लाहुरेनी को रेलिमै – विजय हितान
लाहुरेनी को रेलिमै, फेसनै क्या राम्रो
विवाह पछि छुट्नपर्यो, भेट हुन्थेन हाम्रो
छोडेर एक्लै गॉऊमा, हंगकंग पल्टन ऑऊदा
तिन बर्ष कुरेर बस्नलाई, थाम्न पर्थ्यो गाह्रो
लाहुरेनी को रेलिमै, फेसनै क्या राम्रो
चिठी नऑऊदा संबन्ध, माटो झै झन चाम्रो
गार्ड ड्यूटिमा बसेर, ऊनैलाई कल्पंदा
एक्लो जिन्दगी लाग्दथ्यो, घुम्ति झै झन लामो
लाहुरेनी को रेलिमै, फेसनै क्या राम्रो
घर जस्तै हाम्रो जिन्दगीको, थियौ धुरी खामो
न भत्किकन आफैलाई, सम्हालेर बसि रहेथ्यौ
म कुंदेर आईपुग्थें, घुमाऊरो बाटो त्यो लामो
(माष्टर मित्रसेन थापामगरको स्मृति दिवसको दिन उनको चर्चित गीत लाहुरे दाईको रेलिमाई फेसनै राम्रो को उत्तरको रुपमा स्रष्टा हितानले लेख्नु भएको गीत । यसलाई गायक थीर थापाले गाउनु भएको थियो । – सम्पादक)