आफ्नाे मनकाे तराजुमा -मिनबहादुर राना
आफ्नाे मनकाे तराजुमा जाेआफैलाई
आफ्नाे एक्लाे संसारमा खाेज आफैलाई
भित्रैबाट आफैलाई जब बुझ्छ मान्छे
तब लाग्छ आफ्नाे बानी राेग आफैलाई
दुनियाकाे मामलाकाे आफै ठेक्का लिँदा
बनेकाछन् कति मान्छे बाेझ आफैलाई
अर्कालाई उचालेर कस्ले के पाे पायाे ?
आफ्नाे शिरमा चढाउन राेज आफैलाई
मज्जा लिन्छन् बैरीहरू तिम्राे नाच हेरी
नाचेपछि हुनु पर्छ माेज आफैलाई
पाखण्ड हाे ठूलाे भन्नु खाेज्दै ढाेग्नु किन ?
आफ्ना राम्रा काम सम्झी ढाेग आफैलाई