शेरे-ओली – टेक बहादुर थापा राजेश
शेरे-ओली मिल्ने भए
गिरी बन्धु चिया पिउने भए
गाउँ- गाउँमा भ्यू टावर बन्ने भए
पानी बिनाको खोलामा, ठुला- ठुला पुल हाल्ने भए
धारामा पानी नआए पनि टुटी खोल्न थालने भए
नेपाली झन्डा हालेर बागमतीमा जहाज चलाऊने भए
चामलसँग पिठो साटेर देशलाई धनी बनाउने भए
के चाहियो अब हामीलाई बसिबसी खानेदिन आउने भए ?!
शेरे-ओली मिल्ने भए
भदौमा देखाउने गाइजात्रा
असारमा पनि देखाउने भए
नागार्जुन पुगेका काकालाई मुसुमुसु हास्ने बनाउने भए
हग्नेलाई भन्दा देख्नेलाई लाजको पसारो बनाउने भए
सँसदिय नामको ब्यबस्था पत्तुर बनाएरै छाड्ने भए
शेरे-ओली मिलेर समाजवादी क्रान्ति गर्ने भए
के चाहियो अब हामीलाई बसिबसी खानेदिन आउने भए ?!
शेरे- ओली मिल्ने भए
साउने संक्रान्ती नआउँदै
सबै लुतो फ्याक्ने भए
उखान टुक्काको बर्षा त दिनदिनै अब हुनेनै भए
ग्यासको पाइप सबैको घर -घरमा अब आउने भए
भुटानी शरणार्थी प्रकरणको फाइल खोल्ने सबैलाई
सिस्नो पानी लाउने भए
यिनको अस्सली अनुहार सबैले अब देख्ने भए
प्रतिपक्ष बिनाको लोकतन्त्र नेपालमा नै देख्ने भए |
शेरे-ओली मिलेर के के अब गर्ने भए ?
समाबेशीता हटाएर तोरीबारी बनाउने भए
समानुपातिक हटाएर आफ्नै बर्चस्व राखने भए
महिलाको सिटमा पनि पुरुष नै अब बस्ने भए
दलितले पाउने कोटामा आफ्नै मान्छे हाल्ने भए
धर्म निरपेक्ष हटाएर हिन्दू राज्य राख्ने भए
संबिधान संशोधन गरेर गणतन्त्र पनि फ्याक्ने भए
छिमेकिको डमरू बजाउन
तछाड मछाड गर्ने भए
अस्तिरताको राजनीति गरेसी
बिदेशीले फुटवल त खेलनेनै भए
यस्तै नाटक हेरेर हाम्रा आँखा पाक्ने भए
शेरे-ओली मिलेर हुने नहुने गर्ने भए
तपाईं -हाम्रा सपना फुल्न नपाउदै मर्ने भए |