मेरो निस्वार्थ प्रेम – तारा लिम्बु
हजारौलाई बलत्कार गर्न सक्ने यि आँखाहरु
तिमीलाई सिधा हेर्न समेत सक्दैनन्
तिम्रो सामु नजरहरु झुक्छन
हरेक भेटमा अनुहार मलिन हुन्छन
सयौलाई चिथोर्न सक्ने यि हातहरु
भेटेसम्मकालाई अङालो हाल्न सक्ने यि अङालो
तिमीलाई स्पर्श गर्न समेत डराउछन
सोच्दा समेत ह्रुदयघात हुन्छ कि जस्तो हुन्छ
कयौलाई झुटो माया गर्छु भनी बोल्ने बोलिहरु
तिमीलाइ साचो माया गर्छु भन्न समेत आवाज आउँदैन
सयौलाई चुम्दै रसको स्वाद खोज्ने यि ओठहरु
तिमीलाई देख्ने बित्तिकै थरर काप्छन
कतै थोरै मात्र अध्यारो देख्ने बित्तिकै
असभ्य बन्न पनि पछी नपर्ने स्वाभावको पुरुषार्थ माथि
तिम्रा हेराइहरु चुनौतीपुर्ण लाग्छन
सामना गर्ने म मा हिक्मत हुँदैन
तिम्रो हेराइको
हो
हरेक स्वास्नी मान्छेहरु देख्दा
सहज् लाग्ने
मुल्यहिन लाग्ने
असहाय लाग्ने
प्रयोगपछि प्रयोगहिन लाग्ने
तिनै स्वास्नी मान्छेहरुसँग पुरै रात द्वन्ध्व गरी
घर्षणमा जीवनलाई अर्थपूर्ण बनाउन सक्ने म
तिमी प्रति कुनै कु बिचारसम्म सोच्न सक्दिन
त्यसैले त फरक छ
मेरो मार्मिक तर सत्य
तिमीसँग म यति आत्मिय छु
र पनि केही भन्न सक्दिन
हरेक पल मनैबाट चिहाउछु
तर केही बाहाना गर्न सक्दिन
तिम्रो कुमारीत्वको हत्यारा बन्न चाहान्न्
रस पिएर खोस्टालाई जवानीहिन बनाउन चाहान्न्
किनकी तिमिप्रति मेरो निस्वार्थ प्रेम छ
तिम्रो अस्तित्वमाथि म कुनै हालतमा आक्रमण गर्न सक्दिन
ति क्रियाकलापको बारेमा सोच्न पनि सक्दिन
कसैले तिम्रो बारेमा कुरा मात्र गरे
नजर मात्र उठाएर हेर्दा नि
मलाई पिडा हुन्छ
बिनासर्त रक्षा गर्न पछी पर्दिन
हो म अभिब्याक्त त गर्न सक्दिन
तर बेहद प्रेम गर्छु तिमीलाई
भन्छन नि
‘जहाँ प्रेम हुन्छ त्यहा बलत्कार हुँदैन
जहाँ बलत्कार हुन्छ त्यहा प्रेम हुँदैन’
वास्तवमा सत्य रहेछ
मैले नजरले पनि तिमीलाई कहिल्यै
बलत्कार गरिन
मधुरो आशा त अझै नै छ
तर बोल्न सक्छु भन्ने अत्माबिश्वास अझै पनि छैन
कतै बोल्दा पनि तिम्रो कुमारीत्व गुम्ने हो कि
अनि मैले
बलत्कारीको सजाय भोग्नु पर्ने हो कि?