भ्यालेन्टाइन डे त यस्तो होस – विश्वास दीप

भ्यालेन्टाइन डे त यस्तो होस

संसार प्रेममा अडेको छ भन्ने बोधहोस

टाढिएका आफन्तहरुको खोजहोस

बिग्रिन लागेको सम्बन्धमा सुधारहोस

 

भ्यालेन्टाइन डे त यस्तो होस

उमेर र समयको ज्ञानहोस

सानै छदा प्रेम गर्न हतार नहोस

बुबाआमाको स्वीकृतिहोस

 

भ्यालेन्टाइन डे त यस्तो होस

पबित्र मायाको सम्झनाहोस

प्रेम र प्रतिज्ञा सधैसधै रहोस

स्वार्थ र घृण्णा टाढा रहोस

 

भ्यालेन्टाइन डे त यस्तो होस

राष्ट्र र राष्ट्रियताको सोचहोस

असहाय, गरिव, दुःखीहरुमा दयाहोस

नेपाल र नेपाली हुनुमा गौरवहोस

 

भ्यालेन्टाइन डे त यस्तो होस

साँचो मायामा छेकबार नहोस

जात, धर्म र बर्गको विभेद नहोस

समृद्धि र प्रगतिको लागि आर्शिवादहोस

 

– १४ फेब्रुवरी २०१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *