लेखक तथा पत्रकार समथिङको निधन

१६ सेप्टेम्बर २०२२ । जिल्लाका अगुवा सामाजिक अभियन्ता, लेखक एवं पत्रकार रामप्रकाश समथिङको बिहीबार साँझ निधन भएको छ ।

शरीरमा अक्सिजनको कमी, रगतमा ‘प्लेटलेस’ तथा रक्तचापमा कमी लगायत समस्या भोगिरहनुभएका उहाँको उपचारका क्रममा झापाको विर्तामोडिस्थित बिएण्डसी अस्पतालमा निधन भएको हो । विसं २०२६ माघ २९ गते जिल्लाको नांगीनमा जन्मनुभएका समथिङ पत्रकारिता र गैरसरकारी संस्थामार्फत सामाजिक क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । उहाँको वास्तविक नाम रामबहादुर गुरुङ रहे पनि उहाँ समथिङ नामले चिनिनुभएको थियो । फिदिममा रहेर हालसम्म उहाँका ५५ वटा कृति प्रकाशन भएका छन् ।

विशेषत उहाँले तथ्याङ्कीय विषयको सङ्ग्रह, रसरङ्गका विषयलाई समेटिएका उपन्यास, कथा सङ्ग्रहलगायत कृति प्रकाशन गर्दै आउनुभएको थियो । उहाँले एकै पटक २२ वटा कृति जिल्लाका पत्रकारबाट विमोचन गराउनुभएको थियो भने चिकित्सकबाट समेत नौवटा कृति एकैसाथ विमोचन गराउनुभएको थियो ।

उहाँ सरकारको सिफारिसमा गत वैशाख १ गते जनसेवाश्री पदकबाट विभूषित हुनुभएको थियो । उहाँका श्रीमती र दुई छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *