‘अविरल जनसाहित्य यात्रा’ लामाका कविता

काठमाडौँ, २० भदौ : राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको मासिक ‘अविरल जनसाहित्य यात्रा’ को ८२ औं शृङ्खलामा आज कवि अनिता लामाका एक दर्जन कविता प्रस्तुत गरिएको छ ।

बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख लामाका ‘आगोको फूल’, ‘पसिना’, ‘ओ अटकनारा’, ‘बेपत्ता ईश्वर’, ‘बिर्खबहादुर माझी’, ‘जुनुमाया’, ‘प्रसाद’, ‘कमरेड मेरो सन्ते कहाँ छ ?’, ‘पाठेघर’, ‘गुजारा’, ‘जीवनको रङ’ कविता प्रस्तुत गरिएको हो । उहाँलाई वाचनमा लक्ष्मी माली, आयुश्री घिमिरे, यशोदा अधिकारी, रोजिता बुद्धाचार्य र जयन्ती स्पन्दनले सघाउनुभएको थियो ।

कार्यक्रममा नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले प्रगतिशील साहित्यले जनता जगाउन र समृद्धिको यात्रामा वैचारिक योगदान दिन सक्नुपर्ने बताउँदै लामाका कवितामा त्यसको छनक मिलेको जनाउनुभयो । राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष अध्यक्ष प्रेमनाथ अधिकारीले समाजका पछाडि पारिएका समुदायका आवाजलाई अनिताले कविता बुनेको बताउनुभयो । समालोचक प्रा डा लेखप्रसाद निरौलाले कवि लामाका कवितामा कला र विचारको उचित संयोजन पाइएको टिप्पणी गर्नुभयो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *