स्मृति नाटकमा सांस्कृतिक कला –प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल
जगतबहादुर र चतुरकुमारी राईको कान्छा छोराका रूपमा २०३५ साल चैत्र १२ गते नेपालको सगरमाथा अञ्चलमा पर्ने खोटाङ जिल्लाको चिसापानी–७ मा जन्मिएका परशुराम राई हाल बागमती अञ्चलको ललितपुर–१४ ताल्छिखेलमा बसोबास गर्छन् । अङ्ग्रेजी विषयमा एम.फिल.सम्मको अध्ययन गरेका उच्चशिक्षित व्यक्तित्व राईले नाट्याभिनयका साथै विभिन्न क्षेत्रमा विशेष तालिम पनि लिएका छन् । यिनले नेपाली साहित्यको विशेषतः नाटकका क्षे
त्रमा प्रवीण पुमाका नामबाट आनो पहिचान बनाइरहेका छन् ।
नाटक लेखन, निर्देशन र अभिनयमा रुचि राख्ने पुमाले थुप्रै नाटक लेखनका साथै निर्देशन र अभिनयसमेत गरेका छन् । स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत नाटक प्रदर्शन गरेर यिनले नेपाली नाटकका क्षेत्रमा आप्mनो पहिचान विस्तार गरिरहेका छन् । रेडियो नाटकमा समेत अभिनय गरेका पुमाले विभिन्न चलचित्र लेखन, निर्देशन र अभिनय पनि गरेको देखिन्छ । यिनले अभिनय प्रशिक्षकका रूपमा समेत कार्य गरेका छन् । यिनले सुम्निमा (साप्ताहिक, सन् २००३), पुमा (मासिक, सन् २००३), सिलौटी टाइम्स (मासिक, सन् २००५–२०१०), यायोक्खा (स्मारिका, सन् २००९), खम्बुवान पत्र (मासिक, सन् २०१०–२०१२), जुपिटर टोल (स्मारिका, सन् २०१६–२०१८) आदिको सम्पादन पनि गरेका छन् । त्यस्तै पुमाद्धारा निमार्ण, निर्देशन, प्रस्तुत गरिएको रङ्गमञ्च टिभी कार्यक्रमले इण्डिजिनियस टिभी र आई टिभीमा सन् २०१७ देखि अहिलेसम्म १३३ औं श्रृंखाला पार गरिसकेको छ ।
प्रवीण पुमाले नव प्रभात कलेजमा (सन् २०१३–२०१८सम्म), वानेश्वर क्याम्पसमा (सन् २०१५–२०१९सम्म), सिनास क्याम्पसमा (सन् २०१८ देखि हालसम्म) प्राध्यापन गरिसकेका छन् । पुमाले यस सिनास क्याम्पसमा क्याम्पस प्रमूख (सन् २०१८–२०२३) भएर कुुशल नेतृत्व पनि गरेको छ ।
अष्ट्रियाको भियना विश्वविद्यालय, नेपाल सरकारको नेपाल प्रज्ञा प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न संस्थाहरूबाट अनुसन्धान कार्य सम्पन्न गरेका पुमा नेपाल सरकारको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थान र पोखरा विश्वविद्यालयमा पनि अनुसन्धान कार्यमा संलग्न छन् । यिनी सुम्निमा थिएटर एकेडेमी र नाट्यकर्मी महासङ्घ नेपाललगायत थुप्रै सङ्घसंस्थामा पनि आबद्ध छन् ।
यसरी नाटक लेखन, निर्देशन, अभिनयका साथै विभिन्न पत्रपत्रिकाको सम्पादन र अनुसन्धानका क्षेत्रमा समेत क्रियाशील पुमाका हालसम्म निम्नलिखित नाट्यकृतिहरू प्रकाशित छन् ः
१. सुम्निमा (नाटकसङ्ग्रह, सन् १९९६)
२. सुम्निमा–पारुहोङ (नाटकसङ्ग्रह, सन् २००८)
३. हेत्छाकुप्पा (नाटक, सन् २००९)
४. निनाम्मा (नाटकसङ्ग्रह, सन् २०१०)
५. साया (नाटकसङ्ग्रह, सन् २०१२)
६. होङछा (नाटकसङ्ग्रह, सन् २०१३)
यी नाट्यकृतिहरूबाहेक प्रवीण पुमाका विभिन्न विषयस“ग सम्बद्ध निम्नलिखित कृतिहरू पनि प्रकाशित छन् ः
१. हेन्खामा–निनाम्मा (मिथकसङ्ग्रह, सन् १९९७)
२. मुन्दुमः दोङवाङ–दोङदापा (मुन्दुम, सन् २००४)
३. सुम्निमा (चलचित्र, लेखन÷अभिनय ः सन् २००७)
४. बुढाहोङ मुन्दुम ः परिचय, पाठ र विश्लेषण (सन् २०१५)
५. पारूसेवा मुन्दुम ः परिचय, पाठ र विश्लेषण (सन् २०१७)
उल्लिखित थुप्रै कृतिहरू प्रकाशन गरिसकेका प्रवीण पुमाले सर्वोत्कृष्ट अभिनेता (सन् १९९८), सर्वोत्कृष्ट निर्देशक (सन् १९९९), उत्कृष्ट नाट्य प्रस्तुति तेस्रो स्थान (सन् २००२), उत्कृष्ट नवप्रतिभा सम्मान (सन् २००३), उत्कृष्ट नाट्य प्रस्तुति पुरस्कार (सन् २००६), सर्वोत्कृष्ट सांस्कृतिक राष्ट्रिय सम्मान–२०१२, नेपाल सरकार, सुचना तथा सञ्चार मन्त्रालयको चलचित्र विकाश बोर्ड), उत्कृष्ट नाट्य प्रस्तुति पुरस्कार (सन् २०१५), प्रतिभा पुरस्कार–२०१७ (नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय), सर्वोत्कृष्ट चलचित्र लेखक–२०१७ (आदिवासी चलचित्र महोत्सव–२०१७, अमेरिका), जुपिटर नाट्य सम्मान–२०१७ (जुपिटर टोल सुधार समिति, ललितपुर), भिमु नाट्य सम्मान–२०१८ (भिमु मेमोरियल ट्रष्ट, काठमाण्डौ) जस्ता विभिन्न सम्मान र पुरस्कार पनि प्राप्त गरिसकेका छन् । यसरी विशेषतः नाटकका क्षेत्रमा क्रियाशील रही कम उमेरमै यस क्षेत्रमा आफ्नो पहिचान बनाइसकेका प्रवीण पुमाको स्मृति नामक नाटक प्रकाशन भएको छ ।
स्मृतिजस्ता धेरै पात्रहरूलाई समर्पण गरिएको प्रवीण पुमाको स्मृति नामक नाटकको सुरुमा प्रकाशकीयको लगत्तैपछि पात्रहरूको परिचय र त्यसपछि क्रमश ः नाट्य सारांश, नक्साङ्कनमा नाट्य सारांश र संवाद सारांश दिइएको छ । ३२० वटा संवाद भएको यस नाटकमा सबभन्दा बढी संवाद थुम्राहाङको ११७ र सबभन्दा कम संवाद छिमेकीहरूका ३ वटा रहेका छन् ।
यस नाटकको प्रमुख नायक थुम्राहाङ सबै दृश्यमा देखापरेको छ भने नायिका स्मृति पहिलो, दोस्रो र आठौ“ दृश्यमा देखापरेकी छे । स्मृतिको पछिल्लो पति केसाङलगायत कतिपय पात्रहरू अन्तिम दृश्यमा मात्र देखापरेका छन् । बिछोड हुने क्षणबाट सुरु गरिएको यस नाटकको अन्त्य पनि बिछोडमै भएको छ । प्रायः छोटाछोटा आठ दृश्यमा विस्तारित यस नाटकका सबै दृश्यको सुरुमै स्थान, समय र पात्रहरूको विवरण दिई मञ्चनिर्देशसमेत गरिएको छ । यस नाटकको दृश्ययोजना र मूल घटनासन्दर्भ यसप्रकार रहेको छ ः
ड्ड पहिलो दृश्य :
नारी सहभागी स्मृति र पुरुष सहभागी थुम्राहाङका बीचमा भएका मायाप्रेमका कुरा र बिछोडिने बेलाका पीडाको अभिव्यक्ति,
ड्ड दोस्रो दृश्य :
त्रिभुवन विमानस्थलबाट वेलायततर्पm प्रस्थान गर्ने बेलामा स्मृति र थुम्राहाङ दुवैको रुवाबासी,
ड्ड तेस्रो दृश्य :
चाम्लोङमा नाम गरेकी केटीबाट थुम्राहाङलाई प्रेमप्रस्ताव र उसबाट अस्वीकार,
ड्ड चौथो दृश्य :
थुम्राहाङबाट स्मृति सम्पर्कविहीन भएकाले भावविहिल भएर आत्महत्यासम्मको प्रयास गरेका घटनाको वर्णन र बाहिङमाले यथार्थमूलक ढङ्गमा थुम्राहाङलाई सम्झाएको प्रसङ्ग,
ड्ड पा“चौ“ दृश्य :
स्मृति र थुम्राहाङले माङ्खिममा गएर सुटुक्क बिहे गरेका घटनाको स्मरण, स्मृति अर्कैतिर लागेको सन्दर्भ बताउ“दै याम्फुहाङले थुम्राहाङलाई बिहे गर्ने सल्लाह प्रदान र ऊबाट अस्वीकार,
ड्ड छैटौ“ दृश्य :
थुम्राहाङले स्मृतिको फोटो अगाडि राखेर रु“दै उसको जन्मदिन मनाएको प्रसङ्ग वर्णन र जन्मोत्सव मनाउन आएकी बाहिङमालाई देखेर आमाबाट शङ्का र आक्रोश व्यक्त,
ड्ड सातौ“ दृश्य :
चाम्लोङमाबाट थुम्राहाङस“ग पुनः मायाप्रेमका कुरा दोहो¥याउ“दै स्मृति बिहे गर्न नेपाल आएको कुरा अभिव्यक्त,
ड्ड आठौ“ दृश्य :
विधिविधानअनुसार स्मृति र केसाङको विवाह भएको र त्यही ठाउ“मा थुम्राहाङ पुगेर भावविहिल भई रोएको प्रसङ्ग ।
माथि प्रस्तुत गरिएको विवरणलाई हेर्दा यस नाटकको कथावस्तु उति धेरै लामो नभए पनि परिपूर्ण रहेको देखिन्छ । यसको कथानक आदि, मध्य र अन्त्यका क्रममा क्रमिक ढङ्गले विन्यस्त छ । नेपाली साहित्यको विभिन्न विधाका अधिकांश कृतिमा पुरुषले नारीलाई धोका दिएको प्रसङ्ग वर्णन पाइन्छ भने यस नाटकमा त्यसको ठीक विपरीत नारीले पुरुषलाई धोका दिएको प्रसङ्ग वर्णन यथार्थमूलक ढङ्गले स्वाभाविक रूपमा गरिएको छ ।
यस नाटकमा सहभागीहरूको सङ्ख्या पनि त्यति धेरै छैन । यसमा स्मृति, आमा, बोन्तावामा, चाम्लोङमा, बाहिङमा, को“इचमा, दुमीमा आदि नारी सहभागी छन् भने थुम्राहाङ, खलिहाङ, याम्फुहाङ, याक्थुङ्बा, साम्पाहाङ, केसाङ आदि पुरुष सहभागी हुन् । यसमा प्रयुक्त सहभागीहरूमध्ये प्रेममा धोका दिने स्मृतिबाहेक अरू सबैजसो सत्पात्रका रूपमा रहेका छन् । यस नाटकको नायक थुम्राहाङ पिएच. डी. गरेको उच्चशिक्षित व्यक्ति भएर पनि निकै कमजोर मानसिकताको छ भने अन्य सहभागी सामान्य खालका छन् ।
उच्चशिक्षित व्यक्ति थुम्राहाङ अत्यन्त मायालु व्यक्तिका रूपमा देखापर्छ भने स्मृति प्रेमको बेवास्ता गर्ने सुखसुविधाभोगी व्यक्तिका रूपमा देखापर्छे । सुरुमा स्मृति र थुम्राहाङका बीचमा अगाध प्रेम देखिए पनि अन्त्यमा स्मृतिले केसाङस“ग बिहे गर्नुले उसको प्रेम कामवासना र सुखसुविधामै केन्द्रित भएको देखिन्छ । यसमा थुम्राहाङले स्मृतिलाई सदैव गरेको प्रेम र सम्झना यथार्थमूलकभन्दा बढी भावुक प्रकारको छ भने चाम्लोङमाले थुम्राहाङप्रति दर्साएको एकोहोरो प्रेम र त्यसको अभिव्यक्ति अलि बढी भावुक खालको देखिए पनि स्वाभाविक र यथार्थमूलक नै रहेको छ ।
यस नाटकमा द्वन्द्वको प्रयोग सहज ढङ्गमा गरिएको छ । नाटकका प्रमुख सहभागी थुम्राहाङमा आन्तरिक द्वन्द्वको प्रबलता देखिन्छ भने अन्य सहभागीमा बाह्य द्वन्द्व पनि प्रकट भएको छ । यसमा प्रयुक्त धेरजसो सहभागीका नाम किराती जातिस“ग सम्बद्ध रहेको हु“दा नेपाली जनजीवनमा प्रचलितभन्दा अलि भिन्न भएकाले किराती जाति र संस्कृतिका बारेमा जानकारी नभएका वा कम जानकारी भएका व्यक्तिलाई पात्रको परिचय नहेरी ती नारी वा पुरुष के हुन् भनी छुट्ट्याउन भने गारो हुन्छ ।
परिवेशका दृष्टिले हेर्दा नेपालदेखि वेलायतसम्मको स्थानको वर्णन पाइने यस नाटकको वातावरण आद्योपान्त दुखद छ । नेपालमा रह“दा थुम्राहाङस“ग माङ्खिममा गएर कसैले थाहा नपाउने गरी सुटुक्क विवाह गरिसकेकी स्मृति वेलायत पुगेको केही समयपछि नै आनो पतिलाई बिर्सेर अर्कै केटास“ग लाग्नु र नेपालमै आएर उस“ग विवाह गर्नु, यता चाम्लोङमाले थुम्राहाङस“ग पटकपटक प्रेम प्रस्ताव राख्दा पनि स्मृतिको सम्झनामा त्यसलाई अस्वीकार गर्नुजस्ता घटनाले नारीहरू भरोसालायक हुन्नन् भन्ने कुरा पुष्टि गर्दछ । उच्चशिक्षित पात्रहरूका बीचमा भएको यसप्रकारका क्रियाकलापलाई हेर्दा पुरुषले नारीलाई धोका दिन्छन् भन्ने नेपाली समाजमा विद्यमान सन्दर्भभन्दा भिन्न घटना वर्णन गरिएको यस नाटकमा प्रेमलाई माध्यम बनाएर नारी मनोविज्ञानको चित्रण गरिएको छ ।
प्रेम र जीवनमा पुरुषहरू मात्र होइन नारीहरू पनि अविश्वसनीय र दुष्ट हुन्छन् भन्ने यथार्थको प्रकटीकरण गर्ने उद्देश्यद्धारा अभिप्रेरित यो नाटक तृतीय पुरुष दृष्टिबिन्दुमा संरचित छ । अशिक्षित मात्र होइन शिक्षित पनि अनि पुरुष मात्र होइन नारी पनि धोकेबाज हुन्छन् भन्ने स्पष्ट विचार यस नाटकमा अभिव्यञ्जित भए पनि यो कुनै राजनीतिक वादस“ग भने सम्बद्ध छैन ।
प्रायः शुद्ध भाषाको प्रयोग पाइने यस नाटकमा प्रयुक्त नेपाली भाषा ठाउ“ठाउ“ मानकको निकट र ठाउ“ठाउ“ किराती जातिले बोल्ने नेपाली भाषाका ढा“चाको रहेको छ । लिङ्ग भेदरहित कथ्य भाषाको आधिक्य पाइने यस नाटकमा मञ्चनिर्देशमा भने मानक नेपाली भाषाको प्रयोग गरिएको छ । यस नाटकमा प्रयुक्त संवादमा अङ्ग्रेजी शब्द र वाक्यको पनि प्रयोग पाइन्छ । यसका प्रमुख सहभागीहरू उच्चशिक्षित भएकाले यसलाई त्यति अस्वाभाविक मान्नसकिन्न । किरात धर्म र संस्कृतिस“ग अपरिचित व्यक्तिका लागि यसमा प्रयोग गरिएका कतिपय भाषिक सन्दर्भ अबोधगम्य भए पनि तिनलाई सङ्ख्याङ्कनका साथ पादटिप्पणीमा अथ्र्याइएको हु“दा त्यो अर्थ हेरिसकेपछि चाहि“ सहज बोधगम्य लाग्छ ।
मञ्चनका दृष्टिले हेर्दा यो नाटक सहज मञ्चनीय छ । दृश्ययोजना तथा आङ्गिक, वाचिक, साŒिवक र आहार्यजस्ता अभिनयशिल्पका दृष्टिकोणबाट हेर्दा यस नाटकको मञ्चनमा खासै जटिलता देखिन्न । अझ हरेक दृश्यको सुरुमै स्पष्ट मञ्चनिर्देश गरिएको र अन्त्यमा प्रकाश व्यवस्थापनको समेत उल्लेख गरिएको अनि सबै दृश्यहरू प्रायः छोटाछोटै भएकाले यो नाटक मञ्चन गर्न सकिने खालको देखिन्छ ।
प्रमुख नारी सहभागी स्मृतिका नामबाट राखिएको यस नाटकको शीर्षक सामञ्जस्यमूलक र सार्थक छ । किराती संस्कृतिस“ग सम्बद्ध विषयवस्तुमा केन्द्रित रही सहज मञ्चनीय नाटकको सिर्जना गर्न प्रवीण पुमा निकै प्रवीण भइसकेको देखिन्छ ।
अन्तयमा, प्रायः किराती बिम्ब, प्रतीक र मिथकको प्रयोग गरी नाटक लेख्न रुचाउने पुमाको नाट्य सिर्जना किरात धर्मसंस्कृतिस“ग अपरिचित व्यक्तिहरूका लागि केही जटिल र सहज रूपमा अपठनीय देखिए पनि नेपाली साहित्यमा यस प्रकारका नाटकको न्यूनता रहेका सन्दर्भमा किरात धर्म र संस्कृतिको जानकारी प्रस्तुत गर्ने उद्देश्यले लेखिएका यिनका नाटक सबैका लागि उपयोगी देखिन्छन् । नेपाली दोस्रो भाषा भएको व्यक्ति प्रवीण पुमाले नेपाली भाषामा आनो जातीय संस्कृति झल्किने खालका नाटकको सिर्जना गर्नुलाई नेपाली साहित्यका क्षेत्रमा उल्लेख्य उपलब्धिका रूपमा लिनुपर्छ ।
त्रिभुवन विश्वविद्यालय,
कीर्तिपुर, काठमाडौँ, नेपाल ।
E-Mail : drkhalu@yahoo.com






