दलितसम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौँ, १६ भदौ : प्रतिनिधिसभाका सांसद रणेन्द्र बराइली र डिडी अधिकारीद्वारा लिखित ‘नेपाली दलित साहित्य लेखनको इतिहास’ नाम पुस्तक सार्वजनिक भएको छ । त्यसैगरी सांसद बराइलीद्वारा लिखित ‘रातो बारुद, मुक्ति योद्धा लप्टन लालबहादुरको जीवनी’, साहित्यकार डम्बर पहाडीद्वारा लिखित ‘डम्बरे दमाइको बकपत्र’, साहित्यकार सरोज दिलुद्वारा लिखित ‘मैले छोएको सिन्दुर’ नामक पुस्तक पनि सार्वजनिक भएको छ ।

प्रगतिशील साहित्यकार टिआर विश्वकर्माको ३३औँ स्मृतिका सन्दर्भमा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले संयुक्तरुपमा आयोजनामा गरेको पुस्तक विमोचन तथा गीत लोकार्पण कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाइलीले आज ती पुस्तक तथा गीत सार्वजनिक गर्नुभयो । पुस्तक समीक्षा गर्ने क्रममा डा गोपिन्द्र पौडेल, डा हरिप्रसाद सिलवाल, साहित्यकार कल्पना खरेल र गीति समीक्षा गर्ने क्रममा जन संस्कृतिकर्मी माइला लामाले महत्त्वपूर्ण किसिमले परिचर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *