मान्छे र शत्रु – दिलीप राई सगर

मान्छे हुंदा त
मच्छर हुंदोरहेछ
उडुस र उपियाँं हुंदोरहेछ
रगत चुस्न
मान्छे हुंदा त
धान, मकै, कोदो अन्न हुंदोरहेछ
र अघाउँछन् मुसाहरु
रमाउँछन् पशुपंक्षी
पेट भर्छन् भरपुर
मान्छे हुंदा त
परेवा, गाई, कुखुरा, कुकुर हुंदारहेछन्
शोभा बढाउने घरको
मान्छे हुंदा त
सर्प, माकुरा जस्ता मान्छे
दोस्ती र दुस्मन हुंदोरहेछ ।
***

२२ चैत्र २०७९ बुघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *