घडि चोर विद्यार्थी र प्रधानाध्यापक – अज्ञात
एक विद्यार्थीले प्रधानाध्यापकसंग भन्यो ।
सर सर ! बुबाले मेरो जन्म दिनमा दिनु भएको महंगो घड़ी हरायो ।
प्रधानाध्यापक: कहांबाट हरायौ
विद्यार्थी: यहीं कक्षा कोठाबाट हरायो सर !
प्रधानाध्यापक: कसरी हरायो?
विद्यार्थी: म टिफिन टाइममा घडी यहीं टेबुलमा राखेर बाहिर गएको थिए, आउंदा टेबुलमा घडी छैन सर !
प्रधानाध्यापक: त्यसोभए यो समय भित्र त कक्षा काेठामा तिमीहरू बाहेक अरू कोही आएका छैनन् ।
प्रधानाध्यापक: तिमीहरू सबै लाइनमा लाग । र, सबैले आ-आफ्नो आँखामा पट्टी बाँध । सबैले त्यसै गरे । प्रधानाध्यापकले सबैको पकेट छामे। एउटाको पकेटमा घडीभेटियो र घडी बुझाए ।
चोरी गर्ने केटा डरायो । उसले अब मैले चोरेको कुरा कक्षाभरी फैलन्छ भन्ने त्रासमा रह्यो । एकदिन दुईदिन गर्दै समय वित्यो । तर, उक्त कुरा फैलिएन । उनीहरू कलेज जीवन सिध्याएर आआफ्नो कर्ममा लागे ।
चोर्ने केटा ठूलो उद्योगको मालिक बन्यो । एक दिन उसलाई पुरस्कृत गरिने कार्यक्रम थियो । उक्त कार्यक्रममा आफ्नो प्रधानाध्यापक पनि आएका थिए । केटा प्रधानाध्यापकसंग गएर प्रधानाध्यापकलाई धन्यवाद ज्ञापन गर्दै भन्यो “आज म जो स्थानमा छु सर हजुरकै देन हो । म हजुरको त्यो गुन कहिल्यै भुल्ने छैन ।” प्रधानाध्यापक आश्चर्यमा पर्दै भने “मैले त्यस्तो के गरें र ? तिमी यो सब के भन्दैछौ ?” विद्यार्थीले भन्यो हजुरले त्यो दिन मैले चोरेकाे कुरा कसैलाई भनिदिनु भएन । र, म आज जिन्दा मात्र हैन, यो स्थानमा छु, त्योकुरा विद्यालयमा फैलिएकाे भए म त्यही दिन आत्महत्या गर्थें ।”
प्रधानाध्यापक आश्चर्यमा पर्दै भने: “त्यो केटा तिमी थियौ ?” विद्यार्थी फेरी आश्चर्यमा पर्दै भन्याे “सर ! हजुरले मलाई भुल्नु भयो ?”
प्रधानाध्यापक: मैले त्याे दिन तिमीहरू संगै मेरो आंखा पनि कालो पट्टीले बांधेको थिए । ताकि घडी लिने विद्यार्थी मैले नचिनु । म चाहन्थे कि मेरो विद्यार्थी मेरो नजरबाट नगिरोस् । यो कुरा सुनेर विद्यार्थी झन् आंखाभरी आँसु लिंदै प्रधानाध्यापकलाइ अंगालेर रोयो ।