जीबन बगे खोला सँग – सुरेन्द्र इङनाम
जीबन बगे खोला सँग, कुन समुन्द्रमा मिसीने हो
मन बगे हावा सँगै, कहा पुगी फर्किने हो
हिड्छु हेर्दै जताततै, उजाड देख्छु संसार नै
डुबि दिन्छु कल्पनामा, देख्छु सबै अन्धकार नै
पोल्छ मुटु आज सारै, छाति भित्रै जल्दिने भो
मन बगे हावा सँगै, कहा पुगी फर्किने हो
झस्किए छु आधा रातमै, सपना नै नराम्रो भो
त्यसै बित्यो हरेक पल, यात्राहरु अपुरो भो
छाति फुल्छ किन धेरै, बेदनानै बड्दिने भो
मन बगे हावा सँगै, कहा पुगी फर्किने हो
जीबन बगे खोला सँग, कुन समुन्द्रमा मिसीने हो
मन बगे हावा सँगै, कहा पुगी फर्किने हो