भिड – बि.बि.याक्खा
यस्तो काम पनि गर्छन् कोहि हुनेनहुने दिमागलाई दुख दिएर । पागलहरुले पो गर्छन् त दिमाग् चारतिर घुमायो अचम्म नै छ भनेर माईली उसको श्रीमानसित बेला बेला गुनासो गर्ने गर्थिन । जवाफमा श्रीमान् ठुले फिस्स हाँसेर जिस्काउदै टार्दिने गर्दथे ।
आफैं भित्र रमाउने ठुलेले अरुको कुरामा तेति चासो राक्दैन्थे । तैपनि दुनियाँले यस्तो त्यस्तो भनेर कुरा काटनु छाडेदैन थिए । आफु भने बरु मेहनतका साथ लक्ष्यमा नै चुपचाप लागिरहन्थे । माइली पिर गर्थिईन । यस्ता लेखनदाससित के लाग्छ खै भनेर?
भन्ने र सुनाउनेको जमात पनि हुनेभन्दा नहुने कुरा नै धेरै गर्ने । यसैले लेख्नेसित माईलीलाई रीस उठ्नु स्वाभाविक नै थियो, ए नानीका बुबा एता आउनुहोस् त लौ, भनेर लोग्नेलाई बोलाई निकै खुशी छे उ के भयो आज? भन्दै ठुले माईलीको छेउ आए ।
माईली खुशीहुँदै भनिन् – तपाईंको रचनाले उत्कृष्ट स्थान सहित पुरस्कृत हुन सफल भएछ हेर्नुस् त बधाई दिने भिड रहेको छ । ठुलेले हास्दै भन्यो- सबैभन्दा ठूलो कर्ममा बिश्वास राख्नुपर्छ । भिडको त एक हातमा गाली र आर्कोमा सधैं स्याबासी हुन्छन् ।
माईलीले लजालु पारमा भनिन् – आखिर श्रीमान् कसको हो?
ठुले नि प्रेमभाब व्यक्तगर्दै भन्यो -दैबले जुराको पो त माईली!
अरुको हुने कल्पना नै भएन नि, लौ मिठो चिया बनाउन है।
यसपछि चिया पिउन लागे उनिहरु हाँसो ठट्यौलीगर्दै सुरुप्प ।