुको दर्दनाक यथा कथा यही छ
त्यसैले यहा धेरै मिरा ढुङ्गाना र तसलीमा नसरीनहरुको खाचो छ
सहरमा भन्दा गाउबस्तीमा गई न्याल्नु भए नारी बेदना साचो छ ।






