के हो तान्का र कसरी लेख्ने ? – आविष्कार भारती
तान्का एक जापानी पाँच पङ्तीको कविता लेख्ने शैली हो । हाइकूमा ५-७-५ स्वरमा(syllables) लेखिये जस्तै तान्का ५-७-५-७-७ स्वरमा(syllables) लेखिन्छ । यसको ईतिहास लगभग १२०० बर्ष पुरानो रहेको बताईन्छ । यस जापानी शब्दको नेपाली अर्थ “छोटो गीत” भन्ने आउँछ । यो बिशेष गरेर प्रकृति, ॠतु, प्रेम, बेदना, अथवा यस्तै किसिमका कुनै गहिरो भावनालाई आधार बनाएर लेखिन्छ ।
यो हाईकू जस्तै सानो हुन्छ तर हाइकूमा भन्दा २ वटा बढी पङ्ती यसमा हुन्छ । यसमा हाइकू भन्दा बढी उपमा, अलंकार र साकार स्वरुप प्रयोग गरिन्छ ।
यसमा :
पहिलो पङ्ती – ५ स्वरको(syllables)
दोश्रो पङ्ती – ७ स्वरको
तेस्रो पङ्ती – ५ स्वरको
चौथो पङ्ती – ७ स्वरको
पाँचौ पङ्ती – ७ स्वरको
को हुन्छ ।
उदाहरणका लागि केही नेपाली तान्काहरु :
(१)
पहिरो गयो
भिर पाखा बगायो
हलचलमा
आयो बस्ती पुरियो
गुहार्नुनी कस्लाई ?
(2)
सुन्दर फुल
उराठिलो पाखामा
नफक्रन्दैमा
बेमौसमी भएर
ओइलिन वाध्य छ !!
– लक्ष्मी चेम्जोङ
(१)
बैसको बेला
उर्लेको त्यो भेलले
भनेन आफ्नो
रमायो खुशी लुटि
बोकी पापको भारी ।
(२)
रंगिन थियो
लक्ष्यबिनाको यात्रा
दुबै हरायौ
सिमाको बाध नागी
सोच्दा पछुतो लाग्छ ।
(३)
जन्ती गएको
दाईको बिहेहुँदा
सुत्नै दिएन
सोल्टिनिहरु थुप्रो
रात भरी चलेर ।
(४)
उमेर छँदा
केटीहरु झुमिन्थ्ये
यो लोभि मन
एताजाउकी उता
दोबाटोको यात्रि झै।
– स्टार हाङ बान्तवा “जलन” (झुत्रे जेठा)
Source: sahityasangraha.com