आँखामा कृतज्ञताको आँसु – अज्ञात
लामो समयदेखि प्रयोग नआएको एउटा स्कुटर मैले बेच्ने विचार गरेँ, मूल्य राखेँ रु १ लाख । विभिन्न व्यक्तिबाट ८५ देखि देखि ९५ हजारसम्मका अफर आए । कसैलाई ओके भनेको थिइन ।
एकदिन एकाबिहानै कसैले मलाई फोन गरेर भन्यो- “मैले तपाईको एड देखेँ। मलाई मन पनि पर्यो। तर मैले एक लाख रुपैयाँ जम्मा गर्न सकिन, ७५ हजार मात्रै जम्मा गर्न सकें । छोरा इन्जिनियरिङको अन्तिम वर्षमा छ । उसले निकै मिहिनेत गरेको छ । कहिले पैदल, कहिले साइकल, कहिले बस, कहिले कसैसँग लिफ्ट मागेर जाने गर्छ । पढाइको अन्तिम वर्ष आफ्नै स्कुटीमा जानुपर्छ भन्ने लाग्यो । यसैले कृपया मलाई स्कूटी दिनुहोस्। नयाँ किन्नु मेरो लागि सम्भव छैन । केही समय दिनुहोस्, म बाँकी पैसाको व्यवस्था गर्छु । मोबाइल बेचेर भएपनि केही पैसा जुटाउनेछु।”
मैले ‘ठीक छ’ भने र फोन काटिदिए। यसपछि मेरो मनमा केही विचार आयो । मैले तत्कालै कलव्याक गरेर भने, “मोबाइल नबेच्नुस्, भोलि बिहान ७५ हजार ल्याउनुहोस, स्कूटर लैजानुहोस् र त्यो पनि ७५ हजारमा मात्रै ।”
९५ हजारको अफर आए पनि मैले ७५ हजारमा कुनै अपरिचित व्यक्तिलाई स्कुटर दिन लागेको थिएँ । आज त्यो परिवारमा कति खुसी सिर्जना भएको होला भन्ने लाग्यो । भोलि उसको घरमा स्कुटी आउनेछ । मलाई पनि धेरै घाटा थिएन, जे जति दिएको छ भगवानले दिएकै छ ।
भोलिपल्ट बिहान उसले ६-७ पटक फोन गर्यो “सर, म कति बजे आउनु? तपाईको समय खेर नजावोस्, यहाँको फुर्सद कतिबेला हुन्छ भन्नुहोला । म छोरा लिएर आउँ कि एक्लै ? तर हजुर, स्कूटर अरूलाई नदिनुहोला है ।”
ऊ हजार, पाँच सय, दुई सय, सय, ५० दरका खुल्ला पैसा झोलामा हालेर आएको थियो। नोट हेर्दा उसले यो पैसा कहाँबाट ल्याएको हो थाहा भएन, तर लाग्थ्यो कतै भिख मागेर वा थोरै थोरै जम्मा गरेर ल्याएको जस्तो लाग्यो । ऊसँग छोरो नभएर एउटी केटी आएकी थिई ।
केटीले ठूलो उत्सुकता र कृतज्ञताका साथ स्कुटी हेर्दै थिई। मैले उसलाई चाबी, हेलमेट र कागज सवै दिएँ। केटी नम्रतापूर्वक स्कूटरलाई मसार्दै थिई। उसको अनुहारमा खुशी झल्किएको थियो ।
उसले पैसा गन्न भन्यो, मैले गन्ती गरेर ल्याएको हो भनेँ केही समस्या छैन भनेर गनिन । उनीहरु निस्कन लाग्दा मैले उसलाई ५ सयको नोट फर्काएँ र भनेँ, घर जाँदा बाटोमा मिठाई लिएर जानू । कतै तेलको पैसा छ कि छैन भन्ने लागेको थियो मलाई । र तेल छैन भने पनि पाँच सयले मिठाई र तेल दुवै आउनेछ।
आँखामा कृतज्ञताका आँसु लिएर जाँदा मैले उसलाई सोधेँ, ‘यो केटी को हो ?’ उसले जवाफ दियो,’यहीँ नै मेरो लागि छोरा हो हजुर ।’❤️
दुवैजना स्कुटर लिएर गए । बाहिर निस्किँदा, उसले विनम्रतापूर्वक झुकेर नमस्कार गर्यो । र, बारम्बार कृतज्ञता व्यक्त गरिरह्यो।
जीवनमा केही यस्ता काम हुन्छन्, जुन काम गर्दा हामीले नाफा नोक्सान हेर्नु हुँदैन। हामीले यो पनि हेर्नु पर्छ कि हाम्रो माध्यमबाट कसैले साँच्चै खुशी पाएको छ कि छैन।
-समाजिक संजालबाट साभार ।