४ मुक्तक – सेमन्त राई

[nk_awb awb_type=”image” awb_image=”355″ awb_image_size=”full” awb_image_background_size=”cover” awb_image_background_position=”50% 50%”]

मुक्तक १

एक हातले ताली बजे के खाँचो थ्यो अर्को हातको
कहिले काहीं हातकै लागी खाँचो पर्छ मिठो बातको
नाघ्छ सीमा चर्को हुदै हात र बातको मेल नखाँदा
मनभरी रीस बोकेर बाटो रोज्छन् विश्वास घातको ।।

मुक्तक २
कोहि बगाउँछन् आफ्नै रगत देशका लागी
कोहि बगाउँछन् अरुको रगत ऐशका लागी
शासन कहिले ठीक होला नेपालमा हजुर
कोहि बगाउँछन् मान्छेको रगत द्वेशका लागी//

मुक्तक ३
मुक्तकको तागतले तानेको यहाँ
भावनाको सम्बन्ध मानेको यहाँ
जहाँ भए पनि मुक्तककै मालाले
सुनौलो एक शुत्रमा बानेको यहाँ।

मुक्तक ४
कस्तो हाँसो यो जिन्दगीको
अनेकौं चासो यो जिन्दगीको
भोग्दा भोग्दै नपुगेको भनेर
थोरै गुनासो यो जिन्दगीको।।

– संखुवासभा
हाल: वेलायत

[/nk_awb]

Leave a Reply

Your email address will not be published. Required fields are marked *