म भ्यालेन्टाइन बन्न चाहन्छु – शुष्मा रुपाबुङ
मेरो प्रेमी रातो गुलाब बोकेर भ्यालेन्टाइनडेमा
मलाई माया पोख्न आउँदा मेरो आँखाहरु
तिर्मिराउछन किनहो
आजकाल मेरो आँखाले छुट्याउनै छोडिसक्यो
रातो गुलाब र रातो रगत…
हेर्दा हेर्दै रातो गुलाबको थुङ्गा तरल बनेर
घरि छाउपडि युवतिको योनिबाट बग्न थाल्छन
घरि शहिदको छातीबाट निस्कन थाल्छन
घरि गरीब,निमुखाको टाउकोबाट चुहिन थाल्छन
र त्यही रातो रगत चढाएर अट्ठहास गर्दै रमाउन थाल्छन सम्राटहरु..
देशलाई प्रेम गर्छु भनेर झुठो बाचा गर्दै
जबर्जस्ती देशलाई बलात्कार गरेर लीलामिमा
बेचिरहेछन
आँखै अगाडि आफ्नो देश आफ्नै प्रेमी बाटै
असुरक्षित हुँदा
तिम्रो रातो गुलाबभरिको प्रेम कसरी स्विकार गर्न सक्छु?
रातो गुलाबको थुङ्गा देखाएर काडै काडाले घोचेर
मेरो रगतको अर्को गुलाब बनायौ भने?
मलाई अब कसैको प्रेमीका बन्नु छैन
बरु जरुर बन्नुछ फेरी अर्को भ्यालेन्टाइन
र देशलाई साचो प्रेम गर्ने प्रेमी भेटइदिनुछ
जस्ले देशलाई प्रेमले सुम्सुमाओस
र बिस्वासको सम्भोग बाट
देशले जन्माओस
बिकासका योजनाहरु
सम्रिद्दिका लहरहरु
जहाँ कुनै युवतिको योनिबाट झरेको रगत
असुद्द हुने छैन
कसैले छोएको पानी झुठो हुने छैन
चार बर्ण हटेर
सबै जातको फुलबारी मात्र हुनेछ
कुनै गरीबको थाप्लोबाट नाम्लोले रगत निकाल्ने छैन
र सहिदको रगतमाथि टेकेर चिप्लेटी खेल्ने छैनन कुनै सम्राटहरु…
बरु मलाई पनि फासी दिओस
साच्चै म अर्को भ्यालेन्टाइन बन्नेछु
र त्यो दिन मेरो सम्झनामा
रातो गुलाबको सट्टा
सबै- सबै
सुनौलो बिहानि हात-हातमा बोकेर
एक-एर्का सङ्ग माया बाढ्नेछन
जरुर म अर्को भ्यालेन्टाइन बन्न चाहहन्छु,,
मेरो देशको……