प्रवासी – शुभ मुकारुङ
ज्यानै मात्र भएको हो, पर प्रबासी
मन त सधै डुलिहिड्छ उहीँ गाउबेसी ।
बारि भरी फुल्दै होलान पैयु आरु फुल
हिमालतिर लाग्दै होलान कर्याङ्कुरुङ हुल
यस्पाली नि, साकेवालाइ सम्झे बेसरी
मन त सधै डुलिहिड्छ उहीँ गाउबेसी ।
साथी सङ्गी खेल्दै होलान देउसी भैलेनी
फुलको थुङ्गा ओइलाउदा रुइन होलि बहिनी
यस्पाली नि भाइटिकालाइ सम्झे बेस्सरी
मन त सधै डुलिहिड्छ उहीँ गाउबेसी ।






